सियारीको वडा नम्बर ५ को कार्यालयद्वारा जेष्ठ नागरिक र अपांगलाई बलाङ्केट वितरण

मेचीकाली संवाददाता

२२ पुष २०८१, सोमबार
647 shares

तुलसीराम पौडेल —

 सियारी, पौष २२ 

रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ५ को कार्यालय सिद्धपुरको आयोजनामा जेष्ठ नागरिक र अपांगहरुलाई  बलाङ्केट वितरण गरिएको छ। 

वडा कार्यालयले जेष्ठ  नागरिकहरु र अपांगलाई   एक कार्यक्रमका बीच बलाङ्केट वितरण गरेको हो।

सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले कार्यक्रमको उद्घाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले जेष्ठ नागरिकलाई सुविधा दिलाउनु आफ्नो दायित्व भएको बताउनु भयो । 

वडाभित्रका तिनसय जेष्ठ नागरिकलाई बलाङ्केट वितरण गरिएको वडा कार्यालयले जनाएको छ।

कार्यक्रम सियारी वडा नम्बर ५ का वडा अध्यक्ष धनपती खरेलको अध्यक्षता तथा सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यपालिका सदस्य अन्जु रोकाहको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन वडा सचीव चिरञ्जीवी अधिकारीले गर्नुभएको थियो ।