सीमा बन
आमा वा माता भन्नाले कुनै बच्चालाई जन्म दिने र पालनपोषण गर्ने महिलालाई बुझिन्छ । हरेक महिलालाई मातृत्वको चाहाना हुन्छ र सन्तान जन्माउने आशमा आमाले आफ्नो ज्यान दाउमा राख्छीन् । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा मातृ मृत्युदर एक लाख जीवीत शिशुको जन्ममा १५१ जना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसांख्यीक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस २०२२) को प्रतिवेदन अनुसार नेपालका करीव २१ प्रतिशत महिलाहरुले अझैपनि घरमै सुत्केरी गराईरहेका छन । यसले उनीहरुको स्वास्थ्य जोखीममा रहेको देखिन्छ ।
उक्त सर्वेक्षण अनुसार पांच बर्ष भन्दा मुनिको बाल मृत्युदर प्रति एक हजार जन्ममा ३३ रहेको छ । नवजात शिशु मृत्युदर पछिल्लो दशकमा प्रति एक हजार जीवीत जन्ममा २१ मा स्थीर छ । तथ्याङ्क अनुसार नेपालमा गर्भवती सेवा कभरेज सुधारोन्मुख हुंदै गएको छ । १० मध्ये ९ महिलाले दक्ष सेवा प्रदायकहरु (डाक्टर, नर्स वा अनमी) बाट गर्भवती सेवा पाईरहेका छन । सन् १९९६ मा ४ मध्ये १ महिलाले मात्रै पाएको गर्भवती सेवाको तुलनामा उल्लेखनीय प्रगती मान्नुपर्दछ । हाल नेपालका महिलाहरुले औसतमा करिब दुई सन्तान जन्माउंछन । विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको छ । सन १९९६ मा प्रति महिला ४.६ बच्चा जन्माउंथे भने हाल आएर सन २०२२ मा सो दर २.१ मा झरेको प्रतिवेदनले देखाएको छ ।
आमाको कर्तव्य र दायित्व बच्चालाई जन्म दिनु मात्र होईन उसलाई असल बानी व्यहोरा प्रदान गरी समाजका लागि योगदान दिन सक्ने बनाउनु पनि हो । हरेक आमाले आफ्नो प्राण रहुन्जेल उक्त कर्तव्य निभाईरहेकी हुन्छीन । आमालाई हिन्दु धर्ममा उच्च स्थानमा राखिएको छ । आमा अर्थात माता जसलाई देवीको रुपमा पुजिन्छ । यस संसारमा सबैभन्दा सजिलो र सबैभन्दा अनमोल शव्द आमा हो ।आमा शब्द संसारमा एकमात्र यस्तो शब्द हो जसलाई कुनै परिभाषाको आवश्यक्ता पर्दैन । किनकी यो शब्द होईन यो भावना हो । प्रेम, बलिदान र सेवाको प्रतिक हो । सांच्चै आमा भनेको भगवानको मुर्ती हो । आमा बिना न हामी चल्छौं न यो संसार नै चल्छ ।
आमाले केवल बच्चाको मात्रै होईन सम्पुर्ण परिवारको ख्याल राख्छीन । उनी परिवारको भावनात्मक मेरुदण्ड हुन जसले परिवारलाई एकजुट बनाउने प्रयत्न गरिरन्छिन । उनी खुसीसाथ परिवारमा भएका दुख–सुखका पलहरुमा सामिल हुन्छिन र सबैलाई मन पर्ने नपर्ने कुरा बुझ्छिन । सबैको जीवनमा आमा अनमोल रत्न हुन ।
अब्राहम लिङ्कनले भनेका छन ‘आमाको काखमा भएको मानछे कहिले दुखी हुदैन’ एउटा सन्तानकोलागि आमा प्रेम र विश्वासको बास्केट हो । प्रेम र विश्वासको बास्केटमा हिंसाले कुनै ठाउं पाउंदैन । आमा आफैमा एक महान शव्द हुन। अझ भनौं आमा शब्दकोषको एक शब्द भन्दा बढी प्रेम र मायांकी पर्याय हुन ।
