डिजिटल लर्निङमा निमा एकेडेमीको दूरदृष्टि

मेचीकाली संवाददाता

१३ भाद्र २०७९, सोमबार
636 shares

कक्षा १ देखि १० सम्मका सबै कोर्ष डिजिटलमा
-पालिका र स्कुलहरुमा चेतनामूलक अभिमुखिकरण

अमृत गिरी
बुटवल । विश्वका धेरै देशहरुमा पहिले नै डिजिटल लर्निङमा पठन पाठन हुँदै आएको भएपनि नेपालमा भने हालै मात्र सुरुआत हुन लागेको छ । खासगरी मुलुकको शैक्षिक क्षेत्रमा स्थापित र प्रतिष्ठित संस्था निमा प्रकाशनले अहिले विद्यालय लक्षित डिजिटल लर्निङ सुरु गरेको छ ।
पुरानो निमा प्रकाशन अहिले डिजिटल्ली रुपान्तरण भइरहेको छ । निमाका डिजिटल प्रकाशन सामग्रीलाई नेपाल सरकारले मान्यता दिइसकेको छ । पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेका र निर्धारण गरेका पाठ्यक्रमका पुस्तकहरुलाई निमा एकेडेमीले डिजिटल लर्निङमा रुपान्तरण गरिसकेको छ । यसअन्तर्गत विभिन्न पालिकाहरुमा समेत निमाले यसबारेमा अभिमुखिकरण गराइसकेको छ ।

निमा एकेडेमीले तयार पारेको मोवाइल एप्लिकेशन समेत तयार पारेको छ । यसअन्तर्गत अब मोबाइलबाट नै आवश्यक कन्टेन्टहरु अध्ययन गर्न सकिने भइसकेको छ । अबको समय सकि नसकी किताबको भारी बोकेर स्कुल धाउनुपर्ने नभइ एउटा ट्याब्लेटको भरमा रमाइलोसँग अन्तकृया गर्दै पढ्न सक्ने सामग्रीको विकास भइसकेको छ ।
अनलाइन कक्षाको विषयमा केही समय अघिदेखी चर्चा भइरहे पनि पछिल्लो समयमा कोभिड १९ को संक्रमण जोखिमबाट बच्नको लागि लकडाउनले धेरै डिजिटल लर्निङको टुल्स प्रयोग हुन थालेको हो । कोरोना कहरमा गत वर्ष केही पालिकाहरुले टेलिभिजन र रेडियोहरुमार्फत र अनलाइनमार्फत समेत कक्षा सञ्चालन गराएका थिए ।

शैक्षिक क्षति न्यूनीकरण अभियान अन्तर्गत सुरु भएका अनलाइन कक्षा उपयोगी भइरहेका बेला निमा एकेडेमीले विद्यालय तहका विभिन्न विषयलाई नै डिजिटल लर्निङको कन्टेन्टमा रुपान्तरण गरेपछि झन प्रभावकारी हुने निश्चित छ । आधुनिक शिक्षण पद्दतिलाई विस्तार गर्न निमाले विभिन्न विषयका विज्ञहरुसंग निरन्तर समन्वय र सहकार्य समेत गरिरहेको बताएको छ ।

डिजिटल लर्निङमा निमाको त्यो कदम
निमा एकेडेमीले सन् २०१८ मा नै डिजिटल सिकाई प्रणाली (ई–लर्निङ)को सुरुवात गरेको थियो । तर प्रारम्भमा निमालाई ई–लर्निङबारे बुझाउन निकै गाह्रो परेको थियो । झोलामा किताब बोकेर जाने विद्यार्थी, तिनै किताब हेरेर पढाउने शिक्षक र विद्यालयको परम्परागत अभ्यासमा अभ्यस्त रहेका कारण त्यसबेला डिजिटल लर्निङका बारेमा धेरैले चासो नै दिएनन् ।
तर, जब कोरोना कहरमा शैक्षिक क्षेतिका बारेमा कुरा उठ्यो अनि मात्रै अनलाइन र डिजिटल शिक्षाका बारेमा एकाएक बहस तीब्र भयो । धेरै पालिकाहरुले दूरशिक्षा चलाए । कतिपयले अनलाइन र टेलिभिजनहरुबाट पठन पाठन गराए । नेट चलाउन विद्यार्थीहरुलाई निशुल्क सीमकार्ड उपलव्ध गराइयो ।

तर, निमा एकेडेमीले भने त्यसअघि नै डिजिटल लर्निङका बारेमा पाइला अगाडि बढाएको थियो । विश्वका धेरै देशहरुको शैक्षिक अवस्थाको अध्ययन गर्दै नेपालमा पनि डिजिटल लर्निङको खाँचो उतिबेला नै औंल्याउने निमाको त्यो कदम वास्तवमै दूरदृष्टिको थियो । अहिले निमा एकेडेमीले पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त कक्षा कक्षा १ देखि १० सम्मका कोर्षलाई डिजिटल बनाइसकेको छ ।

