एमाले गुल्मी–रुपन्देही सम्पर्क मञ्चद्धारा प्रशिक्षण कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

९ आश्विन २०७९, आईतवार
327 shares

बुटवल । नेकपा एमाले गुल्मी–रुपन्देही सम्पर्क मञ्चद्धारा आयोजित एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रिय परिषद सल्लाहकार कमलराज श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

संघिय चुनाब नजिकिदै गर्दा नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चले बिभिन्न खालका कार्यक्रम सन्चालन गदै आएको युवासंघका केन्द्रिय सदस्य तथा गुल्मी जिल्लाका सह इन्चार्ज प्रज्बल खड्काले बताए । युवाहरुलाई आगामी निबार्चनमा कसरि परिचालन गर्ने र युवालक्षीत कस्ता खालका कार्यक्रमहरु अगाडी बढाउने लगायतका बिषयमा छलफल भएको उनले बताए । मंसिर ४ मा हुने चुनाबमा सबै युबाहरु एक ढिक्का भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय परिषद सदस्य कमलराज श्रेष्ठले गुल्मी जिल्लामा हालै सम्पन्न स्थानिय तहको चुनाबमा सोचे अनुसारको नतिजा ल्याउन नसके पनि संघिय चुनाबमा फरक खालको नतिजा आउने बताए । गुल्मीका दुईवटै क्षेत्रमा नेकपा एमालेले भारि मतका साथ बिजय हासिल गर्ने दाबि गरे । यसको लागि कार्यकर्ता तथा युवाबिद्यार्थीहरु एक ढिक्का भएर लाग्न उनले आग्रह गरे ।

कार्यक्रममा जिल्ला कमिटि सदस्य केदार चन्द्र भुषाल, रुपन्देही युबा बिद्यार्थी सम्पर्क मन्चका अध्यक्ष जीबन गौतम, डा. सागर न्यौपाने लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम नेकपा एमाले गुल्मी रुपन्देही सम्र्पक मञ्चका अध्यक्ष हेम थापाको अध्यक्षयता तथा बिष्णु भण्डारीको सयोजकत्वमा सम्पन्न भएको थियो