आवर पीसल्याण्ड एकेडेमीमा कविता वाचन प्रतियोगिता

मेचीकाली संवाददाता

३० भाद्र २०७९, बिहीबार
218 shares

बुटवल । बुटवल ७ शिवनगरस्थित आवर पीसल्याण्ड एकेडेमीमा ५८ औं बाल दिवसको अवसरमा विद्यालयमा क्रियाशील बालक्लब ‘हाम्रो शान्ति भूमि चौतारी’ ले कक्षा ६ देखि कक्षा ९ सम्मका बिद्यार्थीहरु बीच कक्षागत रूपमा कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।

विद्यालयमा २०६७ सालमा स्थापना भएको यस वालक्लवले बिद्यार्थीहरुको श्रीवृद्धिको लागि बिभिन्न प्रकारका रचनात्मक क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको छ । बालक्लवका विविध क्रियाकलापहरुमध्ये नियमित रूपमा भित्ते पत्रिका प्रकाशन तथा अर्धबार्षिक रूपमा साहित्यिक बुलेटिन प्रकाशन उल्लेखनीय रहेको बताउँदै बालक्लवका त्यस्ता कार्यक्रमहरुलाई विद्यालय प्रशासनले पूर्ण रूपमा साथ दिइरहेको र निकट भविष्यमा प्रकाशन हुन गइरहेको क्लवको आफ्नै नामबाट प्रकाशन हुने ४० औं विशेषाङ्कलाई मौलिक र पठनीय बनाउन बिद्यार्थीहरु लागि पर्नुपर्ने बिद्यालयका अध्यक्ष तथा क्लवका संरक्षक कुलानन्द पाण्डेले बताए ।

ज आयोजित प्रतियोगितामा कक्षा ९ का विद्यार्थीहरु प्रथम, कक्षा ८ का बिद्यार्थीहरू द्वितिय र कक्षा ६ का बिद्यार्थीहरूले तृतिय स्थान प्राप्त गर्न सफल भएको वाल क्लवका सचिव सन्देश भण्डारीले बताए । क्लवका अध्यक्ष कक्षा ९ का छात्रा जानवी अधिकारीको सभापतित्वमा सम्पन्न उक्त प्रतियोगितामा निर्णायकको भूमिका शिक्षकद्वय केशव न्यौपाने र रिता नेपालले गरेका थिए ।