रोटरी सेन्ट्रल रुपन्देहीको तेस्रो पदस्थापन

मेचीकाली संवाददाता

१९ भाद्र २०७९, आईतवार
241 shares

बुटवल । रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीको तेस्रो पदस्थापन तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । क्लवको रोटरी बर्ष २०२२–२३ लागी निर्वाचित अध्यक्ष तथा बोर्ड पदाधीकारीलाई एक कार्यक्रमका बिच पदस्थापन गरिएको छ ।

रोटरी बर्ष २०२१–२२ का अध्यक्ष कुल बहादुर थापा लक्ष्मणले जारी रोटरी बर्षका लागी निर्वाचित क्लवका अध्यक्ष पप्पु कुमार गुप्तालाई गन ग्यबल, कलर, चार्टर सर्टिफिकेट लगायतका समाग्री हस्तान्तरण गर्दै पदहस्तान्तरण गरेका थिए । पदहस्तान्तरण सँगै कार्यक्रमका प्रमुख अतिथी एव रोटरी इन्टरनेशला डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गर्भनर इलेक्ट राजेन्द्र प्रसाद ध्वजुले निर्वाचित अध्यक्षलाई सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा सपथ ग्रहण गराउदै प्रमुख अतिथी ध्वजुले रोटरी अन्तराष्ट्रियको विधि विद्यान अन्र्तगत रहेर सामाजीक सेवामा अग्रसर हुन आग्रह गरे । उनले रोटरी अन्तराष्ट्रियले कार्य गर्ने विभिन्न ७ वटा क्षेत्र भित्र रहेर क्लवहरुले समाजमा फरक फरक सेवात्मक कार्यहरु गर्नु पर्ने बताए । यस बर्ष रोटरी इन्टरनेशल डिष्ट्रिक ३२९२ का गर्भनरज्युको योजना अनुसार पनि क्लवहरुले आफ्ना कार्यक्रमहरुलाई अगाडी बढाउनु पर्नेमा जोड दिए ।

पदस्थापन कार्यक्रममा बोल्दै देवदह नगरपालीकाका मेयर धुव्र प्रसाद खरेलले रोटरी क्लवहरुले समाजमा रहेर विभिन्न रचानात्मक, सेवामुलक कार्यहरु गर्दै आएको भन्दै आगामी दिनमा रोटरी क्लवहरुले गर्ने सामाजीक सेवाका कार्यहरु सम्पन्न गर्न नगरपालीका सहकार्य गर्न तयार रहेको बताएका छन् । कार्यक्रममा बोल्दै उनले युवाहरु बाट सकारात्मक सोच र कार्य सँगै परिर्वतनको पनि सम्भव रहेको बताउदै रोटरी अभियानमा जोडिएका युवाहरुले समाजमा अझ उर्जाशिल भएर रचनात्मक कार्यमा लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रमा आफ्नो प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै क्ल्वका निर्वाचित अध्यक्ष पप्पु कुमार गूप्ताले क्लवले यस बर्ष बुटवल ११मा रहेको मैनाबगर आधारभुत विद्यालयको अभिभावकत्व ग्रहण गर्दै दिवा खाजा कार्यक्रम संचालन गर्ने, रोटरी पव्लिक इमेज अन्र्तगत रहेर कार्यक्रम संचालन गर्ने बताएका थिए । उनले रोटरी डिष्ट्रिक ३२९२ ले अगाडी सारेका योजनाहरु सफलता पुर्वक सम्पन्न गर्दै समाजमा रोटरी क्लवको फरक पहिचान स्थापीत गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सो अवसरमा विद्यालय दिवा खाजा कार्यक्रम अन्र्तग मैनाबगर आधारभुत विद्यालयमा संचालीत परियोजना अन्र्तगत विद्यालयलाई विभिन्न खाद्यान्न सामाग्री वितरण गरिएको थियो । क्लवले यस बर्ष संचालन गर्ने दिर्घकालीना परियोजना अन्र्तगत देवदह नगरपालीका सँगको सहकार्यमा संचालन हुने स्पाइनल कड इन्जरी कार्यक्रमको व्यानर अनावरण तथा क्लवका आधिकारीक टिर्सट पनि सो अवसरमा अनावरण गरिएको थियो ।

रोटरी क्ल्व अफ सेन्ट्रल रुपन्देहीका अध्यक्ष पप्पु कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा यस रोटरी बर्ष रोटरी तथा रोट¥याक डिष्ट्रिकको पदमा निर्वाचित तथा मनोनित भएको सदस्य, सस्थापक अध्यक्ष सुरज खरेल तथा निवर्तमान अध्यक्ष लक्ष्मण थापालाई सम्मान गरिएको थियो । कार्यक्रममा क्लवका लागी एसाइन एसिस्टेन गर्भनर मोहन प्रसाद श्रेष्ठ, रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का क्ल्व सर्भिस प्रोजेक्ट च्यर एजाज आलम, डिष्ट्रिकका पव्लिक इमेज को–च्यर राज कुमार गुप्ता, सस्थापक अध्यक्ष सुरज खरेल, क्लवका पव्लिक इमेज च्यर डा. योगेन्द्र अग्रहरी लगायतले बोलेका थिए ।

क्ल्वका प्रेसिडन्ट इलेक्ट सुदिप ढकालको स्वागत रहेको कार्यक्रमको संचालन सचिव बिकास गौतमले गरेका थिए । सो अवसरमा क्लवका १० जना नयाँ सदस्यहरुलाई स्वागत गरिएको थियो । नयाँ सदस्यहरुलाई एसाइन एजी मोहन प्रसाद श्रेष्ठले सपथ ग्रहण गराएका थिए ।