वाल अधिकार चेतना समूह गठन तथा परियोजना परिचयात्मक कार्यक्रम

मेचीकाली संवाददाता

२ आश्विन २०७९, आईतवार
423 shares

सुनिल आचार्य
कपिलवस्तु । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कपिलवस्तु नगरपालिका–१ स्थित रत्नराज्य लक्ष्मी माविमा बाल अधिकार चेतना समूह गठन तथा परियोजना परिचयात्मक कार्यक्रम असोज २ गते सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिका नगरस्तरीय मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीको अध्यक्षतामा उक्त भेला तथा गठन कार्यक्रम सम्पन्न गरिएको हो ।

उपस्थित भेलाले विद्यालयस्तरीय २५ सदस्यीय वाल अधिकार चेतना समूह गठन गरेको छ । जसको अध्यक्षमा आशिषकुमार रैदास, उपाध्यक्ष रिमा वेल्दार, सचिव निलम धोवी, सहसचिवमा डिलिप तेली र कोषाध्यक्षमा मनोरमा कहार चयन भएका छन् । यस्तै सदस्यहरुमा सृजना चौधरी, प्रिया कहार, खुश्वु हलुवाई, सोनु कोरी, गौरी कहार, सरिता बढईलगायत २५ सदस्यीय समिती चयन गरिएको छ ।
यस्तै विद्यालयका शिक्षक रामशरन चौधरीलाई संरक्षक शिक्षक चयन गरिएको छ । २५ सदस्यीय बाल अधिकार चेतना समितीका पदाधिकारीलाई संरक्षण गर्न संरक्षक शिक्षक चयन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहम्मद जाहिद खाँले बाल अधिकार चेतना समूहलाई संरक्षण, प्रवद्र्धन गर्न यस मानव अधिकार शिक्षा कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
खाँले आजका बालबालिका भोलिका लागि देश बनाउने कर्णधार भएको हुँदा वाल अधिकार चेतना समूहको अधिकार सुनिश्चितताका लागि वडाले आवश्यक सहकार्य र सहयोग गर्ने प्रतिवद्धता जनाए । वडा तरदेखि प्रदेश र संघीय तहसम्मको वाल अधिकार चेतना समूहको संरचना बन्ने भएकोले बाल अधिकार संरक्षण, प्रवद्र्धन र बालअधिकारमैत्री कानुनमा समेत टेवा पुग्ने उनले बताए ।

यसैगरी श्री रत्नराज्य लक्ष्मी माविका प्रधानाध्यापक दिवाकरप्रसाद चौधरीले वालवालिकाहरुलाई अगाडि बढाउनका लागि यस विद्यालयलाई छनोट गरेकोमा इन्सेक, मानव अधिकार समूह कपिलवस्तुलाई धन्यवाद दिए । बालअधिकार मैत्री नीति तथा कानुन निर्माणमा सहयोग पुग्ने भएकोले कार्यक्रम स्वागत योग्य रहेको प्रधानाध्यापक चौधरीले बताए ।

इन्सेक सहजकर्ता÷प्रतिनिधी पार्वती आचार्यले कार्यक्रमको उद्देश्य तथा परियोजना सम्बन्धी जानकारी दिइन् । कार्यक्रम मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीको अध्यक्षतामा वडा नं. १ का वडा अध्यक्ष मोहम्मद जाहिद खाँको प्रमुख आतिथ्यता, विद्यालयका प्रधानाध्यापक दिवाकरप्रसाद चौधरी, शिक्षिका तारादेवी पोख्रेल, सुनिता दुवेको आथित्यता रहेको थियो । कक्षादेखि कक्षा १२ सम्मका बिद्यार्थीहरुको सहभागिता रहेको भेलाको सञ्चालन विद्यालयका शिक्षक रामशरन चौधरीले गरेका थिए ।