दर्लमडाडाँ मा.बि.को ६७ औ बार्षिक उत्सव सम्पन्न

मेचीकाली संवाददाता

२ आश्विन २०७९, आईतवार
387 shares


नेत्र गैरे

पाल्पा । दर्लमडाडाँ माध्यमिक बिद्यालय बगनासकाली ५ दर्लमडाँडा पाल्पाकोे ६७ औ बार्षिक उत्सव सम्पन्न भएको छ ।
बिद्यालयका प्रधानाध्यापक थमन सि थापाले आ. ब. २०७९÷ ०८०को १ करोड ६० लाख ६० हजार ९ सय ८० रुपैया बराबरको आय व्यय प्रस्तुत गर्दै बिद्यालयले बिद्यार्थीको शैक्षिक गुणस्तर बृद्धिका लागि अभिभावकसंगको भेटघाट साथै उनिहरु संगै बिद्यार्थीहरुको प्रगती समिक्षा गरेको बताए । अहिले बिद्यालयमा उल्लेख्यरुपमा बिद्यार्थी संख्यामा बृद्धि भएको बताए । बिद्यालयमा आधारभुत तहसम्म अंग्रजी माध्यमबाट पठन पाठन गरिएको र यसकार्यलाई निरन्तरता दिने, शिक्षणमा आई. टी. प्रविधिको प्रयोग, गुणस्तरिय दिवा खाजा, अतिरिक्त कक्षा संचालन गरिएको उहाले बताउनु भयो । आउँदा दिनमा अभिभाबकहरु र सरोकारवाला बिच थप सहकार्य गरि काम गर्ने उनले बताए .


कार्यक्रममा बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले शिक्षामा जबसम्म गुणस्तरीय परिर्वतन आउदैन तबसम्म जनतामा समृद्धि नआउने हुँदा बगनासकालीको समृद्धिको लागि शिक्षामा गुणस्तरिय परिवर्तनको लागि आफुहरु जुटेको बताइन । आधारभुत तहको सेवा दिने स्थानिय तह भएकोले हालसम्म १९ जना बेसाहारा बालबालीकाहरुलाई आर्थिक सहयोग गरेको समेत उनले बताइन् ।


बार्षिकउत्सब कार्यक्रममा शिक्षा मन्त्रालय लुम्बिनी प्रदेशका उप सचिव मनोज कुमार गैरेले जन्मदर घट्नु, बसाई सराई बढ्नु सस्थागत बिद्यालयको शैक्षिक बिकास तिब्र हुनु सामुदायिक बिधालयका लागि चुनौती रहेको बताए । उनले बिद्यालयको सहजता, गुणस्तरियता र व्यवहार उपयोगी सीप आजको आवस्यकता रहेको बताए ।

गाउँपालिकाका उपाध्यक्ष हरि पाठकले सामुदायिक बिद्यालयमा राज्यले शिक्षामा गरेको लगानी अनुसारको प्रतिफल नदेखिएको हुँदा गाउँपालिकाले सामुदायिक बिद्यालयको शैक्षिक सुधारका कार्यक्रम तयार गरेको बताए ।


कार्यक्रममा पुर्व बिद्यार्थी तथा शिक्षा मन्त्रालय लुम्बिनी प्रदेशका उप सचिव मनोज कुमार गैरेलाई सम्मानपत्रले सम्मान गरिएको थियो भने शिक्षकहरु बल बहादुर क्षेत्री, तुल्सीराम कोइराला, अनन्त बेल्बासे, बिष्णु प्रसाद गैरे, मोहन बस्याल र पूर्व शिक्षक शारदा बस्याल लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा बिद्यालयका १ सय ८ जना अक्षयकोष दाताबाट प्राप्त रुपैयाको व्याजबाट बिद्यार्थीहरुलाइ समेत पुरस्कृत गरिएको थियो ।


बार्षिकोत्सवकै अवसरमा पुरुसोत्तम, लक्ष्मी कोइराला अक्षयकोष ३ लाख ६५ हजार पाल्पाली सेवा समाज दोहा कतारले ५१ हजार, यम बहादुर उचैले ५० हजार, कृष्णप्रसाद कोइरालाले २४ हजार ८ सय ८०, टेक प्रसाद बञ्जाडेले २० हजार र दुर्गादेवी भण्डारीले १५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेकाछन् । अक्षयकोष रकम बिद्यालयका प्रधानाध्यपक थमनसिं थापा, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोशल न्यौपानेलाई हस्तान्तरण गरिएको थियो ।