डिजिटल लर्निङबारे बुझाउँदै पालिका र स्कुलहरुमा निमाको विज्ञ टोली
निमाले डिजिटल पाठ्यक्रमहरुका बारेमा जानकारी गराउन र डिजिटल लर्निङलाई व्यापक बनाउन थालेको छ । यसैक्रममा निमाका विभिन्न तहका विज्ञ तथा प्राविधिकहरु विभिन्न ठाउँका विद्यालय, स्थानीय तहका प्रमुख, शिक्षा संग सम्बन्धित अधिकारीहरुसंग भेटेर डिजिटल लर्निङका बारेमा जानकारी गराइरहेका छन् । निमाका प्रोग्राम कोअर्डिनेटर रुपेश पुरीको नेतृत्वमा मन्दिप कर्ण, प्रशेप रिजाल, मोहन सिंहको टोलीले यसक्षेत्रका पालिका र स्कुलहरुमा डिजिटल लर्निङका बारेमा भेटेरै जानकारी गराएको छ ।

उक्त टोलीले रुपन्देहीका बुटवल उपमहानगरपलिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, तिलोत्तमा नगरपालिकालगायतमा पुगेर त्यहाँका जनप्रतिनिधि र शिक्षासंग सम्बन्धित अधिकारीहरुसंग डिजिटल लर्निङका बारेमा छलफल गरेको थियो । रुपन्देहीको देवदह देखि दाङको लमही, घोराही, तुलसीपुर हुँदै सुर्खेतको बीरेन्द्रनगर सम्म पुगेर निमा एकेडेमीको टोलीले ई–लर्निङबारे जानकारी गराइएको थियो ।
परम्परागत सिकाई प्रणालीमा अभ्यस्त रहेकाहरुलाई डिजिटल लर्निङका बारेमा २५ भन्दा धेरै पालिकाहरुमा जानकारी गराइएको बताउँदै पुरीले धेरैतिरबाट सकारात्मक चासो आइरहेको बताए । यसले शिक्षाको गुणस्तर सुधारमा पनि सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । लुम्बिनी प्रदेशका धेरै पालिकाहरुमा प्रविधिको विकास भइसकेको र डिजिटल कक्षा सञ्चालन गर्न सकिने पूर्वाधार समेत तयार रहेको पाइएको कोअर्डिनेटर पुरीले बताए ।

काठमाण्डौंका एक सय भन्दा धेरै संस्थागत स्कुलहरुमा डिजिटल लर्निङका कार्यक्रम सञ्चालनमा छन् । काठमाण्डौं महानगरको मोडल विद्यालय, शिवपुरी मावि तथा दरबार हाईस्कुललगायतले निमाको डिजिटल लर्निङ सुरु गरेका छन् । डिजिटल लर्निङको महत्वका बारेमा बुझेपछि चाँगुनारायण नगरपालिकाले त्यहाँका ३४ वटा सामुदायिक विद्यालयहरुमा निमा एकेडेमीका डिजिटल लर्निङका पाठ्यक्रममार्फत पठन पाठन सुरु गराएको छ । विद्यार्थीहरुको रुची र शिक्षणलाई सँगै जोड्ने गरी निमाले काम गरिरहेको पुरीले बताए ।

कक्षा १ देखि १२ सम्मका सबै विषय डिजिटलमा, कोर्ष र रुचिका विषय समावेश
निमा एकेडेमीले डिजिटल लर्निङका लागि कक्षा १ देखि १० सम्मका नेपाली, विज्ञान, गणित, अंग्रेजीलगायतका विषयलाई डिजिटल बनाइसकेको छ । अहिले कक्षा ११, १२ र त्यसभन्दा माथिका कोर्ष पनि तयार भइसकेका छन् । विद्यार्थीको फरक–फरक रुचीलाई पनि सम्बोधन गर्नेगरी अतिरिक्त कोर्ससमेत निमाले तयार पारिरहेको बताएको छ । विद्यार्थीलाई कोर्षमा मात्रै सिमित नराखेर उनीहरुको चासोको विषयलाई सिकाउने गरि पनि निमाले कोर्ष विकास गरिरहेको छ ।

शिक्षकले लाइभ कक्षा सञ्चालन गर्न, लाइभ टेष्ट लिन, विद्यार्थीको प्रगति थाहा पाउन सकिने छ । यसबाट शिक्षकले असाइनमेन्ट दिन मिल्ने गरी डिजिटल सामग्री तयार पारिएको छ । एपमा टेष्टको समेत सुविधा रहेको छ । निमा एकेडेमीमा निःशुल्क कोर्षसमेत उपलब्ध छन् । निमा एकेडेमीमा अकाउन्ट बनाएर यो निःशुल्क सुविधा लिन सकिने भएको छ । १० कक्षा भन्दा मुनिका लागि मात्रै नभएर ११, १२ कक्षाका लागि पनि पढने र पढाउने गरी डिजिटल सामग्री तयार पारेको छ । निमाले कोर्षका मात्रै होइन अतिरिक्त रुचिका विषयलाई समेत डिजिटल बनाएको छ ।