आमा जो कसैकी छोरी हुन सक्छिन, श्रीमती हुन सक्छिन, बुहारी हुन सक्छिन, भाउजु हुन सक्छिन । आमाले अनेक भुमिकामा बांच्नुपर्ने हुन्छ र यी सबै भुमिकालाई उत्तीकै कुशलता पुर्वक निर्वाह गर्नुपर्ने पनि हुन्छ । अक्सर हाम्रो पारिवारीक संरचना अनुसार घर परिवार धान्ने जिम्मा आमाको हुन्छ । हुनत आधुनिक समाजमा लैङ्गीक समानताको कुराले पनि महत्व पाएको छ । पति पत्नीको भुमिका, महत्व र स्थान सरावरी हुने तर्क छ । भलै कार्य व्यवहारको हिसावले लैंगिक समानताको कुरा सही मान्न सकिएला तर आमासंग परिवारको जुन किसीमको भावनात्मक सम्बन्ध हुन्छ, त्यस हिसावले आमाको जिम्मेवारी र भुमिका अलि बढी नै हुन्छ ।
परिवारलाई एउटा सुत्रमा बांधेर राख्ने ताकत परिवारका अरु सदस्यहरुसंग हुंदैन । आमा भनेकी आस्था हुन । आदर्श हुन । विश्वास हुन । परिवारलाई कसरी सुखी राख्ने भन्ने कुरा आमाकै हातमा हुन्छ । हरेक सन्तानलाई आमाले मात्रै नियन्त्रण वा निर्देशन गर्न सक्छ भन्नेपनि होईन तथापी समग्र परिवारको लय वा तालमेल कसरी मिलाउने भन्ने कुरा आमाले मात्रै खास भुमिका खेल्न सक्छीन । जहां आमा छिन त्यहां आस्था, विश्वास र प्रेम हुन्छ । जहां आस्था, विश्वास र प्रेम हुन्छ त्यहां परस्पर सम्बन्ध सुमधुर र मिठासपुर्ण हुन्छ । आमाले जती साथ यो संसारमा आफ्नै छांयाले पनि दिंदैन । आमा चाहे यो संसारमा होउन या नहोउन सन्तानका हरेक आभासमा हुन्छिन । हरेका पाईलामा हुन्छिन ।
९ महिनासम्म आमाले हामीलाई पेटमा पाल्छीन । गर्भाअवस्था भरी वाकवाकी सहन्छीन । खुट्टा सुन्याई सुन्याई पेटको छाला तन्कीउन्जेल बोक्छीन । सुत्दा कोल्टे परेर सुत्छीन । मस्त निद्रा नपुर्याई सबेरै उठ्छीन । गर्भदेखी नै बच्चाको स्याहार सुसार र लालनपालन अनि सुन्दर भविष्यको सपना सजाउंछीन । असह्य पिंडा सहेर बच्चालाई जन्म दिन्छीन अर्को जुनी फेरेको महशुस गर्छीन । अत्तालीन्छीन छट्पटिन्छीन जव बच्चा जन्मीएर रुन थाल्छ उनको सबै पिंडा हराउंछ ।भुल्छीन सारा कष्ट पिर अनि व्यथा । सुसार सुरु गर्छीन आफ्नो थलिएको जीउ बिर्सीएर उनी हाम्रो नर्स बन्छीन । छातीको दशधारा दुध चुसाएर हुर्काउंछीन उनी हाम्रो भान्से बन्छीन । सुसेली हाल्दै कोखै कोखैे गीत गाउंछीन उनी हाम्रो संगीत बन्छीन । असल र ज्ञानी हुनु भन्दै कखरा सिकाउंछीन उनी हाम्रो गूरुआमा बन्छीन । ड्राईभर बनेर घुमाउन लैजान्छीन । प्रशंसक बनेर प्रशंसा गर्छीन । हाम्रोलागि संघर्ष गर्छीन । हाम्रालागि अहोरात्र खट्छिन । डाक्टर बनेर स्वास्थ्यको ध्यान राख्छीन । सबैभन्दा ठूलो ज्योतिष आमा हुन जसले सन्तानको भोक उसले थाहा पाउनु भन्दा पहिले थाहा पाउंछीन । आमा नै हुन जसले दुई सय रुपैंया माग्दा एक सय रुपैंया दिलिन तर एउटा रोटी माग्दा दुईटा दिन्छिन ।
