‘समाज रुपान्तरणमा सिद्धार्थ सामाजिक विकास केन्द्रको भुमिका महत्वपूर्ण छ’

मेचीकाली संवाददाता

२४ भाद्र २०७९, शुक्रबार
283 shares

पार्वती आचार्य
कपिलवस्तु । समाज रुपान्तरणमा सिद्धार्थ सामाजिक विकास केन्द्रले खेलेको भुमिका महत्वपूर्ण रहेको जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताएका छन् । सिद्धार्थ सामाजिक बिकास केन्द्रको बार्षिक सामाजिक परिक्षण कार्यक्रमलाई सम्बोधन गदै उनले यस्तो बताएका हुन् । शिक्षा, स्वास्थ्य, रोजगार, कृषि र लैगिंक हिंसा लगायत समाजका हरेक क्षेत्रको उजागरण गदै आएको संस्थाले समयको माग अनुसार काम गरेको प्रमुख आचार्यले बताए ।

बिभिन्न क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको सस्थाले लैंगिक हिंसामा परेका हिंसा पीडितहरुलाई व्यवस्थापन गर्न ध्यानदिन आग्रह गर्दै जिल्ला समन्वय समितीको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए । साथै समाज परिवर्तनका लागि दक्षिण क्षेत्रमा बढी प्राथमिकता दिनु पर्ने आवश्यकता देखिएको छ । साक्षरताको क्षेत्रमा कपिलवस्तु जिल्ला पछाडि परेको छ त्यसमा पनि जिल्लाको दक्षिणी क्षेत्रमा साक्षरता घोषणा गर्न चुनौती देखिएको हुँदा साक्षरता जिल्ला घोषण गर्न यस संस्थाको समेत पूर्ण सहयोग रहेको बताए ।

यस्तै वाणगंगा नगरपालिकाका उपप्रमुख रीता कुमारी थारुले समाजसँगै मानबिय जिवनमा परिवर्तन ल्याउन संस्थाले महत्वपूर्ण काम गरेको बताईन् । सिद्धार्थ सामाजिक विकास केन्द्रबाट सुरु गरेको यात्राले आफुलाई यहाँ सम्म ल्याउन सहयोग गरेको बताउदै संस्थाले समाज परिवर्तनमा अग्रणी भुमिका खेलेको बताईन् ।

यसैगरी नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत खिमानन्द भुषालले सामाजिक सुशासन र समाजिक विकासको आयाममा संस्थाले गरेको प्रयास प्रशंसनिय रहेको बताउँदै आगामी दिनमा संस्थाले यस्ता खालका कार्यक्रमलाई प्राथमिकता साथ अघि बढाउनुपर्नेमा जोड दिएका थिए । संस्थाले गर्ने गतिबिधीहरुमा नगरपालिकाको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए ।

यसैबिच मायादेवी गाँउपालिका वडा नंम्बर ३ का वडा अध्यक्ष शैलेन्द्र यादवले संस्थाले पछाडी परेका व्यक्तिहरुलाई अगाडी ल्याउन मदत पुराएको बताउदै संस्थाले मायादेवी गाउँपालिकामा गरेको कार्यक्रमले समुदाय स्तरमा सकरात्मक प्रभाव परेको बताए ।

कार्यक्रममा महिला अधिकारकर्मी पुष्पा आचार्यले संस्थाले विशेष गरि महिला, बालबालिका तथा किशोर किशोरीहरुको नेतृत्व संगै व्यक्तित्व विकासमा जोड दिएको बताईन् । संस्थाका सचिव हरिलाल शर्माले कार्यपत्र प्रस्तुत गर्दै संस्थाको बारेमा जानकारी दिंदै संस्थाले गरेको र गदै आईरहेको कामको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा सिद्धार्थ सामाजिक बिकास संस्थाको मातहतमा संचालित ५ वटा कार्यक्रमको बारेमा कार्यप्रगति प्रस्तुत गरिएको थियो । जसअन्तर्गत संस्थाको मातहतमा रही सन्चालित सिड्स परियोजनाको उदेश्य, कार्यक्षेत्र, लक्षित क्षेत्र, सफलता र चुनौतीका बिषयमा सोही परियोजनाका संयोजक आर.टी खानले प्रकाश पारेका थिए ।

