नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिका प्रकाशनका लागि तानसेनमा सार्वजनिक

मेचीकाली संवाददाता

३१ भाद्र २०७९, शुक्रबार
293 shares

पाल्पा । समुदाय सबलीकरणका लागि संचारको नारा सहित नेतृत्व मिडिया प्राईभेट लिमिटेड द्धारा सञ्चालित नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिका प्रकाशनका लागि तानसेनमा सार्वजनिक गरिएको गरिएको छ ।


सार्वजनिक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंक प्रसाद भट्टराई, तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पुष्कर राज रेग्मी नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम राना लगायतबाट पहिलो अंक सार्वजनिक तथा लोर्कापण गरिएको थिय .


कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले नेतृत्वले समाजमा बास्तविक नेतृत्व दिने बताउदै छापाका प्रकाशन दस्तावेजको रुपमा रहने हुँदा यो पत्रिका प्रभावकारी हुने बताए । उनले सामाजिक रुपान्तरण र समुदायलाई सुसुचित गराउन नेतृत्वको महत्वपूर्ण भुमीका रहने बताए । पुस्तकाकारको रुपमा प्रकाशीत पत्रिका नेतृत्वको त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा साहित्यकार टंक पन्थबाट समिक्षा गरिएको थियो । उनले नेतृत्व समाचारमुलक भन्दा पनि दस्तावेजको रुपमा प्रयोग गर्न सकिने भन्दै आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरेका थिए ।


कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंक प्रसाद भट्टराई र तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पुष्कर राज रेग्मी,नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, उपाध्यक्ष भरत शर्मा, संचार उद्यमी भिमसेन कार्की, केन्द्रिय परिषद सदस्य देव पचभैया,प्रेस युनियन केन्द्रिय उपाध्यक्ष माधव अर्याल, प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्की, साहित्यकार राजेन्द्र गोपाल सिंह लगायतले पत्रिकाको निरन्तरताको लागि शुभकामना दिएका थिए ।


बि.सं. २०५५ साल चैत्र २४ मा पाल्पाबाट दर्ता नं. २४ मा दर्ता भई नेतृत्व साप्ताहिक पत्रिकाको रुपमा प्रकाशित भएको र बिचको समय प्रकाशनको निरन्तरतामा कमि आएको र अब देखि त्रैमासिकको रुपमा प्रकाशन शुरु गरेको नेतृत्वका सम्पादक तथा प्रकाशक गोविन्द प्रसाद भट्टराईले बताए ।