सहकारीबारे उठेका प्रश्न र वास्तविकता

मेचीकाली संवाददाता

२ फाल्गुन २०८१, शुक्रबार
118 shares

नारायण बेल्वासे

‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भनेजस्तै सहकारीलाई हेर्ने दृष्टिकोणअनुसार फरकफरक रूपमा देख्ने, लेख्ने र व्याख्या गर्ने गरेको पाइन्छ । इतिहासको लामो कालखण्डसम्म भिन्दाभिन्दै रूपले राष्ट्रका वारेमा पनि व्याख्या भए, पछिल्लो समयमा राष्ट्रका मुख्य तत्वका बारेमा, मार्कसवादी र गैर मार्कसवादी दुवै पक्षले एउटै परिभाषालाई स्वीकार गरेका छन् । दुवैले ‘साझा भू–भाग, साझा भाषा, साझा संस्कृति, साझा अर्थतन्त्र, जनता जनताबिचको मैत्रीपूर्ण सम्बन्ध हुुन’ भन्ने कुरा साझा रूपले स्वीकारेका छन् । अब क्रमशः आर्थिक मोडेलकाबारे पनि अनेक बिमर्सका बिच साझा अवधारणा विकसित हुँदै जानेक्रम सुरू भएको छ । संसारका १९४ देशको साझा चौतारी संयुक्त राष्ट्र संघले सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षको रूपमा मनाउन विश्वव्यापी रूपमा निर्देशित गर्नु, सन् २०२० को दशकलाई सहकारी दशकको रूपमा स्वीकार गर्नु र गर्न अरू राष्ट्रहरूलाई प्रेरित गर्नु, सामाजिक न्याय र उत्पादकत्व वृद्धिको योजनालाई समान ढंगले अघि बढाउन प्रेरित गर्नु साझा अवधारणा विकासको सूचक हो ।

संसारमा राज्य नियन्त्रित अर्थव्यवस्था र व्यक्ति नियन्त्रित मुक्त बजार अर्थतन्त्र दुवै स्वीकार्य नहुनु र असफल हुँदै जानु सहकारी अर्थ व्यवस्थाप्रतिको विश्वासको जग बलियो हुँदै जानु हो । विभिन्न अर्थ व्यवस्था अपनाउँदै अघि बढेका पूर्विय र पश्चिमा राष्ट्रहरूको अनुभवबाट सिक्ने क्रममा यो दृष्टिकोणले आधार प्राप्त गर्दै गएको हो । सिद्धान्तले कार्यको उद्देश्य पूर्ति गर्न निर्देशित गर्दछ । त्यसै आधारमा अघि बढ्दै गएको व्यवहारबाट आर्जित ज्ञानले उपयुक्त भए नभएको, सत्य भएको नभएको कसौटीको काम गर्दछ । भनिन्छ सिद्धान्तबिनाको ज्ञान अन्धो हुन्छ । व्यवहार बिनाको सिद्धान्त अपाङ्ग जस्तो हुन्छ । उक्त कुराले, सामाजिक न्यायको पक्षमा जोड दिँदा उत्पादकत्व वृद्धिको महत्व बिर्सिने, उत्पादकत्व वृद्धिको पक्षमा जोड दिदा सामाजिक न्यायको पक्ष बिर्सने प्रवृत्तिबाट मुक्त भएर सामाजिक न्याय र उत्पादकत्व वृद्धिलाई सँगसँगै लाने दिगो विकासका लक्ष्य प्राप्तिका लागि सहकारी मोडेल नै सवोत्कृष्ट पद्दति हो भन्ने कुरा पुष्टि भएको छ ।

सहकारी एउटा छुट्टै दर्शन, सिद्धान्त, मूल्य, मान्यता, आचरण र कार्यशैलीबाट संचालित सामाजिक व्यवसाय हो । यो अचानक, रातारात, जसरी पनि धनी हुन खोज्नेहरूको व्यवसाय होइन । यो समावेसी, समन्यायमा आधारित अनेकता विचको एकतालाई दरो जगहाल्ने क्रमसँगै क्रमशः विकसित हुँदै जाने सिद्धान्तमा आधारित व्यवसाय हो । यसैले नै सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गर्दै यसको मुख्य नारा पनि ‘सहकारीमार्फत समृद्ध विश्वको निर्माण’ भन्ने राखेको छ । विश्वमा अहिले ८ अर्ब जनतामा १ अर्ब ६४ करोड जनता गरिबीको मारमा छन् । यिनले दुई छाक खान पाउँदैनन्, जाडोमा लाउने लुगा हुँदैन, बस्ने घर हुँदैन । आँधी, हुण्डरी, सुनामी आउँदा सुरक्षित हुँदैनन् । उनीहरूसँग उत्पादनका साधन छैनन् । सीप, ज्ञान र क्षमता वृद्धि गर्ने शिक्षाको अवसरबाट बञ्चित छन् । आजको युगमा पनि बाटो बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारको अवसरबाट वञ्चित छन् ।

