वन जोगाउन उपभोक्ता जुट्नुपर्छः मन्त्री आचार्य

मेचीकाली संवाददाता

१९ मंसिर २०८०, मंगलवार
198 shares

पार्वती आचार्य

कपिलवस्तु । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल जिल्ला महासंघ कपिलवस्तुको प्रथम वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन बाणगंगा–९ चौवामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले वन नरहे मानव जिवनमा ठुलो असर पर्ने हुँदा आम उपभोक्ताहरु वन संरक्षणमा जुट्नुपर्ने बताए । मन्त्री आचार्यले वन जंगल संरक्षण गर्दा वन भित्रका वन्य जन्तुहरुको समेत संरक्षण हुने भएकोले यस बिषयमा आम उपभोक्ता सचेत हुनुपर्ने बताए ।

मन्त्री आचार्यले प्रदेश र संघमा बाझिएका केही कानुनहरुलाई सरल किसिमले कार्यान्वय गर्नका निम्ति पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउँदै उपभोक्ताहरुले जोगाएको बनलाई व्यवस्थित बनाउन प्रदेश र संघमा बाँझिएका गाँठाहरु फुकाउन जरुरी भएको बताए । वनका नियमावलिहरु सरल र सहज होउन र आम उपभोक्ताहरुले सहज रुपमा आवश्यकता अनुसार काठ प्राप्त गर्न सकुन कसैलाई काखा र कसैलाई पाखा नबनाई सबै उपभोक्ताहरुलाई एकै नजरले हेर्नुपर्नेमा मन्त्री आचार्यले जोडदिएका थिए । वन अतिक्रमण र चुनौतीको बिषयलाई सरकारले संबोधन गर्नुपर्ने उनको भनाई छ ।

यस्तै लुम्बिनी बन तथा वातावरण मन्त्रालयमा सचिव मोहन काफ्लेले वैज्ञानिक वन व्यवस्थापन कार्यान्वयनका लागि माहासंघको स्थापना गरी कार्यक्रमहरु अगाडी सार्दा लुम्बिनी प्रदेश सरकारले अन्य प्रदेशले भन्दा अगाडी नै वन सम्वद्र्धनमा आधारित वन व्यवस्थापनको मापदण्ड बनाएर गत बर्ष देखि कार्यक्रम अगाडी बढाउन सफल भएको बताए । सुशासनलाई कार्यान्वयन गरे बन सम्बन्धि कार्यहरुमा कुनै समस्या नआउने बिश्वास व्यक्त गर्दै बन मन्त्रालयलाई सफल बनाउन उपभोक्ताहरु र बन तथा सामुदायिक बनहरुको अहम भूमिका रहने सचिव काफ्लेको भनाई छ ।

यसैगरी लुम्बिनी बन निर्देशनालयका निर्देशक दधिलाल कंडेलले उपभोक्ताहरुले निती नियममा रहेर काम गर्नुपर्ने र वन संरक्षणमा पारदर्शि रुपमा लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य महाशाखाका डाक्टर पुष्पराज पौडेलले बन बिनासले मानव जिवनमा हानी पुराउने भएको हुँदा वन जोगाउन र संरक्षण गर्न सबै लाग्नु पर्ने बताए । वन सम्वद्र्धनमा प्रणालीमा आधारित वैज्ञानिक बन व्यवस्थापन गरेर अर्थोपार्जन गरिरहँदा बिकासमा स्वास्थ्यको एजेण्डालाई संबोधन गर्न नबिर्सन आग्रह गरे ।

कार्यक्रममा वैज्ञानिक बन व्यवस्थापन राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष रेनु सेनले सामुदायिक बन उपभोक्ताहरुको सम्पत्ति भएको बताईन । वैज्ञानिक बनमा सरकारले एक्कासी रोक लागाए पछि तिन बर्ष सम्म उपभोत्तालाई मात्र होईन राज्यलाई समेत नोक्सान हुन पुगेको बताईन् । सडक देखि सम्बन्धित निकाय सम्म पुगेर शान्तिपूर्ण आन्दोल सहित मागहरु गर्दै धेरै संघर्षका बावजुद वैज्ञानिब वन व्यवस्थापन सफल भयो । सरकारलाई चुनौती दिएर अगाडी बढ्दै जाँदा हाल वास्तवमा लुम्बिनी प्रदेशमै पहिलो वन व्यवस्थापन शुरुगर्न सफल हुनु गर्वको बिषय भएको महासंघका केन्दिय अध्यक्ष सेनको भनाई छ ।

डिभिजन बन कार्यालय कपिलवस्तुका डिभिजनल बन अधिकृत बिजयराज सुवेदीले वन व्यवस्थापन कानुनमा बलियो हुँदै गएको बताउँदै वनलाई राम्रो बनाउन वनको संरक्षण गर्नुपर्ने, बन्यजन्तुको संरक्षण हुनुपर्ने बताए । यस्तै सामुदायिक बनहरुले सामाजिक बिकासका कार्यहरु गर्दा बनका निती, ऐन र कार्यविधिमा रहेर कार्यहरु गर्न आग्रह गरे ।

बाणगंगा ९ का वडा अध्यक्ष कमल पौडेल, बैज्ञानिक वन व्यवस्थापन लुम्बिनी प्रदेश अध्यक्ष दिपक थापा, लुम्बिनी प्रदेश महासंघका सचिव होमबहादुर गुरुङ, तिलोराकोट साँझेदारी बन उपभोक्ता समूहका अध्यक्ष जय प्रकाश पाण्डेय लगायतले उपभोक्ताहरुको हकहितमा रहेर काम गर्नुपर्नेमा जोड दिए ।

बैज्ञानिक बन व्यवस्थापन उपभोक्ता जिल्ला महासंघ कपिवस्तुका कार्यवाहक अध्यक्ष शेषकान्त बेल्वासेको अध्यक्षता, संघका सदस्य निल कुमार श्रेष्ठको स्वागत तथा महासंघका सह सचिव डिल्लिराज रेग्मीको सञ्चालनमा सम्पन्न साधारणसभामा जिल्लाका बिभिन्न सामुदायिक बनका अध्यक्ष तथा प्रतिनिधिरुको सहभागिता रहेको थियो ।

यसैबिच साधारण सभा तथा प्रथम अधिबेसनबाट १७ सदस्यीय कार्यसमिती निर्विरोध चयन गरेको छ । जसको अध्यक्षमा शेषकान्त बेल्बासे, बरिष्ठ उपाध्यक्षमा निल कुमार श्रेष्ठ, उपाध्यक्षमा हुमलाल पौडेल, माहासचिवमा गंगा भट्टराई, सचिवमा सरिता खनाल, कोषाध्यक्षमा बनवारीलाल थारु निर्विरोध चयन भएका छन् ।