सरोकारवालाहरु बिच समन्वय बैठक सम्पन्न

मेचीकाली संवाददाता

२ आश्विन २०७९, आईतवार
319 shares

सुनिल आचार्य
कपिलवस्तु । दलित महिला संघ (फेडो) कपिलवस्तुको आयोजनामा सरोकारवालाहरु बिच समन्वय बैठक सम्पन्न भएको छ । करुणा ट्रष्ट युकेको आर्थिक सहयोग र स्थानियनिकायको समन्वयमा कपिलवस्तु नगरपालिकामा असोज २ गते सरोकारवालहरु बिच समन्वय तथा अन्तरक्रिया सम्पन्न गरिएको हो ।

कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष रविन्द्र प्रसाद तिवारीले यस संस्थासंग समन्वय सहकार्य गर्ने प्रतिवद्धता जनाए । कपिलवस्तु नगरपालिकाका सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठले यस दलित महिला संघले संचालन गर्दै आएका वडा स्तरका समूहहरुलाई वडा बाट सिफारिस लिएर नगरपालिकामा आएमा दर्ता सहितको नगरपालिकाले प्रमाण पत्र दिने बताए ।

महिला सम्मानःमहिला सशक्तिकरण र पहुँच अभियानलाई सम्बोधन गर्दै बैठकका अतिथी शिक्षा शाखा अधिकृत चोपलाल बेल्वासेले अभियानलाई सफलपार्न कपिलवस्तु नगरपालिका शिक्षाको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए ।

यस्तै बिद्यालयमा बिद्यार्थीहरु निरन्तर नजानुको कारण विद्यार्थीहरुलाई शिक्षकहरुले राम्रो संग ध्यान दिएर नपढाएको कारण पनि बिद्यार्थीहरुले विद्यालय छोडने गरेको हुन सक्ने बताए । बालबालिकाहरुको शिक्षामा पहुँचकालागि अभिभावकहरु समेत सचेत हुनु पर्नेमा जोडदिंदै विद्यालय छोडने विद्यार्थीहरुलाई पून भर्नाकालागी सहयोग गर्ने अधिकृत बेल्वासेले बताए ।

यस्तै श्री आधारभूत बिद्यालय पिपरीका प्रधानाध्यापक मुकुन्दराज सिग्देलले महिला सशक्तिकरणका लागि महिलाहरुलाई जागरुक बनाउने बिभिन्न सिप मूलक अभियानहरुको आयोजना गर्न आवश्यक भएको बताए । ओरेक नेपालका काउन्सीलर सुस्मा आचार्यले समन्वय सहकार्य गरेर कार्यहरु गर्नुपर्ने बताईन् । सनसाईन सामाजिक बिकास केन्द्रका प्रतिनिधी भोरिक केवटले यस दलित महिला संघले महिलाहरुलाई मात्र होईन पुरुषहरुलाई समेत समावेश गरी कार्यक्रमहरु संचालन गर्न सके प्रभावकारी हुने बताए ।

शिक्षा सम्बन्धि अभियान संचालन गरी गाउघर तथा समाजमा हुने बिभिन्न हिंसा न्यूनिकरण गर्नका लागि शिक्षालाई अगाडी बढाउनु पर्ने उनको भनाई रहेको थियो ।

किशोरी अधिकार मञ्चकी निलम हरिजनले किशोरी सशक्तिकरणका लागि विभन्न जनचेतना कार्यक्रम गर्नुपर्ने बताईन् ।

दलित महिला संघ कपिलवस्तुका अध्यक्ष माया नेपालीले छोरीहरुलाई शिक्षा दिए बिभिन्न हिंसाहरु खेप्न नपर्ने बताईन् । छोरीहरुलाई उच्च शिक्षा सम्म शिक्षा दिए घरेलु हिसां सहन नपर्ने बताउँदै यस अभियानलाई सबै मिलेर सफलपार्नु पर्नेमा जोड दिएकी थिईन् । कार्यक्रम संचालन महिला सम्मान महिला सशक्तिकरण र पहुँच अभियानका जिल्ला कार्यक्रम अधिकृत शंकर नेपालीको संचालनमा सम्पन्न कार्यक्रममा महिला सम्मानःमहिला सशक्तिकरण र पहुँचअभियानको उदेश्य र लक्ष्य अभियानबारे राष्ट्रिय पैरवी संयोजक साबित्री बिकले जानकारी दिएकी थिईन् ।

सरोकारवालाहरु संग समन्वय बैठकको अध्यक्षता दलित महिला संघ कपिलवस्तुका अध्यक्ष माया नेपालीको अध्यक्षतामा अतिथीहरु गैसस महासंघका अध्यक्ष प्रबिण कुमार श्रीवास्तव , शिक्षा अधिकृत , सस्ंथाका सामाजिक परिचालक अनिता श्रीमाल , संचारकर्मी सुनिल आचार्य , सन साईन सामाजिक विकासका सामाजिक केन्द्रका प्रतिनिधी लगाएत २३ जनाको सहभागिता रहेको थियो ।