जापानिज समाजसेविको पाल्पामा चौरासी पूजा

मेचीकाली संवाददाता

२४ आश्विन २०७९, सोमबार
505 shares


बन्दना पोखरेल

रामपुर । जापान बाट आएर विगत ३० वर्ष देखि पाल्पाको सामाजिक जीवनमा काम गदैै आएको काजुमासा काकिमी ओके बाजेलाइ हिन्दु सस्कार अनुरुप चौरासी पुजा गरिएको छ । आईतबार कोजाग्रत पुर्णीमाको अवसर पारेर पुर्वी पाल्पाको रामपुर नगरपालिकाको गंगा माविमा पुजा आजा गरिएको हो । शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सक्रिय काजुमासा काकिमी ओके बाजेलाई बैदिक विधी अनुरुप सहचन्द्र दर्शन एवं चौरासी पुजा सहित रामपुरमा अभिनन्दन गरिएको हो


उहाँको योगदानको कदर गर्दै सम्मान स्वरुप दिर्घजीवनको कामना सहित चौरासी पुजा गरी अभिनन्दन गरिएको छ । जापानमा जन्मेर पनि नेपाली भुमिमा लामो समय देखि सक्रिय ओके बाजेको नेपाली परम्परा अनुसार ३० जना पुरोहितबाट पुजा गरिएको मुल पण्डित हरिप्रसाद खनालले जानकारी दिएका थिय । सहचन्द्र दर्शन एवं चौरासी पुजा मूल आयोजक समितिका अध्यक्ष एवं गंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले बाजेको दिर्घजीवन कामना र उहाँको योगदानको कदर गर्दै सहचन्द्र दर्शन एवं चौरासी पुजा गरिएको बताए ।

उनले यस क्षेत्रको शैक्षिक संस्था, स्वास्थ्य संस्था, सामाजिक संघ संस्थाको पूर्वाधार निर्माण, खानेपानी योजना, जिविको पार्जन, बालबालिकालाई छात्रवृती प्रदान तथा निम्न आय भएका परिवारका व्यक्तिहरुको स्वास्थ्य उपचारको लागि महत्वपूर्ण सहयोग गर्दै आउनु भएको थियो । ८४ वर्ष पुगेको उपलक्ष्यमा बाजेलाई विद्यार्थी, शिक्षक तथा संघ संस्थाका प्रमुखहरुको उपस्थितिमा विहान नगर परिक्रमा समेत गराईएको थियो । सो अवसरमा विभिन्न विद्यालयहरुले स्वागत सहित सम्मान गरेको थियो । नेपाली परम्परा अनुसार पुजा गर्ने व्यवस्था मिलाएकोमा ओकेबाजेले सबैलाई धन्यवाद दिनुभएको थियो । पाल्पालीले अपार मायाँ र स्नेह प्रदान गरेकोमा खुशी व्यक्त गर्दै निरन्तर सेवामा सक्रिय हुने बाजेको भनाई छ ।
रामपुर नगरपालिका, तानसेन नगरपालिका, निस्दी , माथागढी, बगनासकाली, पुर्वखोला, रम्भा, गाउपालिका सहित क्याम्पस, विद्यालय एवम् स्थानीय संघ संस्थाको आयोजनामा गंगा माध्यमिक विद्यालय रामपुर ८ एक्लेटारमा चौरासि पुजा गरिएको हो । साथै पुजाको अवसरमा सम्पूर्ण विद्यालय तथा संघ संस्थाको तर्फ बाट अभिनन्दन गरीएको थियो । कार्यक्रमको अवसरमा मगरी संस्कृतिमा आधारित कौरानाच समेत देखाएको छ । ओकेबाजेको पुजा तथा अभिनन्दनमा विभिन्न पालिका जनप्रतिनिधि, विद्यालय, संघ संस्था तथा नागरिकको उत्साहजनक सहभागीता रहेको थियोे । अभिनन्दमा जापानिज नागरिकहरुको समेत उपस्थिति रहेको थियो । गंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम भुषालडाडा माविका प्रधानाध्यापक सुन्दर श्रेष्ठको स्वागत र रामतुलसी माविका शिक्षक लेखनाथ शर्मा मरासिनीको सञ्चालनमा भएको हो ।