नारी एकताको १९ औं वार्षिक साधारण सभा

मेचीकाली संवाददाता

९ पुष २०८१, मंगलवार
17 shares

तुलसीराम पौडेल —

पश्चिम् अमवा, पौष ९ 

रुपन्देहीको सियारी गाउँपालिका -७ पश्चिम् अमवा स्थित नारी एकता महिला विकास बचत तथा ॠण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा हालै सम्पन्न भयो। सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले साधारण सभाको एक कार्यक्रमका बीच उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै पालिका अध्यक्ष घिमिरेले नारी एकता महिला विकास सहकारीको उत्पादन मुलक उत्कृष्ट कार्यबाट अन्य सहकारीहरुले शिक्षा लिनुपर्ने बताउनुभयो।

 कार्यक्रम संस्थाकि अध्यक्ष सरस्वती भट्टराईको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यता, सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुको विशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा सियारी गाउँपालिका वडा नम्बर -६ का अध्यक्ष शेरबहादुर गुरुङ ,समाजसेवी भवानी शंकर सापकोटा ,समीप बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष सुर्यनारायण यादव ,भृकुटी कृषि सहकारीका चन्द्रबहादुर जिसि ,उत्तम महिला कृषि सहकारीकि अध्यक्ष  बिष्णु मायादेवी  क्षेत्री, पश्चिम् अमवा खानेपानी तथा सरसफाइ संस्थाका सचीव केशव अधिकारी ,संस्थाका सल्लाहकार एवं जिल्ला सहकारी संघका सदस्य हुमाकान्ती भुर्तेल ,सल्लाहकार एवं पुर्व लेखा समिती संयोजक तुलसा शर्मा ,स्वालम्बन दुग्ध उत्पादक सहकारीका कोषाध्यक्ष तुलसा थापा क्षेत्री ,सियारी बचत तथा ॠण सहकारीका संचालक निर्मला घिमिरे लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

संस्थाका अध्यक्ष सरस्वती भट्टराईबाट वार्षिक प्रतिवेदन प्रस्तुत ,लेखासमिती संयोजक मिना वाग्लेको लेखाप्रतिवेदन प्रस्तुत ,संस्थाका उपाध्यक्ष सीता भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन संस्थाकि सचिव बिष्णु भट्टराईले गर्नुभएको थियोे ।