सिद्दार्थ माविमा संविधान दिवसको पुर्व सन्ध्यामा कार्यक्रम

मेचीकाली संवाददाता

२ आश्विन २०७९, आईतवार
278 shares

लक्ष्मी भण्डारी पौडेल —-
सियारी, असोज २
संविधान दिवसको पुर्व सन्ध्यामा रुपन्देहीको सियारी गाउँपालिका -६ मदनगन्ज स्थित सिद्दार्थ माविमा संविधानको वारेमा अन्तरक्रिया तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको शुरुआत विद्यार्थी तथा शिक्षकको र्‍यालीबाट भएको थियो ।विद्यालयका शिक्षक शंकर गौतमको अध्यक्षता , विद्यालयका प्रधानाध्यापक सन्तोष कुमार रानाको प्रमुख आतिथ्यता, शिक्षक केदारनाथ मौर्यको स्वागत मन्तव्य , शिक्षक लक्ष्मी भण्डारी पौडेलको संचालनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहायक प्रधानाध्यापक पार्वती सुवेदी ,शिक्षकहरु दिपक देवकोटा, ,कमल श्रीस र विद्यार्थीहरु अमृत चौधरी , निसा चौधरी ,अपेक्षा सुवेदी ,सुकृती सापकोटा ,अनुपा शर्मा लगायतबाट संविधान सम्बन्धि मन्तव्य दिइएको थियो ।