आमा ईश्वरको कृपा हुन । भाकल हुन । आज बैशाख कृष्णपक्षको औंसी यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात मातृऔंसी । यसदिन आमालाई मनपर्ने खानेकुरा तथा उपहार दिई छोराछोरीहरुले आमाबाट शुभ आशिर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भावयुक्त सम्मान गरिएको हुंदा यसदिनलाई मातातिर्थ औंसी भन्ने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरुले भने सञ्चारका साधनहरु मार्फत सम्झने गर्छन भने आमा नभएकाहरुले पनि आमाको आत्माको शान्तिको कामना गर्दै आज श्राद्ध तर्पण गरी मातृत्वको स्मरण गर्छन ।
सन्तानको खुसीकालागि आमाले आफ्नो खुसीको बलि दिएका उदाहरणहरु प्रशस्तै छन तरबिडम्बना भन्नुपर्छ कैयौं घरका आमाहरुसन्तानबाट अपहेलनामा परिरहेका छन ।कतै आमालाई पुरै घरकी मालीक्नी भन्ने भ्रममा राखेर सस्तो मजदुर बनाईएको छ । आमाको त्याग, स्नेह,करुणा, लालनपालन र आफू हुर्केको विरासत विर्सिएर तिनै आमालाई सहाराविहिन बनाउने सन्तानहरु बढिरहेका छन । आमाका रोदनहरु सुनिदिने माध्यम आश्रम बनेका छन ।सन्तानबाट उपेक्षीत बनेर कैयौं आमाहरु कारुणीक अवस्थामा आज वृद्धाआश्रममा भेटिने गरेका छन । तरपनि ति आमाहरुको एउटै चिन्तन हुन्छ आफ्नो सन्तानको सुखी जीवन ।
हामीलाई बाडुल्की लाग्दा पानी पिएर बाडुल्की मेट्छौं तर आमालाई बाडुल्की लाग्दा हामीलाई फोन गर्छीन । एउटी आमाकोलागि प्राण के प्यारो होला सन्तानको अगाडि तर तिनै सन्तानले जव बुढेसकालमा वा अशक्त अवस्थामा अवहेलना गर्छन त्यतीबेला जुनसुकै आमाको पनि मन कुंडिन्छ । बुढ्यौलीको सहारा सम्झी आफ्नो आहारा काटेर हुर्काएका सन्तानबाट उपेक्षीत र बोझ बनेर बस्नुपर्छ भने ती आमाहरुको पिडा कल्पना गर्नपनि सकिंदैन । मुजा परेका गाला, निभ्न लागेको शक्ति अनि एक्लोपनको उपहार कस्तो दर्दनाक संस्कार मौलांउंदै छ ।ढुंगा एकपटक मन्दिरमा गएर भगवान बन्छ तर मान्छेको मन दिनदिनै मन्दिर गएरपनि ढुंगा नै रहने हो भने थुप्रै आमाहरु सहाराविहीन हुनेछन । धन सम्पत्तीको बलमा अर्काको भरमा आमाबुबालाई छोड्दा घडीको समय अनुसार खाना त खुवाउलान तर भोकमा खान पाउने छैनन । यसतर्फ पनि सन्तानहरुले सोंच्नुपर्ने बेला भएको छ ।
व्यस्त दैनिकी जतिसुकै होस आमाको लागि समय छुट्याउनुपर्छ । किनभने दुनियांमा यस्ता मान्छेहरु पनि छन जोसंग आमा छ, उ संग समय छैन र जो संग समय छ, उ संग आमा छैन । जो मान्छे आफ्नी आमाको हुंदैन उ कसैको हुंदैन।आमाको मायां र उहांको दुधको भारप्रति हरेक सन्तान कर्तव्यनिष्ठ हुन जरुरी छ । सबैलाई कर्तव्य र जिम्मेवारीको ज्ञान हुन सकोस हरेक दिन बनोस आमाको मुख हेर्ने दिन। सन्तानकी सृष्टीकर्ता, ममताकी खानी लाखौं दुख कष्ट सहेर सन्तानकै खुसीमादत्तचित्त रहने सम्पुर्ण आमाहरुलाई नमन ।