आयल निगम डिपो प्रमुख यादवलाई स्वागत

मेचीकाली संवाददाता

२ आश्विन २०७९, आईतवार
218 shares

बुटवल । नेपाल आयल निगम भलवारी डिपोमा हालै सरुवा भइ आएका प्रादेशिक प्रमुख जगदीशचन्द्र यादवलाई पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन, बुटवलले आइतबार स्वागत गरेको छ ।

सरुवा भई जान लागेका नवविनोद पोखरेललाई बिदाई र यादवलाई एशोसिएसनले स्वागत गरेको हो । सो अवसरमा बोल्दै व्यवसायीहरूले खरिद गरेको इन्धन नपुग्ने समस्या झेल्दै आएको बताउँदै त्यसतर्फ नयाँ कार्यालय प्रमुखलाई काम गर्न सुझाए । टयाङक चालकका कारण डिलर्ससम्म पुग्दा इन्धन नपुग्ने समस्या देखिएको उनीको भनाइ छ ।

केन्द्रीय कार्यायलबाट सुरू भई आएका यादवले इन्धनको घाटा रोक्न व्यवसायीहरु लाग्नुपर्ने बताए । उनले इन्धन ल्याएको टयाङकरको रेकर्ड राखेमा आफूले आवश्यक कारवाही अगाडि बढाउने बताए । ‘टयाङकरको किलिनिङ गर्न आग्रह गर्नुहोस । पम्पको नियमित चेकजाँच सँगै आगलागी घटना न्यूनीकरणका लागि पनि व्यवसायीहरुले सेफ्टी अपनाउन आवश्यक छ’ यादवले भने । बिदाई भएका पोखरेलले व्यवसायीका समस्याप्रति आफू जहाँ भए पनि सहयोग गर्न तयार रहेको बताए ।

एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले लकिङ प्रणाली प्रभावकारी नभएको भन्दै त्यसतर्फ डिपोको ध्यान जान आग्रह गरे । ‘लकिङ प्रणाली जहाँ पायो त्यही नखुल्ने बताउनपर्ने देखियो । जसले गर्दा चुहावट रोकिएन चालकका कारण खरिद गरेको इन्धन डिलर्ससम्म आइपुग्दै इन्धन पुग्दैन’ न्यौपानेले भने । एशोसिएनका महासचिव हरिराम कसोधनले इन्धनको मूल्य बढे पनि व्यवसायीलाई कमिसन नबढदा घाटामा इन्धन विक्री गर्न बाध्य भएको बताए । एशोसिएसनका प्रेस सल्लाहकार खिमानन्द भट्टराईले व्यवसायीका समस्या संवोधन गर्न नव आगन्तुक प्रमुखको ध्यान दिन आग्रह गरे ।

एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष हिमाल गैरेको स्वागत तथा महासचिव हरिराम कशौधनको सञ्चालनमा कार्यक्रम भएको थियो ।