सियारी बचतको १३ औं वार्षिक साधारण सभा तथा पाचौं अधिवेशन 

मेचीकाली संवाददाता

१४ पुष २०८१, आईतवार
174 shares

तुलसी राम पौडेल – 

सियारी, पौष १३ 

रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर -६ स्थित सियारी वचत तथा ॠण सहकारी संस्थाको १३ औं  वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न भयो ।सम्पन्न ५ औं अधिवेशनले पुनः बिक्रम भुज गुप्ताको अध्यक्षता नया कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ। सहकारीको उपाध्यक्षमा टिकाराम रानाभाट ,सचिव राजेन्द्र चौधरी ,कोषाध्यक्षमा धर्मेन्द्र थापा सर्वसम्मत भएका छन् ।त्यसै गरि सदस्यहरुमा चुरामणी रिजाल ,सुरेश बनिया,रमावती केवट ,जमुना रोकाहा,सवनम चौधरी सर्वसम्मत निर्वाचित भएका छन् ।संस्थाको लेखासमिती संयोजकमा धर्मराज यादव ,सदस्यहरुमा किशोर कुमार अहिर र गङ्गा चौधरी निर्वाचित भएका छन् । तुलशा शर्मा संयोजक तथा सदस्य मथुरा यादव र अर्जुन शर्मा रहेको निर्वाचन मण्डलद्वारा अधिवेशन सम्पन्न भएको हो।

कार्यक्रममा जेष्ठ नागरिक , असल बचत कर्ता र असल ॠणिलाई सम्मान गरिएको थियोे 

संस्थाका अध्यक्ष विक्रम भुज गुप्ताको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यता,संस्थाका उपाध्यक्ष टिकाराम रानाभाटको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार डासिनारायण रेग्मी ,शुद्दोधन बचत तथा ॠण  सहकारीका व्यवस्थापक सुमन घिमिरे ,समीप बचत तथा ॠण सहकारीका अध्यक्ष सुर्यनारायण यादव , सहकारीका सल्लाहकार तुलशा शर्मा ,मथुरा यादव ,बुद्धिराम हरिजन लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

संस्थाका अध्यक्ष विक्रम भुजबाट वार्षिक प्रतिवेदन प्रस्तुत,कोषाध्यक्ष ध्रमेन्द्र थापाबाट आर्थिक प्रतिवेदन प्रस्तुत ,लेखासमिती संयोजक धर्मराजबाट लेखा प्रतिवेदन प्रस्तुत रहेको कार्यक्रमको संचालन संस्थाका सचीव राजेन्द्र चौधरीले गर्नुभएको थियोे ।