नेपाल निजामती कर्मचारी संगठनद्धारा प्रदेश सरकारले कर्मचारी सरुवा गरेकोमा आपत्ति

मेचीकाली संवाददाता

२१ भाद्र २०७९, मंगलवार
790 shares

बुटवल । नेपाल निजामती कर्मचारी संगठनले लुम्विनी प्रदेश सरकारले निर्वाचनको मिती घोषणा भइसकेको अबस्थामा निरकुंश शैलिमा कर्मचारीहरुको मनोवल खस्किने गरी अन्याय पुर्ण तरिकाले सरुवा गरेको प्रति घोर भ्रत्सना गर्दै आपत्ति प्रकट गरेको छ ।

नेपाल निजामती कर्मचारी संगठन, लुम्बिनी प्रदेश अध्यक्ष खगराज उपाध्याय र रुपन्देही अध्यक्ष प्रेमप्रसाद खनालले मंगलबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै संघीय निजामती सेव ऐन, प्रदेश निजामती सेवा ऐन जारी भइ नसकेको अवस्थामा मनोमानी ढंगले विधि प्रकृयाको ठाडो उलघंन गरी कार्यरत कार्यालयमा रिक्त दरबन्दी हुँदाहुँदै कर्मचारीको आस्था विचारको आधारमा कर्मचारीहरुलाई सरुवा गरिएको उल्लेख गर्दै उक्त सरुवा तत्काल कार्यान्वयन नगर्न नगराउनका लागि माग गरेका छन् ।

नेपाल सरकारले संघीय र प्रदेश सभाको निर्वाचन घोषणा गरेपछि निर्वाचन सफल बनाउन आ–आफनो क्षेत्रबाट लागि रहेको र निर्वाचन आयोगले कर्मचारी विवरण मागी अध्यावधिक गरि रहेको अवस्थामा निर्वाचनलाई प्रभावित पार्ने आसयले लुम्विनी प्रदेश सरकारले कर्मचारीहरुसँग राय सल्लाह निवेदन नलिइ कर्मचारीको मनोवल खस्किने गरी सरुवा गरेकोले यो निर्णय तत्काल फिर्ता गर्न विज्ञप्तीमा आग्रह गरिएको छ ।

त्यस्तै, विज्ञप्तीमा कर्मचारीलाई उच्च मनोबल र निर्धक्क काम गर्ने बाताबरण बनाई काममा लगाउनु पर्ने उल्लेख गर्दे प्रदेश सरकारले उक्त निर्णय फिर्ता नगरेमा लुम्बिनी प्रदेशमा कार्यरत सम्पूर्ण कर्मचारीहरु विरोधमा उत्रन बाध्य हुने र त्यसको जिम्मेवार स्वयम् प्रदेश सरकार हुनुपर्ने भनिएको छ ।