पाचौं सियारी शैक्षिक महोत्सव शुरु 

मेचीकाली संवाददाता

९ पुष २०८१, मंगलवार
69 shares

तुलसीराम पौडेल —

सियारी, पौष ९ 

रुपन्देही स्थित सियारी गाउँपालिकाको आयोजनामा पाचौं सियारी शैक्षिक महोत्सव तथा रास्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता  पब्लिक माविमा मंगलवारदेखी शुरु भयो ।पौष ९ गतेदेखि १२ गतेसम्म संचालन हुने पाचौं सियारी शैक्षिक महोत्सव तथा रास्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता  लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले एक कार्यक्रमक बीच उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै मन्त्री तिमिल्सिनाले शिक्षा क्षेत्र सुधारको लागि संबंधित सरोकारवाला सम्पूर्ण पक्षको सहयोग तथा सुझावको आवश्यक रहेकोे बताउनु भयो। लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीले शिक्षा विकासको लागि सबै दलको एउटै साझा धारणा हुनुपर्नेमा जोड दिनुभयो ।

सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको अध्यक्षता तथा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुको स्वागत मन्तव्य , सियारी गाउँपालिका शिक्षा शाखा प्रमुख सुधिर पौडेलबाट कार्यक्रमको उद्देश तथा जानकारी प्रस्तुत रहेको कार्यक्रममा सियारी गाउँपालिका पुर्व अध्यक्ष अयोध्या थारु ,शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधब बन्जाडे ,शिक्षक महासंघ लुम्बिनी प्रदेशका उपमहासचिव मथुरा प्रसाद यादव ,पब्लिक माविका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ ,प्रधानाध्यापक डिलाराम खनाल ,  ॠषिराम घिमिरे ,दलबहादुर श्रीस लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

पौष ९ गतेदेखि १२ गतेसम्म संचालन हुने शैक्षिक महोत्सवमा २५ वटा सामुदायिक विद्यालय ,६ संस्थागत र २ मदरसा गरि ३३ वटा विद्यालय सहभागी भएको आयोजकले बताएका छन् ।शैक्षिक महोत्सवमा साहित्यिक विद्या तर्फ चित्रकला प्रतियोगिता ,निबन्ध प्रतियोगिता ,नेपाली र अङ्ग्रेजी हस्त लेखन ,अङ्ग्रेजी हिज्जे ,वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता लगायतका कार्यक्रमहरु हुनेछन् भने खेलकुद तर्फ दौड प्रतियोगिता ,भलिबल ,कबड्डी,हाइजम्प ,लङ्गजम्प ,ज्याभलिङ्ग र गणितीय दौड हुनेछ ।

कार्यक्रमको संचालन पब्लिक माविका सहायक प्रधानाध्यापक ईन्द्र प्रसाद तिवारीले गर्नुभएको थियोे ।