नवदुर्गा मन्दिर देवीनगरमा दुर्गा सप्तशति पाठपारायण एवं कथा वाचन हुने

मेचीकाली संवाददाता

९ आश्विन २०७९, आईतवार
365 shares

बुटवल । नवदुर्गा मन्दिर समिति बुटवल ११ देवीनगरको आयोजनामा कथा प्रवचन हुने भएको छ । नेपालीहरुको महानचार्ड बिजयादशमी नवदुर्गाको अवसरमा दुर्गा सप्तशति पाठपारायण एवं कथा वाचन हुने भएको छ ।

बिस २०२२ सालमा स्थापित मन्दिरको थप बिकास र आर्थिक संकलन गरि रु १ करोडको अक्षयकोष बनाउनका लागि दुर्गा सप्तशति पाठपारायण एवं कथा वाचन राखिएको अध्यक्ष अर्जुन कुवरले बताए । असोज १० गते बाजागाजासहित भजनकृतन,शोभा कलश यात्रा,घटस्थापना ब्यास पुजन एवं पाठपारायण शुभारम्भ हुनेछ ,कार्यक्रमको मुक्तिनाथधामका पिठाधिस स्वामी लोकानन्दले उदघाटन गर्नुहुनेछ ।

मन्दिरमा श्रीङ्गेश्वरधामका गुरु त्रिकालदर्शी आचार्य दुर्गाप्रसाद भट्टराइको मुखारबिन्दबाट संगीतमय कथा प्रवचन हुने सचिब रबिलाल पोखरेलले बताए । असोज २३ गते कोजाग्रत पूर्णीमासम्म कथा बाचन हुने कार्यक्रम संयोजक यज्ञश्वर मरासिनीले बताए । कथाबाचक श्रीङ्गेश्वरधामका गुरु त्रिकालदर्शी आचार्य दुर्गाप्रसाद भट्टराइले नवदुर्गाको पूजन तथा कथा श्रवण गरेर पुण्य आर्जन गर्न आग्रह गरे ।