सिड्स कार्यक्रम बिशेषगरी बाणगंगा नगरपालिकाको वडा नम्बर ३, १० र ११ गरि ३ वटा वडामा सन्चालन गरिएको संयोजक खानले बताए । नगरका तिनवटा वडाका करिब १५ सय घरधुरि सो कार्यक्रम मार्फत लाभान्वित भएको बताउँदै कार्यक्रमको मुख्य उदेश्य गरिबी निवारण गर्नु रहेको उनले जानकारी दिएका थिए ।

समुदायस्तरमा संचालित किशोर तथा किशोरी लक्षित रुपान्तरण कार्यक्रमका बारेमा सामाजिक परिचालक करुण बरुणले प्रकाश पारेका थिए । रुपान्तरण कार्यक्रमले पारेको प्रभाब क्षेत्र, उपलब्धी लगाएतका बारेमा बरुणले जानकारी दिए । यस्तै कोभिड १९ प्रतिकार्य कार्यक्रमको बिषयमा सो्रत ब्यक्ति नारायण घिमीरेले कार्यक्रमको समग्र अवस्थाको बारेमा जानकारी दिएका थिए । घिमीरेले कोभिड १९ को निणन्त्रणमा गरेका कामको बारेमा जानकारी गराउँदै यसका महत्वपुर्ण उपलब्धी बारे प्रकाश पारेका थिए ।

युवा तथा किशोर किशोरी लक्षित गरिएको कार्यक्रमको समग्र क्रियाकलापको बिषयमा रामनारायण शाहले प्रस्तुत गरेका थिए । स्थानिय अधिकार कार्यक्रम फोकल पर्सन दुर्गा अर्यालले शिक्षा , महिला अधिकार विपद व्यवस्थापन र आयआर्जन लगायतको क्षेत्रमा काम गरेको बताए । लुम्बिनी प्रदेशमा कार्यक्षेत्र रहेको संस्थाले ८ करोड बराबरको बजेट सार्बजनिक गरेको थियो । संस्थामा १ सय ५० जना जनशक्ति संस्थामा आबद्ध रहेको समेत जानकारी गराईएको थियो ।

यसैगरी किशोरीहरुले संस्थाले एक हातमा संस्था र एक हातमा आफुहरुलाई लिएर हिडेको बताउदै नेतृत्व विकासमा जोड दिएको बताएका थिए । संस्थाले मधेसी समुदायका किशोरीहरुलाई जिवन परिर्वनमा ठुलो सहयोग गरेको बताएका छन् ।

कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रवाणाी अर्याल, वडा नम्बर ३, १० र ११ का वडा अध्यक्ष, वडा सदस्यहरु, टोलविकास संस्थाका प्रतिनिधि, नगरका शिक्षा शाखा प्रमुख खिमबाहदुर जीसी, विभिन्न संघ संस्थाका अध्यक्ष, लगाएत संस्थाका कर्मचारीको उपस्थिति रहेको थियो ।

कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष त्रिलोचन घिमिरेको अध्यक्षता, संस्थाका कार्यसमिति सदस्य चेतना अधिकारीको स्वागत रहेको कार्यक्रमको सञ्चालन सिद्धार्थ सामाजिक विकास संस्थाका सचिव हरिलाल शर्माले गरेका थिए । २०५२ सालमा स्थापना भएको संस्थाले आर्थिक सामाजिक सांस्कृतिक रुपमा पछाडी परेका वा पारिएका समुदाय गरिव, विपन्न, महिला, युवा , बालबालिका तथा सिमान्तकृत वर्गको अधिकार र चेतनाका लागि संगठन चेतना अभिवृद्धि र सशतिmकरण रुपान्तरणमा जोड दिंदै आएको छ ।