सिआरइ क्यापिटल फाउन्डेसन पब्लिक माविमा छात्रवृत्ति वितरण

मेचीकाली संवाददाता

१४ आश्विन २०७९, शुक्रबार
230 shares


तुलसी राम पौडेल —
सियारी,असोज १४
रुपन्देहीको सियारी गाउँपालिका -४ छपिया स्थित पब्लिक नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई CRE Capital foundation द्वारा लक्षित छात्रवृत्ति वितरण गरिएको छ।सेवा नै धर्म हो भन्ने पबित्र उद्देश्यका साथ पब्लिक नमूना माध्यमिक विद्यालयका अति विपन्न ,आर्थिक कमजोर तथा पिछडिएका बर्ग गरि ४१ जना विद्यार्थीहरुलाई CRE Capital foundation द्वारा छात्रवृत्ति वितरण गरिएको हो ।छात्रवृत्ति वितरण कार्यक्रम अन्तरगत पब्लिक नमूना माध्यमिक विद्यालयका ४१ जना विद्यार्थीहरुलाई ३ लाख ५० हजार रुपैयाँको छात्रवृत्ति विद्यालयले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वितरण गरिएको थियो । त्यसै गरि CRE Capital foundation सग सम्पर्कमा आएका थप ७ जनालाई समेत ६० हजार छात्रवृत्तिको रकम प्रदान गरिएको थियो । फाउन्डेसनका संरक्षक अमरबहादुर र विजया आचार्य रहनु भएको छ।त्यसै गरि president अभिशेष आचार्य र director आशिष आचार्य रहनु भएको छ। यस किसिमको छात्रवृत्ति वितरण धेरै पहिलेदेखि गर्दै आइरहेको र आगामी दिनमा यसलाई निरन्तर दिइने उहाहरुको भनाइ थियोे ।
पब्लिक नमुना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिलाराम खनालले कार्यक्रमको उद्देश माथी प्रकाश पार्नुभएको थियोे । विद्यालयका सहायक प्रधानाध्यापक इन्द्र प्रसाद तिवारीको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन शिक्षक षडानन्द शर्माले गर्नुभएको थियोे ।