मोतिपुर प्राथमिक स्वास्थ केन्द्रमा नि:शुल्क स्वास्थ शिवीर शुरु

मेचीकाली संवाददाता

७ आश्विन २०७९, शुक्रबार
390 shares


तुलसीराम पौडेल —–
फर्साटिकर,असोज ७
रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ सौ फर्साटिकर स्थित मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ३ दिने नि:शुल्क स्वास्थ्य शिबिर शुक्रबारदेखि शुरु भयो।नेपाल सरकार गृह मन्त्रालय र सहस्त्र प्रहरी बल ( नेपाल एपिएफ अस्पतालको आयोजना ,नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाडको सहजीकरण ,शुद्दोधन गाउँपालिकाको समन्वय ,मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रको सह आयोजनामा निशुल्क स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जनचेतनामूलक क्यान्सर स्क्रीनिङ कार्यक्रम शुरु भएको हो। स्वास्थ्य शिविरमा नाक ,कान ,घाटी ,हाडजोर्नी , पाठेघरको स्क्रीनिङ्ग ,छाला लगायत जाच गरिएको छ।
त्यसै अवसरमा रिलायन्स फाइनन्स लिमिटेडको सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई २६ लाख रुपैया बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ।
शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले निशुल्क स्वास्थ्य शिबिरबाट स्वास्थ्य लाभ लिन सम्पुर्णलाई आग्रह गर्नुभयो।निशुल्क स्वास्थ्य शिविरको पहल एवं सहजीकरण गर्नुहुने नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाडलाई धन्यवाद दिनुभयो ।मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष एवं गाउँपालिका प्रवक्ता केशव अधिकारीले कमजोर आर्थिक अवस्थाले उपचार गर्न नसकेका व्यक्तिको यो शिविर लाभदायक हुने बताउनु भयो ।
असोज ७ गतेदेखि ९ गतेसम्म संचालन हुने निशुल्क स्वास्थ्य शिविरमा ससस्त्र प्रहरी उपरीक्षक वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर सौजन्य कर्माचार्य ,नाक कान घाँटी विशेषज्ञ डाक्टर सुन्दर ढुंगाना ,जनरल फिजिसियन डाक्टर अपुर्ब श्रेष्ठ ,रेडियोलोजिस्ट डाक्टर सुमन लामिछाने, एमबीबीएस डाक्टर आलेख दाहाल ,डाक्टर बरुन साहनी ,डाक्टर पिन्की यादव लगायतको विशेषज्ञ टोलि खटिएका थिए ।त्यसै गरि टेक्निकल टोलिमा ओम बहादुर काफ्ले ,दिपक गुरुङ ,सुनिता शर्मा ,रमेश जङ्ग थापा , निशा खत्री,केशवराज ,श्री कुमार सापकोटा ,शर्मिला भण्डारी ,किरन भट्टराई ,महेन्द्र बस्नेत ,लक्ष्मी सुनार ,गोविन्द जोशी लगायतको टोली खटिएको थियो । । शुक्रबार संचालन भएको स्वास्थ्य शिविरमा ४१३ जना विरामिले स्वास्थ्य परिक्षण गराएका थिए ।
मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष केशव अधिकारीको अध्यक्षता , शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यता, प्राथमिक स्वास्थ्य केन्द्रका हेअ अर्जुन भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रममा शुद्दोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली , शुद्दोधन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराई ,स सस्त्र प्रहरी उपरीक्षक डाक्टर सौजन्य कर्माचार्य ,रिलायन्स फाइनन्सका अध्यक्ष कुश प्रसाद मल्ली लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।