सिड्नीमा सामाजिक कार्यमा सक्रिय रूपन्देही सामाजिक सञ्जाल

मेचीकाली संवाददाता

२४ मंसिर २०८१, सोमबार
52 shares

डी.आर.घिमिरे

बुटवल। सिड्नीमा रहेको रूपन्देही सामाजिक सञ्जाल, अष्ट्रेलिया नेपाली समुदायको सेवा र सांस्कृतिक गतिविधिहरूमा सक्रिय संस्थामध्ये एक हो । यस संस्थाले विभिन्न कार्यक्रमहरू, च्यारिटी इभेन्टहरू र सांस्कृतिक मेलाहरू आयोजना गर्दै नेपाली परम्परा र संस्कृति प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

उदाहरणका लागि, सञ्जालले अष्ट्रेलियामा नेपाली पर्व तीजलाई विशेष तरिकाबाट मनाउने, सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने र नेपालका विपन्न तथा अपाङ्गता भएका बालबालिकाहरूको लागि चन्दा संकलन गर्ने कार्यहरूमा सक्रिय भूमिका खेल्दै आएको छ । अध्यक्ष दीवाकर काफ्लेका अनुसार तीजलाई अर्थ संकलनको राम्रो माध्यम बनाउन सकिएको छ भने प्रायः तिहारमा पनि अर्थ संकलन गरन्छि । यो वर्षको तिहारमा मात्र ६ हजार ३ सय डलर संकलन भएको थियो । प्रायः तीजमा नेपालबाट कलाकार ल्याएरै पनि कोष बढाउने गरिएको छ । अहिलेसम्म यम बराल, सोनु पौडेल, खुमन अधिकारी, शान्तिश्री, परियार, मिशन भट्टराई, मिलन अमात्य, नवीन पौडेललगायत कैयौं कलाकारलाई यो समाजले सिड्नीमा ल्याएको छ ।

यस संस्थाको माध्यमबाट नेपाली समुदायलाई एकीकृत गर्नका साथै सांस्कृतिक जागरूकता फैलाउने कार्यमा जोड दिइएको छ । यसरी च्यारिटी कार्यक्रममार्फत सामाजिक उत्तरदायित्वको भावना विकास गर्नु, नेपाली सांस्कृतिक पहिचान प्रवद्र्धन गर्नु र समुदायमा सहयोग पु¥याउनु यो सञ्जालको मुख्य उद्देश्य रहेको छ । सिड्नीमा नेपाली समुदायको उपस्थिति पछिल्लो समय बढ्दै जाँदा रूपन्देहीबाट पनि उल्लेख्य संख्यामा यहाँ आएर बसेका छन् । सिड्नी र यसको वरपरको क्षेत्रमा नेपाली समुदायको संख्या बढ्दै जाँदा विभिन्न सामाजिक, सांस्कृतिक र सहयोगी संस्थाहरू पनि सक्रिय बनेका छन् ।

सन् २०१५ मा स्थापित रुपन्देही सामाजिक सञ्जालले विभिन्न सामाजिक कार्य गर्दै आएको छ, संस्थापक अध्यक्ष राज खनालले भने । सामाजिक सञ्जालनै किन ? यसको उत्तरमा खनाल भन्छन्–सुरुसुरुमा अलि एक्लोजस्तो भइने, कामबाट फुर्सद हुँदा कसरी समय बिताउने भन्नेनै हुन्थ्यो, अर्कोतिर कतिपय नयाँनयाँ विद्यार्थीहरु आउने तर कैयांै नजानेका कुरा सोधपुछ गर्ने सहज ठाउँ नहुने भएकोले एउटा सस्था आवश्यक हुन्छ भनेर स्थापना गरियो । हुन पनि त्यस यता धेरैलाई सहजीकरण गर्न सकिएको छ र आफ्नै जन्मभूमिको सेवा गर्ने अवसर यसै सस्थाले जुटाएको छ, उनको भनाइ छ ।

खनालका अनुसार यसअघि बुटवल–११ देवीनगरमा रहेका नेपाल अपाङ्ग आश्रामलाई अपा¨मैत्री शौचालय निर्माणका लागि दुई लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । त्यस्तै मणिग्राममा रहेको आत्मशान्ति अनाथ आश्रमको अक्षयकोषको लागि एक लाख रुपैयाँ र लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी र प्रसूति वार्डमा विद्युतीय पानी ट्याङ्की राख्नको लागि एक लाख रुपैयाँ सहयोग गरेको थियो । यसबाहेक विद्यार्थी तथा गबिरलाई पनि विभिन्न शीर्षकमा सहयोग गरेको थियो ।

निवर्तमान अध्यक्ष मुक्तिराम पोख्रेलका अनुसार संस्थाले स्थापना कालदेखि मानवीय एवं परोपकारी कार्यहरू गर्दै आएको छ । कोभिड महामारी प्रभावितलाई राहत वितरण, यौन हिंसामा परेका बालबालिका तथा क्यान्सरपीडित र भूकम्पपीडितलाई सहयोगलगायतका काम यस संस्थाले गर्दै आएको छ । पोख्रेलका अनुसार यस अघि साढे ७ लाख रुपैयाँ बरावराको सिद्धार्थ महिला तथा वाल अस्पताल (आम्दा) लाई प्यासेन्ट मोनिटर प्रदान गरेको थियो । आइसियु कक्षमा भर्ना भई उपचाररत बिरामीको उपचारलाई सहज बनाउन प्यासेन्ट मोनिटर प्रदान गरिएको हो ।

