

तुलसीराम पौडेल
फर्साटिकर, पौष २५
रुपन्देहीको शुद्धोधन गाउँपालिका – ४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित शुद्धोधन गाउँपालिका १२ औं फर्साटिरकप प्रतियोगिता अन्तर्गत बिहीवार अभिशेक चर्च रजहर नवलपुर भर्सेस झरना स्पोर्ट्स क्लब कुन्जलापुर बीच प्रतियोगिता भएको थियो।
सम्पन्न प्रतियोगितामा अभिशेक चर्च रजहरले झरना स्पोर्ट्स क्लब कुन्जलापुरलाई शुन्यका विरुद्ध ३ गोलको अन्तरले पराजित गरि क्वाटरफाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न प्रतियोगिताको म्यान अफ द म्याच अभिशेक चर्च रजहरका खेलाडी जेनिश प्रजापति घोषित भए। प्रजापतिलाई म्यान अफ द म्याच पुरस्कार स्वरुप तीन हजार नगद प्रदान गरिएको थियोे ।
प्रतियोगिताको प्रथम पुरस्कार नगद ३ लाख ५ रुपैया ,कप मेडल प्रमाणपत्र दोस्रो पुरस्कार १ लाख ५० हजार ५ रुपैयाँ रहेको छ। त्यसै गरि सर्वाधिक गोलकर्ताको लागि नगद १० हजार पाच रुपैया ,उत्कृष्ट गोल रक्षकको लागि १० हजार ५रुपैयाँ ,उदयमान खेलाडिको लागि नगद ५ हजार रुपैया ,म्यान अफ द म्याच घोषित हुनेको लागि नगद ३ हजार रुपैया रहेको क्लबका सचिव बिष्णु प्रसाद पङ्गेनिले जानकारी दिनुभयो ।