बुटवल, पुस २७ । बुटवल–११ देवीनगरस्थित तिनाउ इङलिस बोर्डिङ स्कूलमा खेल महोत्सव सुरू भएको छ । यस क्षेत्रको प्रतिष्ठित शैक्षिक संस्था तिनाउले विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रस्फूटन गराउने उद्देश्यले विगतका वर्षहरुमा जस्तै शुक्रबारदेखि ‘तिनाउ स्पोर्टर्स मिट’ सुरू गरेको हो । खेल महोत्सवको एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञमूर्ति पाण्डेले उद्घाटन गरे । सो अवसरमा बोल्दै पाण्डेले खेलकूदप्रति विद्यार्थीको रुचिलाई प्रगाढ बनाउदै खेलाडी विद्यार्थीहरुको लागि विद्यालयले अवसर प्रदान गर्दै आएको बताए । पुस २९ गतेसम्म चल्ने कार्यक्रममा विद्यालयका १ हजार ७०० विद्यार्थीले प्रतिष्पर्धामा सहभागीता जनाउने अध्यक्ष पाण्डे बताए ।
चार समूहमा विभाजन गरेर खेलाइने खेलमा ४२ वटा विद्या रहेको विद्यालयका अतिरिक्त क्रियाकलाप (इसिए इन्चार्ज) प्रमुख अग्निधर पोखरेलले जानकारी दिए । २८३ पदका लागि विद्यार्थीहरुबीच प्रतिष्पर्धा हुने पोखरेलको भनाइ छ । एथ्लेटिक्स प्रतिष्पर्धा एन्फा टेक्निकल सेन्टर देवीनगर भएको र अन्य खेलहरु विद्यालयमै राखिएको सह–प्राचार्य सुर्यप्रसाद पाण्डेले जानकारी दिए । विद्यालयका प्राचार्य सीता पाण्डेले विगतको स्प्रीडलाई जारी राख्दै विद्यालय अघि बढेको बताइन् । उनले आउदो माघमा विद्यालयले आफ्नो २५ औं वर्ष पार गरेको अवसरमा रजत महोत्सव मनाउने तयारीमा समेत जुटेको प्राचार्य सीता पाण्डेको भनाइ छ । विद्यालयमा १ हजार ८०० विद्यार्थी अध्ययनरत छन । तिनाउ बोर्डिङ स्कूलले नगर, जिल्ला र राष्ट्रिय स्तरका विभिन्न प्रतिष्पर्धामा आफूलाई अब्बल सावित गर्दै आइरहेको छ । विद्यालयका संयोजक नारायणप्रसाद पोखरेल र सिनियर खेल संयोजक जीवन आचार्य खेल महोत्सवलाई सफल बनाउन सबै जुटनुपर्ने बताए ।