यसबाहेक अनाथ आश्रममा रहेका फरक क्षमता तथा सीमान्त अनाथ तथा अपाङ्ग बालबालिकालाई शैक्षिक सामग्री, न्यानो कपडा वितरण, मानवीय तथा परोपकारी कार्यका लागि रक्तदान, अस्पताल तथा स्वास्थ्य सामग्री वितरणका साथै समय समयमा उत्प्रेरणामूलक काम पनि गरेको छ । रक्तदान कार्यक्रमलाई प्रभावकारी बनाउन यो समाज आयोजक र ‘फेडरेसन अफ नेप्लिज कम्युनिटी एसोसियशन अफ अष्ट्रेलिया’ (फेन्का) तथा ‘नेशनल ब्लड डोनर एसोसियशन (एनबिडीए)’ लाई सहआयोजक बनाउने गरिएको छ । फेन्का यहाँको पुरानो सस्था हो ।

अध्यक्ष दिवाकर काफ्लेका अनुसार जीवनउपयोगी ज्ञानमूलक सत्सङ्ग तथा साहित्यिक तथा सांस्कृतिक संरक्षणका लागि साहित्यिक साक्षरता कार्यक्रम पनि समयसमयमा गरिएको छ ।
पूर्वअध्यक्ष मुक्तिराम पोख्रेलका अनुसार अहिले सिड्नीमा मात्र रुपन्देहीबाट कम्तीमा १० हजारको संख्यामा भएको अनुमान गर्न सकिन्छ तथापि समयको व्यस्तताले भेटघाट गर्न सकिँदैन । तैपनि आवश्यक पर्दा यो संस्था छ भन्ने महसुस सबैलाई भएको छ । सञ्जालले हरेक दुईदुई वर्षमा नेतृत्व परिवर्तन गर्छ । हालसम्म राज खनाल, कृष्ण गैरे, ईश्वर पोख्रेल, मुक्तिराम पोख्रेल र दीवाकर काफ्लेले सञ्जालको नेतृत्व गरेका छन् ।

विशेष रूपमा, नेपालीहरू सिड्नीका प्रमुख उपनगरहरूजस्तै ग्रानभिल, स्ट्राथफिल्ड, रकडेल र क्याम्प्सीमा बसोबास गरिरहेका छन् । यहाँका नेपालीहरूले साना व्यवसायहरू संचालन गर्ने, सामाजिक संगठनहरूमार्फत सांस्कृतिक गतिविधिहरू गर्ने र नयाँ आउने नेपालीलाई सहयोग पु¥याउने गर्छन् ।
अवर्न र रकडेलमा सबैभन्दा धेरै नेपाली छन् । अष्ट्रेलियाको जनगणना (२०२१) अनुसार अवर्न अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको ठूलो संख्या रहेको क्षेत्र हो । त्यस्तै एयरपोर्टबाट नजिक पर्ने भएकोले रकडेल पहिलादेखि नै नेपालीको लागि प्रभावकारी ठाउँ हो । तर अहिले महंगीले गर्दा नयाँ आनेहरु सो ठाउँमा बस्न सक्दैनन् ।

रकडेल अंग्रेजीपछि दोस्रो बढी बोलिने नेपाली भाषीहरुको क्षेत्र हो । रकडेल र अवर्न नेपालीका लागि व्यापारिक केन्द्र पनि बनेको छ । सिड्नी बजारमा पनि नेपाली रेष्टुरेन्टहरु प्रसस्तै छन् । यहाँ नेपाली स्वादको ममः, चाउमिन, समोसा लोकप्रिय मानिन्छन् । रकडेल, अवर्न तथा आसपासमा नेपालीहरुले शैक्षिक परामर्शदाताका साथै मोर्टगेज एजेन्ट, माइग्रेसन एजेन्ट, ट्याक्स एजेन्ट र रियलस्टेट एजेन्टहरूको रुपमा पनि व्यावसाय गरेका छन् ।

त्यस्तै लेपिंगटनमा नेपाली संख्या बढ्दै गएको छ । हस्र्टभिलमा कुल जनसंख्याको १५.४ प्रतिशतले नेपाली भाषा बोल्छन् । स्ट्राथफिल्डमा जम्मा जनसंख्याको २.५ प्रतिशत नेपाली रहेको तथ्यांक पाइन्छ । क्याम्पसी, ग्रानभिल, बाडिया, ब्लाकटाउन, लिभरपुल क्षेत्रमा पनि नेपालीको बाक्लो बसोवास रहेको छ । लिभरपुलमा अझ धेरै भारतीयहरुको बसोबास छ । उनीहरुले पूजाआजा गरेर फूलपाती नदीमा सेलाउने परम्परालाई पनि जीवित राखेका छन् । अष्ट्रेलियामा नदी फोहर गर्न पाइँदैन । त्यसैले पितृ कार्य गरेर पिण्ड सेलाउन पनि पाइँदैन । तर लिभरपुलमा उनीहरुले विशेष व्यवस्था मिलाएका छन्, बुटवल नयाँगाउँका लक्ष्मण कँडेलको भनाइ छ ।

डियामा पनि उल्लेख्य मात्रामा नेपालीको संख्या छ । बस्ती पातलो भएपनि हरेक तीन वटा घरमा एउटा नेपालीको घर छ, लामो समयदेखि सोही क्षेत्रमा बसोबास गर्दै आएका कँडेलको भनाइ छ ।