यशोधरा माविमा बाल अधिकार चेतना समूह गठन तथा परिचयात्मक

मेचीकाली संवाददाता

५ आश्विन २०७९, बुधबार
259 shares

सुनिल आचार्य

कपिलवस्तु । अनौपचनरिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजनामा असोज ५ गते कपिलवस्तु नगरपालिका वडा नं. ३ स्थित यशोधरा माविमा बाल अधिकार चेतना समूह गठन तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।

विद्यार्थीहरूको भेलाले पिंकी कुर्मीको अध्यक्षतामा २५ सदस्यीय बाल अधिकार चेतना समूह गठन गरेको हो । जसको उपाध्यक्षमा मुकेश पासी, सचिव सुर्यमान पासी, सह सचिव इरफान दर्जी र कोषाध्यक्षमा मन्सा कान्दु चयन भएका छन् ।

यस्तै सदस्यहरूमा सुमन धोवी, ज्योति तिवारी, लक्ष्मण गुप्ता, सुमन कहार, करिष्मा कष्यप, खुसी पाण्डे , स्नेहा कान्दु , दिपेन्द्र चौधरी , रुबिना खातुन , हसिना खातुन , पुस्कर भण्डारी , साधना चौहान , पुजा तेली , लगायत चयन भएका छन् । भने विद्यालयका शिक्षक बिकास कुमार बञ्जाडेलाई संरक्षक शिक्षकमा चयन गरिएको छ ।

कार्यक्रममा कपिलवस्तु नगरपालिका–३ का वडा अध्यक्ष प्रकाश गैरेले बाल अधिकार चेतना समूहलाई संरक्षण, प्रवद्र्धनका लागि मानव अधिकार शिक्षा कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । समाजमा बिभिन्न किसिमका बिसंगतीहरु बढ्दै गईरहेको बेला बिद्यालय स्तरिय बाल अधिकार चेतना समूह गठनले बाल बालिकाहरुको क्षमता अभिबृधि हुने बताए ।

बालबालिकाहरुलाई सचेत बनाउन र बिभिन्न हिंसाहरुलाई न्यूनिकरण गर्न वडाले सचेतना मूलक कार्यक्रम गर्ने बताउनु भयो । कपिलवस्तु नगरपालिका भित्रका सम्पूर्ण बिद्यालयहरुमा निशुल्क शिक्षाको व्यवस्था गरिएको छ । साथै स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य बिमा गर्नेलाई ५० प्रतिशत छुटको व्यवस्था रहेको वडा अध्यक्ष गैरेले बताए ।
साथै नव गठित बाल अधिकार चेतना समूहका पदापधकारीहरुलाई आफू सचेत हुँदै समाज परिवर्तन गर्न सक्ने क्षमता अभिबृद्धि होस भन्ने शुभकामना दिंदै वडाबाट बालबालिकाहरुको लागि पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए ।
यस्तै विद्यालयका प्रधानाध्यापक दिनोद कुमार गुप्ताले बाल बालिकाहरूलाई अगाडी बढाउनका लागि यस बिद्यालयलाई छनोट गरेकोमा इन्सेक कपिलवस्तुलाई धन्यवाद दिए । गुप्ताले आजका बालवालिका भविष्यका कर्णधार भएको बताउँदै आफ्नो अधिकार सुनिश्चितताको लागि बाल वालिकाहरुलाई सचेतना गराउनु उचित कार्य भएको बताए । साथै बाल अधिकार मैत्री नीति तथा कानुन निर्माणमा सहयोग पुग्ने भएकोले कार्यक्रम स्वागत योग्य रहेको उनले बताए ।

कार्यक्रममा मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मीले शिक्षा , स्वास्थ्य , वातावरण र लैगिंक बिभेदका सवालमा सचेतना मूलकका अभियान संचालन गर्न लागि पर्ने बताए । यसैगरी संरक्षक शिक्षक बिकास बञ्जाडेले बाल बालिकाहरुको अधिकार सुनिश्चित गर्न विद्यालय भित्र मात्रै नभई घर र समाजमा पनि बाल अधिकारका विषयमा सचेतना फैलाउन आवश्यक रहेको बताउँदै उहाँले अधिकार र कर्तव्य दुवैलाई ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा इन्सेक जिल्ला सहजकर्ता पार्वती आचार्यले कार्यक्रमको उद्देश्य तथा परियोजना सम्बन्धी जानकारी गराउनु भएको थियो । कार्यक्रममा मानव अधिकार निगरानी समूहका अध्यक्ष पुष्पा रेग्मीको अध्यक्षतामा वडा अध्यक्ष , समाजसेवी , प्रधानाध्यापक , बिद्यालयका शिक्षक , संचारकर्मी र बिद्यालयका कक्षा ६ देखि कक्षा १० सम्मका बिद्यार्थीहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन बिद्यालयका शिक्षक बिकास कुमार बञ्जाडेले गरेका थिए ।