बुटवल । देशकै प्रतिष्ठित सामुदायिक विद्यालयको रुपमा पहिचान बनाएको कालिका मानावज्ञान मावि ६४ औँ वर्षमा प्रवेश गरेको छ । ६४औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पुस २ गतेदेखि ७ गतेसम्म विद्यालयमा विभिन्न कार्यक्रम आयोजन गर्ने भएको छ । कालिका जिल्लास्तरीय रनिङ्गशिल्ड खेलकुद प्रतियोगीतासहित विविध सांस्कृतिक कार्यक्रम, साहित्यिक कार्यक्रम, प्रदर्शनी तथा खेलकुदका कार्यक्रम आयोजना गर्न लागिएको विद्यालयले जनाएको छ ।
विद्यालयले आयोजना गर्न लागिको विविध कार्यक्रमबारे बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी विद्यालयका प्रधानाध्यापक दिनेश थापाले वार्षिकउत्सव तथा अभिभावक दिवसको विविध कार्यक्रमबारे जानकारी गराएका हुन् ।
प्रधानाध्यापक थापाका अनुसार पुस २ गते बार्षिकउत्सव तथा अभिावक दिवस तथा जिल्लास्तरीय खेलकुद प्रतियोगीता सुरुवात हुने छन् । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा सांसाद लिला गिरीले कार्यक्रम सुभारम्भ गर्ने कार्यतालिका तय गरिएको छ ।
सोही दिन ६ हजार विद्यार्थीसहितको पिटी प्रदर्शन, आर्कषण कला प्रदर्शनी, खेलाडीहरुको झाँकी प्रदर्शनी, मार्चपाससहित कार्यक्रम समावेश गरिएको छ । पुस २ गते देखि ५ गतेसम्म जिल्लास्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता, कबड्डी प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता, छात्रछात्रा दौड प्रतियोगिता, रिले दौड, छाात्रछात्रा दौड प्रतियोगीतासमेत आयोजन हुनेछन् । पुस ४ गते शेरबहादुर गुरुङ्ग जिल्लास्तरीय कविता प्रतियोगिता र गायन तारा प्रतियोगिता आयोजना हुनेछन् ।
यस्तैगरी पुस ६ गते स्व.अरुण पौडेल स्मृति ५ हजार मिटर दौड प्रतियोगिता तथा विविध अक्षयकोष वितरण गर्ने कार्यक्रममा सभामुख तुलाराम घर्तीमगरको सहभागिता रहने प्रधानाध्यापक थापाले बताए । पुस ७ गते आयोजना हुने मूल समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको सहभागीता रहनेछ भने सोही दिन विज्ञान, प्रविधि तथा पुस्तक प्रदर्शनी गरिने छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले सबैको साथ र सहयोगबाट कालिकाले देशमै सर्वोच्चस्थान प्राप्त गर्न सफल भएको बताए । यसवर्षदेखि भलिबल, कबड्डी, एथलेटिक्स, दौडमा विजेता टिमलाई नगद पुरस्कारसँगै ट्रफी र मेडलसमेत प्रदान गरीने विद्यालयका खेल संयोजक तथा प्रशिक्षक हरिश ओलीले बताए । ०६७ सालदेखि नगरस्तरीय र ०७८ सालदेखि जिल्ला स्तरीय खेलकुद प्रतियोगिता सुरु गरेको विद्यालयले जिल्लाका सम्पूर्ण विद्यालयहरुलाई समेट्दै खेलको विकासमा थप टेवा पु¥याउँदै आएको छ ।