फर्साटिकरमा बेबारिसे अवस्थामा नवजात शिशु फेला

मेचीकाली संवाददाता

१३ भाद्र २०७९, सोमबार
268 shares

तुलसीराम पौडेल
फर्साटिकर । रुपन्देहीको शुद्दोधन गाउँपालिका सौ फर्साटिकरमा बेबारिसे अवस्थामा नवजात शिशु फेला परेको छ ।

सौ फर्साटिकर स्थित मोतिपुर प्राथमीक स्वास्थ्य केन्द्र नजिकै सोमबार बिहान शिशु जन्माएर फालेको अवस्थामा फेला परेको प्रहरी चौकी फर्साटिकरले जानकारी दिएको छ ।

सोमबार बिहान करिब ८ बजेको समयमा स्थानीय दुर्गा रानाले झाडीमा बेबारिसे अवस्थामा नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी फर्साटिकरले शिशुलाई उद्दार गरि मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगेको थियो । शिशुलाई थप उपचारको लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पु¥याइ पुन प्राथमिक स्वास्थ केन्द्रमा ल्याइएको छ ।

बच्चाको स्वास्थ्य अबस्था सामान्य रहेको छ । हाल शिशुलाई स्वास्थ केन्द्रमै राखिएको छ । शिशु कसले जन्माएर फालेको हो भन्नेबारे खोजी भइरहेको प्रहरीले जनाएको छ ।