शान्तिप्रीय बहुउद्देश्यीय सहकारीको दोस्रो साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

९ आश्विन २०७९, आईतवार
274 shares

बुटवल । शान्तिप्रीय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवल १३ बेलबासको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार आयोजित साधारणसभामा सहकारीका अध्यक्ष यमप्रसाद गैरेको अध्यक्षता, बुटवल उपमहानगरपालिका सहकारी शाखा प्रमुख गुणाखर अर्यालको प्रमुख आतिथ्यता तथा बिशिष्ट व्यक्तित्व जीवनाथ अर्याल र बदलिदो बचत तथा ऋण सहकारी संस्था बुटवलका अध्यक्ष प्रकाश गैरेको बिशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा खिल्जी–रुपन्देही सम्पर्क समाजका अध्यक्ष चुरामणी बञ्जाडे, भुमिकास्थान–रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेलबासे, सल्लाहकार प्रा.डा. नारायणप्रसाद बेलबासे, विष्णु गैरे, ठाकुर बेलबासे, उपाध्यक्ष निर्मला बेलबासे लगायतले बोल्दै अर्थतन्त्र चलायमान बनाउन सहकारीको भूमिका समाजमा महत्वपूर्ण रहेको बताउँदै सहकारीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष गैरैले संस्थालाई थप सुद्धढ र व्यवस्थित बनाउनको लागि सबै शेयर सदस्यहरूको हातेमालो आवश्यक रहने बताए । उनले आफ्नो कार्यकालमा संस्थालाई नमुना सहकारीको रूपमा विकास गरी थप उचाइमा पुर्याउने प्रतिवद्धता जनाए ।
साधारणसभाले अध्यक्ष यमप्रसाद गैरे, कोषाध्यक्ष डासीराम भण्डारी र लेखा सुपरिवेक्षण समिति संयोजक चन्द्रबहादुर थापाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, आर्थीक प्रतिवेदन, लेखा समितीको प्रतिवेदन र निति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको संस्थाका व्यवस्थापक संगीता घिमिरेले जानकारी दिइन् ।

बुटवल र सैनामैना कार्यक्षेत्र रहेको सहकारी संस्थाले गुणास्तरीय सहकारी सेवालाई बिस्तार गर्दै आयमूलक साना तथा मझौला उद्योगमा एकल तथा सामुहीक लगानी गरी सेयर सदस्यहरुको आर्थिक जीवन उकास्ने खालका कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ । छोटो समयमै स्थापीत हुन सफल यस सहकारीले सेयर सदस्यको संख्या बढाउँदै सहकारीहरुको बीचमा छुट्टै पहिचान बनाउने लक्ष्य लिएको छ ।
कार्यसमिती सदस्य डा. कृष्णप्रसाद बेलबासे (जैसी) को स्वागत तथा सचिव गोपालप्रसाद बञ्जाडेको सञ्चालनमा कार्यक्रम भएको थियो ।