एमाले पाल्पाले ८औ संविधान दिवस मनायो

मेचीकाली संवाददाता

३ आश्विन २०७९, सोमबार
372 shares


नेत्र गैरे

पाल्पा । नेकपा एमाले पाल्पाको आयोजनामा ८औ संविधान दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
संविधानसभा सदस्य नारायणी शर्मा घिमिरेले कार्यपत्र प्रस्तुत गर्दै नेपालको संविधानमा सबै वर्ग, लिङ्ग र समुदायको अधिकारका बारेमा उल्लेख रहेको बताइन । संविधान त बन्यो तर कार्यान्वय पक्ष दरिलो नभएको उनको भनाई थियो

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरेले नेपाली जनता आफैले लेखेको संविधान नेपाली जनताको संघर्ष र जन आन्दोलनको प्रतिबिम्ब रहेको बताए ।


अहिलेको गठबन्धन सरकारले संविधानको धज्जी उडाउने काम गरिरहेको छ । बर्तमान सरकार संविधानको कार्यन्वयन गर्न बाधक बनेको छ । संविधान भत्काएर एसपीपी जस्ता राष्ट्रघाती सम्झौता, नागरिकता विधेयक ल्याएर भारतीयलाई तुरुन्तै नागरिकता दिनेगरी कानुन बनाउनु खोज्नुले यो सरकार नेपाल र नेपाली जनताको हितमा नरहेको पुष्टि भएको उनको दावी थियो । संविधानको रक्षा, कार्यन्वयनमा देखा परेको उल्झनलाई परास्तगर्नकालागि आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई विजयी गराउन उनले अपिल गरे ।


नेता गैरे नेकपा एमाले पाल्पा क्षेत्र नम्बर २ बाट सर्वसम्मत एकल उम्मेदवारका रुपमा सिफारिस भएका छन् ।
यस्तै अन्र्तक्रिया कार्यक्रममा पाल्पा क्षेत्र नम्बर २(क) का प्रदेशसभा सदस्य एकल सिफारिस भएका उम्मेदवार पर्शुराम भट्टराइले यो संविधान समाजवाद उन्मुख भएको बताए ।

एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले मंसिर ४ मा हुन गइरहेको निर्वाचन अग्रगामी र पश्चागामी बीचको लडाइँ भएको बताए । गठबन्धनका नाममा संविधानलाई कुल्चेर काम गरिरहेको दक्षिण पन्थी दललाई पराजित गरेर एमालेका उम्मेदवारलाई जिताउन उनले अपिल गरे ।


कार्यक्रममा सहभागीले संविधानको कार्यान्वयनमा एमालेले मुख्य भूमिका खेल्नुपर्ने अवस्था आएको बताएका थिए । कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य ठाकुर प्रसाद लोहागुन, तीर्थप्रसाद गौतम, शिक्षक संगठनका नेता रामप्रसाद ढकाल लगायतले सुझाव दिएका थिए ।