ठूला दलमा आकांक्षी धेरै

मेचीकाली संवाददाता

२४ भाद्र २०७९, शुक्रबार
397 shares

हरि शर्मा
परासी । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नवलपरासीका तीन प्रमुख राजनीकि दलले कुल १ सय ३२ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेका छन् । जिल्लामा २ निर्वाचन क्षेत्र छन् । सिफारिस गर्नेमा सबैभन्दा बढी नेपाली कांग्रेसका ६१ जना छन् । जसमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ २१ जना र दुवै सभाको समानुपातिकतर्फ ४० जना रहेको जिल्ला सचिव कुलदिप आचार्यले बताए । एमालेले कुल २८ जनाको नाम सिफारिस गरेको छ । जसमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ १३ र दुवै सभाको समानुपातिकतर्फ १५ जना रहेको पार्टी जिल्ला उपसचिव राजनकुमार आचार्यले बताए । माओवादी केन्द्रले कुल ४३ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । जसमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ २१ र दुवै सभाको समानुपातिकतर्फ २२ जना छन् ।

नेपाली कांग्रेस:
नेपाली कांग्रेसले प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा संविधानसभा सदस्य एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति महासचिव विक्रम खनाल, अर्का संविधासभा सदस्य देवकरण जयसवाल, उद्योगपति बिनोद चौधरी, कुलदीप आचार्य र उषा बास्तोला छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरिएको छ । जसअनुसार संविधानसभा सदस्य एंव नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल, संविधानसभा सदस्य देवकरण जयसवाल, उद्योगपति विनोद चौधरी, कुलदीप आचाय र उषा बास्तोला सिफारिस गरिएको छ । सो निर्वाचन क्षेत्रको प्रदेशसभा (क) प्रत्यक्षमा विश्वप्रेम पाठकको एकल नाम सिफारिस गरिएको छ । प्रदेशसभा (ख) बाट मुकुलकुमार आचार्यको नाम एकल सिफारिस गरिएको छ

त्यसैगरी नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस गरिएको छ । जसअनुसार प्रतिनिधिसभा सदस्य एंव केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, भीमबहादुर थापा, नरेन्द्र गुप्ता र दुर्गा कोइरालाको नाम सिफारिस गरिएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (क) को प्रत्यक्षतर्फ यामलाल पाण्डे, यामप्रसाद भुसाल, सोमबहाुर रायमाझी र मोहनप्रसाद शर्माको नाम सिफारिस गरिएको छ । प्रदेशसभा (ख) प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य बैजनाथ कलवार, विक्रम यादव, वीरेन्द्र अग्रहरी, नगेन्द्र अग्रहरी र सीता ज्ञवालीको नाम सिफारिस गरिएको छ । आकांक्षीहरुको नाम बढी भएपनि विवाद हुने भएपछि जिल्ला समितिले क्षेत्रबाट आएका सबै नाामलाई प्रदेशमा सिफारिस गरेको हो ।

नेकपा एमाले:
नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशसभा सदस्य एंव जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीको एकल नाम सिफारिस गरेको छ । सो निर्वाचन क्षेत्रको प्रदेशसभा (क) प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा संविधान सभा सदस्य सिन्धु जलेसा, पुण्यप्रसाद पौडेल, रामबहादुर भण्डारी, एकदेव पाण्डे र टुकप्रसाद बस्याल छन् । प्रदेश सभा (ख) बाट दीपकराज शर्माको एकल नाम सिफारिस गरिएको छ ।

त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरिएको छ । जसमा लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्वप्रदेश मन्त्री बैजनाथ चौधरी, अर्का प्रदेश सभा सदस्य भगवतीदेवी भण्डारी र श्यामकुमार बस्यालको नाम सिफारिस गरिएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेश सभा (क) प्रत्यक्षतर्फ थानप्रसाद गैरे, खडानन्द कोइराला, राजनकुमार आचार्य र विमल बगाले रहेका छन् । प्रदेशसभा (ख) बाट सुमन गोपाल गुर्वाचार्यको एकल नाम सिफारिस गरिएको छ । एमालेले क्षेत्रबाट आएका नामलाई छनौट गरेर प्रदेशमा पठाएको हो ।

माओवादी केन्द्र:
माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को प्रत्यक्षतर्फ संविधानसभा सदस्य सीतादेवी बौडेल, रामानन्द यादव र ओमराज अधिकारीलाई सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा (क) प्रत्यक्षतर्फ राजुप्रसाद हरिजन, केयर कुँवर र शुभान अलि अंसारीलाई सिफारिस गरिएको जिल्ला इन्चार्ज घनश्याम यादवले जानकारी दिए । प्रदेशसभा (ख) बाट अमित खड्का, सुदामा कोइरी, सुरेन्द्र शर्मा र धीरज त्रिपाठीलाई सिफारिस गरिएको छ ।

त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को प्रत्यक्षतर्फ संविधानसभा सदस्य एवं पूर्वमन्त्री घनश्याम यादव, रामधनी केवट र भेषबहादुर बराललाई सिफारिस गरिएको छ । क्षेत्र नं. २ को प्रदेश सभा (क) को प्रत्यक्षतर्फ भविश्वर तिवारी, गोपी ज्ञवाली, विरबहादुर विक र खड्ग बस्नेतलाई सिफारिस गरिएको छ । प्रदेशसभा (ख) बाट ध्रुवनारायण बनियाँ, धु्रवनाथ पाण्डे, दिनेश यादव र कन्हैया कोहाँरको नाम सिफारिस गरिएको छ । माओवादी केन्द्रले क्षेत्रबाट आएका सबै नामलाई छनौट नगरी प्रदेशमा पठाएको जिल्ला इन्चार्ज यादवले जानकारी दिए ।