रुपन्देही जिल्लामा बजार अनुगमनले पायो तीब्रता!

मेचीकाली संवाददाता

१३ आश्विन २०७९, बिहीबार
288 shares

तुलसीराम पौडेल —-
रुपन्देही ,असोज १३

घरेलु कार्यालय रुपन्देहीले असोज १ देखि नै चाडपर्व लक्षित दैनिक बजार अनुगमनलाई जोड दिन थालेपछि जिल्लाका अन्य निकायहरु पनि बजार अनुगमनलाई विशेष प्राथमिकता दिन थालेका छन् । बिहीवार जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी राम चन्द्र अर्यालको संयोजकत्वमा घरेलु तथा साना उद्योग कार्यालय, बाणिज्य कार्यालय, खाध्य तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, तिलोत्तमा नगरपालिका तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो। संयुक्त अनुगमन टोलीले तिलोत्तमा नगरपालिकाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा नक्कली खरिद बिल पेश गर्ने र म्याद गुज्रिएको सामान बेचबिखन गर्ने व्यबसायीलाई स्थलगत रुपमा जरिवाना समेत गरिएको थियो ।

तिलोत्तमाकै भलवारी र कोटिहवा क्षेत्रमा पनि व्यावसायिक मुल्यमान्यता बिपरितका गतिबिधी गरिएको पाइएकोले ब्यबसायीलाई सचेत बनाउने, चेतावनी दिने जस्ता प्रवर्द्धनात्मक कार्यहरू गरिएको थियो!

नब नियुक्त सहायक प्रमुख जिल्ला अधिकारी

रामचन्द्र अर्यालले संयुक्त बजार अनुगमन गर्ने कार्यलाई तिब्रता दिनुभएको छ। चाडपर्वमा मात्र नभई अब हरेक महिना कडाइका साथ नियमित रुपले बजार अनुगमन गरिने सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताउनु भयो ।