लुम्बिनी प्रदेश सरकारले ६१ जनालाई विभूषित गर्ने

मेचीकाली संवाददाता

३ आश्विन २०७९, सोमबार
156 shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रबाट राष्ट्रलाई योगदान पु¥याउने ६१ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित विशेष समारोहमा प्रदेश पदकबाट विभूषित हुने व्यक्तिहरूको नामावली घोषणा गरिएको हो ।

प्रदेश सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा पदक पाउनेहरुको नाम सार्वजनिक गरी फागुन ३ गते प्रदेश स्थापना दिवसमा पदक वितरण गर्दै आएको छ । आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा गठित ७ सदस्यीय समितिले पदक पाउनेहरुको नाम छनोट गरी सरकारलाई सिफारिस गरेको थियो ।
प्रदेश राजपत्रमा प्रकाशित सूचनाअनुसार लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रमुख जनसेवा पदक तृतीय र मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितीय २/२ जनालाई प्रदान गरेको छ । भने, प्रदेश सेवा समर्पण पदक प्रथम एक जनालाई प्रदान गरेको छ । त्यस्तै, प्रदेश सेवा समर्पण पदक द्वितीय ९ जनालाई, प्रदेश सेवा समर्पण पदक तृतीय एक जनालाई, उजिरसिंह दीप पदक द्वितीय ४ जनालाई र उजिरसिंह दीप पदक तृतीय चार जनालाई प्रदान गरेको छ ।

त्यसैगरि समाजसेवा श्री पदक द्वितीयबाट ६ जना र समाजसेवा श्री पदक तृतीयबाट एक जनालाई प्रदान गरेको छ । प्रदेश रत्न पदक प्रथम दुई जनालाई, प्रदेश रत्न पदक द्वितीय १२ जनालाई, प्रदेश रत्न पदक तृतीय ६ जनालाई प्रदान गरेको छ ।
त्यस्तै प्रजापति गौतम पदक द्वितीय र तृतीयबाट १/१ जना, दंगिशरण बलिहाङ पदक द्वितीयबाट एक जना तथा दंगिशरण बलिहाङ पदक तृतीयबाट ४ जना गरि ६१ जनालाई विभूषित गरिएको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए ।

प्रदेश प्रमुख जनसेवा पदक तृतीय रुपन्देहीका जनार्दन यादव (मरणोपरान्त), पाल्पाका जितबहादुर थापा (घाइते) ले पाउने भएका छन् । भने, मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितीय बाँकेका डा. मोहिउद्दिन किदवाई र चितवनका डा. राजन पाण्डेले पाउने भएका छन् ।
त्यस्तै, प्रदेश सेवा समर्पण पदक प्रथम दाङका डा. विकास देवकोटाले पाउने भएका छन् । प्रदेश सेवा समर्पण पदक द्वितीय बिर्दियाका पूर्णमान वली, गुल्मीकी सीता घिमिरे, नवलपरासी पश्चिमका मोहन पाण्डे, रुपन्देहीका पुष्पराज पाण्डे, दाङका शिवप्रसाद चौधरी, बर्दियाका टंकबहादुर गुरुङ, रुपन्देहीका डा. परवेज आलम, बाँकेकी शारदाकुमारी चौधरी र नवलपरासी पश्चिमका डा.कुन्दन कुमार सिंहले पाउने भएका छन् । भने, प्रदेश सेवा समर्पण पदक तृतीय रुकुम पुर्वका भोग बहादुर खत्रीले पाउने भएका छन् ।

त्यस्तै उजीरसिंह दीप पदक द्वितीय बर्दियाका मुकुन्द प्रसाद रिजाल, बाँकेकी रन्जु के.सी, दैलेखका हृदयेशकुमार सापकोटा, कपिलवस्तुका नविन चुदालीले तथा उजीरसिंह दीप पदक तृतीय अर्घाखाँचीका दामोदर मल्ल, पाल्पाका मदन गैरे, प्युठानका सुरेन्द्र के.सी र बाँकेका मोहन विष्टले पाउने भएका छन् । त्यस्तै समाजसेवा श्री पदक द्वितीय दाङका डा. किशोर खत्री, दाङकै विमल रिजाल, दाङकै टोप बहादुर घर्ती, बाँकेका मोहम्मद इरफान सिद्दिकी, प्युठानका मेघराज कक्षपति र बुटवलका खेम पुन (मरणोपरान्त) ले तथा समाजसेवा श्री पदक तृतीय बर्दियाकी सितारानी थारुले पाउने भएका छन् ।

