अग्रज पत्रकार सुर्य श्रेष्ठ आजादको निधनप्रती प्रेस चौतारी नेपाल रुपन्देहीद्धारा दुःख व्यक्त

मेचीकाली संवाददाता

१ आश्विन २०७९, शनिबार
268 shares

बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीले आफ्ना सदस्य अग्रज पत्रकार सुर्य श्रेष्ठ आजादको निधनप्रती दुःख व्यक्त गरेको छ ।

अधिवक्ता तथा सामाजिक व्यक्तित्व श्रेष्ठको शनिबार बिहान बुटवल ७ स्थित आफ्नै निवासमा निधन भएको हो । प्रेस चौतारी नेपाल रुपन्देहीका सचिव केशव भण्डारीद्धारा जारी विज्ञप्तीमा उहाँको दुःखद निधन भएको खबरले स्तब्ध भएको जनाइएको छ । उहाँ लामो समयदेखि अस्वस्थ भई उपचाररत रहनुभएको थियो ।

समाजसेवीसमेत रहनुभएका श्रेष्ठ पूर्व जनप्रतिनीधि समेत हुनुहुन्थ्यो । ‘शोकको यस दुःखद घडीमा दिवंगत आत्माप्रति श्रद्धासुमन व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।’ प्रेस चौतारीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ ।