

तुलसीराम पौडेल —
लुम्बिनी ,माघ ३०
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा माघ २८ गतेदेखि सञ्चालित चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अन्तर्गत समापनको दिन बुधबार विभिन्न खेल हरु सम्पन्न सम्पन्न भएका थिए ।सम्पन्न हाइजम्प प्रतियोगिता अन्तर्गत छात्र तर्फ बलराम पुर मावि पहिलो, बुद्ध आदर्श मावि दोस्रो र मधुबनी मावि तेस्रो भएका भएका थिए। छात्रा प्रतियोगितामा खुदा बगर मावि पहिलो, बलरामपुर मावि दोस्रो र बुद्ध आदर्श मावि तेस्रो भएका थिए। सम्पन्न भलिबल प्रतियोगिताको छात्र अन्तर्गत मसिना बाबा मावि पहिलो, खुदा बगर मावि दोस्रो, तेनुवा मावि र बुद्ध आदर्श मावि तेस्रो भएका थिए। सम्पन्न कबड्डी प्रतियोगिता अन्तर्गत छात्र प्रतियोगितामा बुद्ध आदर्श मावि पहिलो, मसिना मावि दोस्रो, तेनुवा मावि र मधुबनी मावि तेस्रो भएका थिए। छात्रा प्रतियोगितामा आमा मावि पहिलो, बुद्ध आदर्श मावि दोस्रो, बलरामपुर मावि र अधियारी मावि तेस्रो भएका थिए। सम्पन्न रिले ४ ४०० मिटर दौड छात्र प्रतियोगितामा बुद्ध आदर्श मावि पहिलो, आमा मावि दोस्रो र बलरामपुर मावि तेस्रो भएका थिए । छात्रा प्रतियोगितामा बुद्ध आदर्श मावि पहिलो, आमा मावि दोस्रो र आधारभूत विद्यालय तेस्रो भएका थिए । सम्पन्न रिले ४१०० प्रतियोगिता अन्तर्गत छात्र प्रतियोगितामा बुद्ध आदर्श मावि पहिलो, खुदा बगर मावि दोस्रो र बलरामपुर मावि तेस्रो भएका थिए ।छात्रा प्रतियोगितामा बुद्ध आदर्श मावि पहिलो ,भगवानपुर र आमामावि दोस्रो र करुणा महिला विद्यालय तेस्रो भएका थिए ।माघ २८ देखि ३०गतेसम्म लुम्बिनीको वडा नम्बर -३ स्थित पडेरिया खेलमैदानमा संचालित चौथो रास्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा बुद्ध आदर्श मावी प्रथम हुन सफल भएको छ।बुद्ध आदर्श माविले ७ गोल्ड ८ सिलभर ७ ब्रोन्ज प्राप्त गरेको छ।त्यसै गरि आमा मावी ६ गोल्ड ३ सिलभर ३ ब्रोन्ज सहित दोस्रो स्थान हासिल गरेको छ। तेस्रो स्थान हुन सफल बलराम माविले ४ गोल्ड 2 सिलभर ६ ब्रोन्ज प्राप्त गरेको थियो ।