त्यस्तै प्रदेश रत्न पदक प्रथम दाङका कृष्णराज सर्वहारी, दाङकै नारायण खड्काले पाउने भएका छन् । प्रदेश रत्न पदक द्वितीय गुल्मीका भुपाल पोखरेल, बर्दियाका भिमप्रसाद वाग्ले रोल्पाका हरिबहादुर वली, रुपन्देहीका आशुतोष बराल, कपिलवस्तुका जीवन गिरी, रुपन्देहीका शिवनन्दन जयसवाल, रुपन्देहीकै हरिकेश यादव, दाङका गिरीराज शर्मा, पाल्पाका केशवबहादुर कार्की, दाङका पूर्ण बहादुर चौधरी (मरणोपरान्त), रोल्पाकी पवित्रा घर्तीमगर, कपिलवस्तुका मेघराज ज्ञवाली र दाङका जगतराम यादव तथा प्रदेश रत्न पदक तृतीय रुकुम पुर्वका कर्णबहादुर वुढामगर, प्युठानका ध्रुव गन्धर्व, कपिलवस्तुका मनोज पौडेल, कपिलवस्तुकै टिकाराम अर्याल, दाङका शिवु खनालले पाउने भएका छन् ।
यस्तै प्रदेश प्रज्ञा पदक द्वितीय बाँकेका डा. इन्द्रबहादुर भण्डारी, गुल्मीका प्रा.डा. लक्ष्मण ज्ञवाली तथा प्रदेश प्रज्ञा पदक तृतीय नवलपरासी पश्चिमका अमिर आजम मियाले पाउने भएका छन् । भने, प्रजापती गौतमी पदक द्वितीय रोल्पाकी औंशी बि.क., तथा प्युठानकी राधा घिमिरे (मरणोपरान्त) र बाँकेकी मिना शर्माले प्रजापती गौतमी पदक तृतीय पाउने भएका छन् ।

यस्तै दङ्गिशरण बलिहाङ्ग पदक द्वितीय रुपन्देहीका चन्द्रिका यादव (मरणोपरान्त) तथा दङ्गिशरण बलिहाङ्ग पदक तृतीय बर्दियाका लल्लुराम थारु, प्युठानका गोबर्धन थापा, कपिलवस्तुका मनोज पौडेल, रुपन्देहीका दुर्गेश यादव (मरणोपरान्त) ले पाउने भएका छन् ।

विशेष समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानले दिएका अधिकारहरू क्रमशः संस्थागत हुँदै गएको बताए । नेपालको लोकतान्त्रिक आन्दोलनमा सबैभन्दा बढी लुम्बिनी प्रदेशकै नागरिकले त्याग र बलिदानी गरेका कारण मुलुकको राजनीतिक परिवर्तन भएको बताउँदै मुख्यमन्त्री केसीले संविधान प्राप्तीमा सबैभन्दा ठूलो हकदार पनि लुम्बिनी प्रदेश रहेको दावी गरे ।

त्यस्तै लुम्बिनी प्रदेश हिमाल, पहाड र तराईको समिश्रणसँगै भगवान गौतमबुद्धको जन्मभूमि समेत रहेकोले यो प्रदेश सौभाग्यशाली प्रदेशको रुपमा रहेको मुख्यमन्त्री केसीले बताए । उनले लुम्बिनी प्रदेश सरकारले आफ्नो कार्यकालमा नमूना काम गरेको दावी गरे । विशेष समारोहमा प्रदेश प्रमुख अमिक शेरचन, सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, मन्त्री, प्रमुख सचिव, सचिव लगायतको सहभागीता रहेको थियो ।