नेत्रहिन युवा संघद्धारा पार्टी कार्यालयमा ज्ञापन

मेचीकाली संवाददाता

२८ भाद्र २०७९, मंगलवार
561 shares

बुटवल । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीले यहि मंसिर ४, २०७९ मा हुन गइरहको प्रदेश र संघिय प्रतिनिधि सभा निर्वाचनमा अपाङ्गता भएको व्यक्तिहरुको उम्मेदवारी सुनिश्चितता लागि जिल्ला स्तरका पार्टी कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । सोमबार रुपन्देही जिल्लाको भैरहवा र बुटवलका रहेका प्रदेश, जिल्ला र नगर कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । पहुच परियोजनाका संयोज लक्ष्मी पाण्डेयको नेतृत्वमा गएको टोलीले रुपन्देही जिल्ला नेपालीक काग्रेस जिल्ला कार्यालय भैरहवा ज्ञापन पत्र बुझाएको हो ।

जिल्ला सचिव हरि काफ्ले सहित क्षेत्रीय सभापती शुसिल गुरुङ्गलाई अपाङ्गता अभियान्ता राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश निर्वतमान सचिव सावित्रा घिमिरे, परियोजना संयोजक लक्ष्मी पाण्डे, नेत्रहिन युवा संघ नेपाल रुपन्देही जिल्ला समिति सदस्य गंगा भुषाल, सदस्य सन्दीप ज्ञवाली, प्रोमेटर इसराज भट्ट लगायतको सहभागीतामा ध्यानाकर्षण पत्र बुझाइएको हो । कार्यक्रममा प्रतिवद्धा प्रकट गर्दै नेपाली काग्रेसका क्षेत्रीय सभापती शुसिल गुरुङ्गले अपाङ्गताको समस्या र माग उपर उचित संवोधन गर्ने बताएका थिए ।
यस्तै नेकपा एमाले जिल्ला पार्टी कार्यालय कोटिहवा पनि सोही टोलीले ज्ञापन पत्र बुझाएको छ । पार्टीकाजिल्ला अध्यक्ष तेजेन्द्र केसी, जिल्ला सचिव यज्ञ गैरे सहितको टोलीलाई ज्ञापन पत्र बुझाएको हो ।

यस्तै नेकपा माओवादी केन्द्र बुटवल नगर कमिटि कार्यालयमा पुगेर पनि ध्यानाकर्षण पत्र बुझाइएको छ । पार्टीका वडा नम्बर ११ अध्यक्ष प्रकाश परियार, नगर कमिटि सदस्य कलम भुषाल, हर्क थापा सहितको टोलीलाई परियोजनाको तर्फबाट लक्ष्मी पाण्डे सहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्र बुझ्दै पार्टीका वडा अध्यक्ष प्रकाश परियारले अपाङ्गताको संवोधन गर्ने मुख्य पार्टी नै नेकपा माओवादी केन्द्र रहेको भन्दै उति संवोधन गर्ने प्रतिवद्धता जनाएका थिए । यस्तै मंगलबार एकिकृत समाजवादी पार्टी कार्यालयमा पनि ज्ञापन पत्र बुझाइएको छ ।परियोजना संयोजक लक्ष्मी पाण्डे को संयोजकत्वमा गएको टोलीले पार्टीका जिल्ला अध्यक्ष अविराम विश्वकर्मा, उपाध्यक्ष चिन बहादुर गुरुङ्ग लाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो ।

अपाङ्गता अभियान्ता सावित्रा घिमिरे, नेत्रहिन युवा संघ सदस्य गंगा भुषाल, सदस्य सन्दीप ज्ञवाली, प्रोमेटर इसराज भट्ट लगायतलेको सहभागीतमा ज्ञापन पत्र बुझाइएको हो । प्रतिवद्धता मन्तव्य राख्दै जिल्ला अध्यक्ष अविराम विश्वकर्माले अपाङ्गताको अभियानाम आफ्नो पार्टी संग संगै रहेको बताएका थिए ।
समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचिमा उमेदवारको नाम दलहरुले सूचीकृत गर्दा अनिर्वाय अपाङ्गता भएका व्यक्तिहरु प्रतिनिधित्व हुने सुनिश्चित गरियोस र अनिर्वाय अपाङ्गता परिचय पत्र पेश गर्नु पर्ने व्यवस्था लागु गर्न राजनैतिक दलहरुले त्यसको लागि आवश्यक पहल र कानुन निर्माण गर्न माग सहितको ज्ञपन पत्र बुझाइएको हो ।

यस्तै बुझाइएको ज्ञपन पत्रमा पहँुचयुक्त निर्वाचन वातावरण (मतदाता शिक्षा, प्रचार सामग्री, मतदान केन्द«हरु , निर्वाचनमा उमेदवारी अपाङ्गता मैत्री) बनाउने सुनिश्चितता दलहरुको घोषण पत्रमा समावेश गर्न माग गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, रोजगारी, सीपमूलक तालिम, पुन स्र्थापना लगायतका सामाजिक सुरक्षा प्रत्याभुतिका सवालहरुलाई पहुँचयुक्त बनाउने कुरामा बिभिन्न योजना र कार्याक्रमहरु राजनैतिक दलहरुले घोषण पत्रमा समेति प्रतिबदता जारी गर्न माग गरिएको छ ।

सबै राजनीतिक दलहरुको घोषण पत्रमा समवाशी शब्दहरु प्रयोग गर्दा महिला, जनजाती, अल्पसंख्यक, दलित, मधेश, संगै अपाङ्गता शव्द पनि अनिर्वाय आत्मासात गरि उल्लेख गर्न, अपाङ्गता भएका व्यक्तिहरु लाई राजनैतिक दलहरु ले घोषण पत्रमा र नेताहरुले प्रयोग गर्ने भाषामा शुद्घ र एकरुपता होस साथै व्यक्तिलाई जनाउने विभेदकारी शब्द अपांग, अपाङ्ग, भिन्न क्षमता, फरक क्षमता, बिक्लान आदि शब्दहरुको सट्टामा अपाङ्गता भएका व्यक्ति प्रयोग माग गरिएको । साथै साङ्ग, सपाङ्ग, सामान्य को सट्टामा अपाङ्गता नभएको व्यक्ति भन्ने शब्द प्रयोग गर्न माग गरिएको छ । राजनीतिक दलहरुले घोषण पत्र मार्फत अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण, हितकारी कानून र नीति निर्माण, कार्याक्रम कार्यान्वयन र त्यसको त्यसको अनुगमन गर्ने गरि एक संवेधानिक वा कानुनी आयोग गठन गर्न प्रतिवदता जाहेर गर्न माग गरिएको हो ।