शुद्धोधन फर्साटिकर कप जारीआयोजक फर्साटिकर युवा क्लब क्वाटर फाइनलमा

मेचीकाली संवाददाता

२७ पुष २०८१, शनिबार
317 shares


तुलसीराम पौडेल
फर्साटिकर, पौष २६
रुपन्देहीको शुद्धोधन गाउँपालिका – ४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित शुद्धोधन गाउँपालिका १२ औं फर्साटिरकप प्रतियोगिता अन्तर्गत शुक्रबार आयोजक फर्साटिकर युवा क्लब भर्सेस देवदह ब्वाइज र्बीच प्रतियोगिता भएको थियो।
सम्पन्न प्रतियोगितामा आयोजक फर्साटिकर युवा क्लबले देवदह ब्वाइजलाई १का विरुद्ध २ गोलको अन्तरले पराजित गरि क्वाटर फाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न प्रतियोगिताको म्यान अफ द म्याच फर्साटिकर युवा क्लबका खेलाडी अभि लामा घोषित भए। अभि लामालाई खेल संयोजक अकरम अलिले म्यान अफ द म्याच पुरस्कार स्वरुप तीन हजार नगद प्रदान गर्नुभयो।

प्रतियोगिताको प्रथम पुरस्कार नगद ३ लाख ५ रुपैया ,कप मेडल प्रमाणपत्र दोस्रो पुरस्कार १ लाख ५० हजार ५ रुपैयाँ रहेको छ। त्यसै गरि सर्वाधिक गोलकर्ताको लागि नगद १० हजार पाच रुपैया ,उत्कृष्ट गोल रक्षकको लागि १० हजार ५रुपैयाँ ,उदयमान खेलाडिको लागि नगद ५ हजार रुपैया ,म्यान अफ द म्याच घोषित हुनेको लागि नगद ३ हजार रुपैया रहेको क्लबका सचिव बिष्णु प्रसाद पङ्गेनिले जानकारी दिनुभयो ।