लुम्बिनी सास्कृतिक नगरपालिकामा अनलाइनबाट नागरिकता सिफारिस

मेचीकाली संवाददाता

३ माघ २०८१, बिहीबार
928 shares


तुलसीराम पौडेल —
लुम्बिनी ,माघ ३

रुपन्देही स्थित लुम्बिनी सास्कृतिक नगरपालिका वडा नम्बर -२ मा नागरिकता प्रमाणपत्रको सिफारिस अनलाइन प्रविधिद्वारा बिहीबारदेखि सेवा शुरु गरिएको छ।लुम्बिनी सास्कृतिक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा नगरपालिका प्रवक्ता इनामुल्लाह फकिर र वडा सचिव पशुपति लम्सालले सेवा ग्राहिलाई अनलाइनबाट नागरिकता सिफारिस हस्तान्तरण गरि सेवा प्रारम्भ गरिएको हो। अनलाइनबाट नागरिकता सिफारिस सोझै संबंधित प्रशासन कार्यालयमा पठाइने त्यसैलाई प्रीन्ट गरेर एक प्रती सेवा ग्राहिलाई दिइने नगरपालिका प्रवक्ता तथा वडा नम्बर -२ का वडा अध्यक्ष इनामुल्लाह फकिरले बताउनु भयो ।यो प्रविधि सेवा बिस्तारै अन्य वडाहरुमा पनि लागू हुँदै जाने प्रबक्ता फकिरले बताउनु भयो ।