ट्राफिक जनचेतनामूलक कार्यक्रम

मेचीकाली संवाददाता

२३ भाद्र २०७९, बिहीबार
73 shares

बुटवल। रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्रयाक्ट क्लब लुम्बिनी स्टार्सको संयुक्त आयोजनामा एक दिने ट्राफिक जनचेतनामूलक कार्यक्रम बुटवलको योगिकुटीमा सम्पन्न भएको छ ।

रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष रोटरियन मुक्तिराम पन्थी र रोट्रयाक्ट क्लब लुम्बिनी स्टार्सका अध्यक्ष रोट्रयाक्टर योगेन्द्र कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा ट्राफिक प्रहरीका वरिष्ठ उपरिक्षक खिमानन्द खनाल, एम्स कलेजका क्याम्पस प्रमुख दिपक ढकाल, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका उपाध्यक्ष रोटरियन बाबुराम बोहोरा, रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष रोटरियन यादव भण्डारी, रोट्रयाक्ट क्लब लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष रोटियन बिमल ढकाललगायतले मन्तव्य राखेका थिए ।

एम्स कलेज अफ म्यानेजमेन्ट बुटवलको सहकार्य र ट्राफिक प्रहरी कार्यालय बुटवलको समन्वयनमा सम्पन्न कार्यक्रमको शुभारम्भ रोटरी डिष्ट्रिकका प्रोजेक्ट चेयर रोटरियन एजाज आलमले ट्राफिक सचेतनाको फ्लायर ट्राफिक प्रहरीलाई र संवयमसेवकहरूलाई हस्तान्तरण गरेर गरेका थिए । कार्यक्रको संचालन रोटरी क्लब अफ लुम्बिनी स्टार्सका सचिव रोटरियन निरज पाण्डे र स्वागत मन्तव्य कार्यक्रमका संयोजक रोट्रयाक्टर किरण ढकालले गरेका थिए ।