खोजिपुर सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा सम्पन्न

मेचीकाली संवाददाता

३१ भाद्र २०७९, शुक्रबार
674 shares

पार्वती आचार्य/सुनिल आचार्य
कपिलवस्तु । बाणगंगा नगरपालिका ९ जिनुवा स्थित खोजिपुर सामुदायिक वन उपभोक्ता समूहको १३ औं साधारण सभा सम्पन्न भएको छ । खोजिपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिपक कुमार थापाको अध्यक्षतामा साधारण सभा सम्पन्न गरिएको हो ।

कार्यक्रमका अध्यक्ष दिपक थापाले निती तथा कार्यक्रम र आर्थिक बर्ष ०७९/०८० को लागि अनुमानित आम्दानी रु. १ करोड ७८ लाख ९ हजार रुपैयाको बजेट प्रस्तुत गर्नु भएको थियो । यसैगरी ०७८/०७९ को १ करोड ३२ लाख ४९ हजार १ सय ३३ रुपैंयाको आयव्यय प्रस्तुत कोषाध्यक्ष दामोदर भुषालले गर्नु भएको थियो भने बार्षिक प्रगति प्रतिवेदन सदस्य लेखनाथ पौडेलले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी सव डिभिजन वन कार्यालय गोरुसिंगेका सहायक बन अधिकृत बसन्त थापाले संमृद्धिका लागि वन आजको आवश्यकता भएको बताउनु भयो । उहाँले सम्पूर्ण गरिवी निवारण र सामाजिक बिकास निर्माणका कार्यहरु गर्दा स्थानिय सरकार संग समन्वय र सहकार्य गरेर कार्यक्रमहरु संचालन गर्न आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेशको १२ वटै जिल्लाहरुका वनहरुमा नयाँ निती आए पश्चात यस खोजिपुर सामुदायीक वनबाट नयाँ नितीको शुरुवात गरिएको बताउँदै वन सम्बन्धि निती नियमहरु अध्ययन गर्न समेत आग्रह गर्नुभयो । सो कार्यक्रममा सव डिभिजन वन कार्यालय गोरुसिंगेका सहायक वन अधिकृत थापाले वन सम्बद्र्धन प्रर्णालीमा आधारित वन व्यवस्थापन संशोधित कार्ययोजना अनुमोदन गर्नु भएको थियो ।

कार्यक्रमका बिशिष्ट अतिथी वडा नं. ९ का वडा अध्यक्ष कमल पौडेलले वन र वडाले सहकार्य गरेर कार्यहरु अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले वनको बजेट देखेर काम गर्ने व्यक्तीहरु वडा तर्फ भन्दा वन तर्फ आकर्षित देखिएको हुँदा त्यस्तो नगरी बिकास तर्फ अगाडी बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सम्पूर्ण सामुदायिक वनहरुको तर्फबाट अमृते सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोपाल गिरिले सामुदायिक वनको व्यवस्थापन गर्न आम उपभोक्ताहरु सक्रिय रुपमा लाग्न आवश्यक भएको बताउनु भयो । वनलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने बिषयमा आम उपभोक्ताहरुको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।

साधारण सभालाई सम्बोधन गर्दै भलवार्ड स्वास्थ्य चौकीका प्रमुख जित बिकास रायमाझीले स्वास्थ्यलाई स्वच्छ अक्सिजनको आवश्यकता भएको हुँदा बोट बिरुवा हुर्काउन सके स्वच्छ अक्सिजन प्राप्त गर्न सकिने बताउनु भयो । साथै यस वनले स्वास्थ्य सम्बन्धि महिलाहरुकालागि शिबिरहरुको आयोजना गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा संस्थापक अध्यक्ष बिष्णु प्रसाद भुषालले यस वनलाई जोगाउन धेरै संघर्ष गर्दै आएको बताउनु भयो । यसैगरी समाजसेवी भुवनेश्वर पौडेलले संमृद्ध वन निर्माणका लागि सम्पूर्ण उपभोक्ताहरुको एकता हुन जरुरी रहेको बताउनु भयो । कार्यक्रममा मेचीकाली राष्ट्रिय दैनिकका जिल्ला संवादाता पार्वती आचार्यले वन आम उपभोक्तहरुको सम्पती हो यसलाई संरक्षण गर्नु सबैको दायित्व भएको बताउनु भयो । उहाँले वनका हरेक गतिविधीहरुलाई समाचार मार्फत संप्रेषण गर्ने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा महत्वपूर्ण योगदान पुराएका असल बुहारी , महिला स्वास्थ्य स्वयंम सेविका , उत्कृष्ट खेलाडि अजय पाण्डेलाई सम्मान पत्र , दोसल्ला र नगदले सम्मान गरिएको थियो । यसैगरी संस्थापक अध्यक्ष बिष्णु प्रसाद भुषाललाई नगद तथा सम्मान पत्रले सम्मान गरिएको थियो । भने वडा अध्यक्ष लगाएत निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको समूहका उपाध्यक्ष नेत्र खनालले जानकारी दिनु भयो ।

साधारण सभामा समूहका अध्यक्ष दिपक कुमार थापाको अध्यक्षता समूहका उपाध्यक्ष नेत्र खनालको स्वागत तथा सदस्य लेखनाथ पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा जनप्रतिनिधीहरु , टोल बिकास संस्थाका पदाधिकारीहरु , १० वटै सामुदायिक बनका अध्यक्षहरु , उपभोक्ता समूहका पदाधिकारीहरु समाजसेवी बुद्धिजिवीहरु , पत्रकार लगाएको सहभागिता रहेको थियो । यस खोजिपुर सामुदायिक वन उपभोक्ता समूहको २ सय ७६ दशमलव ७१ हेक्टर क्षेत्रफल रहेको छ । जसमा ४ सय ९६ उपभोक्ताहरु लाभान्वित छन् ।