पाल्पाको विकासका लागि एमालेले जित आवश्यक ः एमाले नेता गैरे

मेचीकाली संवाददाता

२ आश्विन २०७९, आईतवार
718 shares


पाल्पा । नेपाल कम्युनिष्ट पार्टी एमाले पोलिटब्यूरो सदस्य तथा पाल्पा इन्चार्ज ठाकुर गैरेले देशमा लोकतन्त्र र राष्ट्रियताको रक्षाको लागि सबै एकजुट हुनुपर्ने बताएकाछन्् ।


नेकपा एमाले पाल्पा निर्वाचन क्षेत्र नम्बर २ को प्रचार प्रसार कार्यालयको तानसेनमा उद्घाटन गर्दै नेता गैरेले आम नेपाली जनताको सहभागितामा लेखिएको नेपालको संबिधान २०७२ को मूल मर्मलाई गठबन्धनको सरकारले बेवास्ता गरेको, शक्ति सम्पन्न राष्ट्रहरुको द्धन्द केन्द्रको रुपमा नेपाललाई बनाउन खोजिएको हुँदा ति सबै गठबन्धनका प्रयासहरु असफल गराउन सबै नेपाली लाग्नुपर्ने बेला आएको बताए । उनले देश र नागरिकको रक्षागर्न, बिकासको अभियानलाई तिब्रता दिन र दक्षिणपन्थी अवसरबादलाई परास्त गर्न एमालेको उम्मेदवारी रहने बताए ।


आउदो मंसिर ४ गतेहुने निर्वाचन जनमत संग्रहकारुपमा आएकोले लोकतन्त्रको रक्षा र राष्ट्रियताको पक्षधरताको पक्षमा जित सुनिश्चित रहेको बताए । मंसिर हुने प्रतिनिधि सभा सदस्य पदका लागि पाल्पा क्षेत्र नम्बर २ बाट एकल उमेदवार गराउन सहयोग गरेकोमा कृतज्ञता ज्ञापन गरेको बताउदै नेता गैरेले पाल्पाको विकासका लागि एमालेको जित आवश्यक छ । पहाडी जिल्ला मध्ये आफ्नै इतिहास बोकेको पाल्पामा शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर विकासगर्ने उनले बताए । आगामी मंसिरको निर्वाचनपछि पाल्पाको नयाँ गौरवमय इतिहास कायम हुने गरी काम गर्ने गैरेले प्रतिवद्धता व्यक्त गरे ।


एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले एमालेका तर्फबाट चुनावी मैदानमा होमिने उम्मेदवारलाई आफ्नो अमुल्य मत दिएर विजयी गराउन अपिल गरे । सुखी नेपाली, समृद्ध नेपाल बनाउनका लागि एमालेको जित अपरिहार्य रहेको उनले बताए ।
क्षेत्र नम्बर २ प्रदेश ‘क’ बाट एमालेका तर्फबाट सर्वसम्मत सिफारिस हुनुभएका उम्मेदवार पर्शुराम भट्टराइले आउदो निर्वाचनको परिणाम पछि पाल्पा एमालेको लालकिल्ला बन्ने बताए ।