एकातिर यस्तो छ भने अर्कोतर्फ सम्पन्नताको शिखरमा पुगेका सीमित मानिसहरूलाई जति आर्जन गरेपनि अपुग भएर, जसरी पनि बढी मूनाफाका लागि जेसुकै गर्ने प्रवृत्ति हटेको÷घटेको छैन । यसले समाजमा असान्ति, अन्योल र द्वन्दको आधार बढि रहेको छ । आर्थिक गरिबी मात्र होइन मानवीय गरिबी पनि छदैछ । मान्छे मान्छेका बिच जातीय विभेद, क्षेत्रीय विभेद, छुवाछुत जस्ता अमानवीय व्यवहार समाजमा अझै बाँकी रहेको छ । आर्थिक गरीवी र मानवीय गरिबीबाट समाजलाई मुक्त गर्न सहकारी आर्थिक संरचना अघि बढाउन जरूरी छ ।
हामीले राजनीतिक लोकतन्त्र मात्र भन्छौं तर आर्थिक क्षेत्रमा लोकतान्त्रिकरण भएन भने राजनीतिक लोकतन्त्र सबैका लागि हुँदैन । सबैका लागि लोकतन्त्र भएन भने त्यो सधैंका लागि हुँदैन । सहकारी व्यवसायमार्फत समृद्ध नेपालको निर्माण गर्ने सपना पूरा गर्न सवल, सक्षम स्वच्छ सहकारी आधार अपरिहार्य हुन्छ ।

आर्थिक रूपले सवल बनाउन, सामाजिक रूपले पारस्परिक सम्मानको वातावरण निर्माण गरी हार्दिक बनाउन, सांस्कृतिक रूपले समुन्नत बनाउन, वातावरणीय रूपले मैत्री उत्पादन प्रणालीको विकास गर्न सहकारीे व्यवहारले सकारात्मक परिणाम निकाल्न सक्छ । तर सहकारीमा संलग्न भई सिद्धान्तविपरीत काम गर्ने केही संस्थाका व्यवहारले अरूले आज नेपालको सहकारी अभियान गम्भीर प्रश्न उठाउने ठाउँ पुगेको छ ।

अहिले सहकारी चर्चाको शिखरमा छ
अन्तर्राष्ट्रिय सहकारी वर्षमा संसार भर विभिन्न कार्यक्रमका साथ संचालन गरिदै छ भन्ने देशमा पनि राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, केन्द्रीय सहकारी संघहरु, जिल्ला संघ र प्रारम्भिक सहकारी संघहरूले आफ्नो क्षमताअनुसार अनेक कार्यक्रम सञ्चालन गर्ने योजना बनाउँदै छन् ।

तर बिडम्वना देश भर ३० हजारभन्दा अधिक सहकराी संघसंस्थाहरु सञ्चालन भैरहदा करिब ७३ लाख सक्रिय उमेर समूह सहकारीमा आबद्ध भइरहँदा सहकारी शिक्षाले औपचारी शिक्षामा जुन स्थान पाउनुपर्ने हो त्यो स्थानको कमीले गर्दा आजपनि सहकरीको आधारभूत शिक्षा नभएको जनसंख्या अत्याधिक रहेको छ जस्को परिणाम गलत मनसाय भएका व्यक्तिहरु हावी हँुदा नेपालको समग्र सहकारी अभियानमाथि गम्भिर पश्नहरु उठेका छन् । यी प्रश्नहरुको सही उत्तर तथा सहकारी अभियानको उपयोगीताको बारेमा आमरुपमा पुग्न सक्ने कुनै समन्य आजका दिनमा नरहेको यथाथता रहेको छ । जसले आम जनमानसमा सहकारीप्रतिको धारण विकासमा सन्तुल कायम नहुने हो कि भन्ने गहिरो प्रश्न हाम्रासामु देखापरेको छ । हुनत केही संस्थाहरुले सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय क्षेत्रमा, दीगो विकासका लागि गरेका कार्यहरु नमुना योग्य रहेका छन्, जसले निश्चित स्थानमा सहकारीप्रतिको अपनत्व राम्रो रहेको छ तर काठमाण्डौ उपत्यका, देशका अन्य सहर, बजार, सदरमुकाममा सञ्चालनमा रहेका सहकारी सञ्चालन गर्ने केही ब्यक्तिहरुको गलत व्यवहार र मनसायले समाजिक संचाल तथा सञ्चार माध्यमहरुमा सहकारीको बारेमा सकारात्मभन्दा पनि नकारात्मक सन्देहरु प्रकाशित प्रसारित भइरहेको छ । यो माहोललाई सकारात्मक गराउन नेपालको सहकारी अभियान गरेका राम्रा कार्यहरु उजागर गर्ने गरी दार्चुलादेखि ताप्लेजुङसम्म, सोलुखुम्बुदेखि कालिकोट, दैलेखसम्म, झापादेखि कञ्चनपुर, महाकालीपारी दोधाराचाँदनीसम्मका गाउँ बस्तीमा विभिन्न कार्यक्रमका गरी अन्तर्राष्ट्रिय सहकारी वर्ष बनाउन सकेमा केही सकारात्म सन्देह दिने देखन्छि । महोत्सव, सभा, ¥याली, प्रशिक्षण कार्यक्रम गोष्ठीहरू अधिकतम सञ्चालन गनुपर्ने आजको आवश्यकता देखा परेको छ । हजारौले रक्तदान, आँखादान, सरिरदान जस्ता समाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रमहरु सञ्चालन गर्न संघहरु सक्रिय हुनुपर्ने देखिन्छ । सहकारीमार्फत पुस्तकालय स्थापना, स्कुलहरुमा सहकारी शिक्षा, सहकराी विषयमा पत्रिका तथा पुस्तक प्रकाशन , विभिन्न खेलकूद प्रतियोगिता, सांस्कृतिक प्रतियोगिता, निवन्ध प्रतियोगिता आदि सञ्चालन गनुपर्ने छ । सहकारी जागरणका लागि बलपुग्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गनुपर्ने देखिन्छ । जिल्ला जिल्लामा सहकारीले व्यवसायिक क्षमता वृद्धि गर्न र सहकारीका आधारभूत मूल्य मान्यता, सिद्धान्तलाई व्यवहारमा उतार्न बल पुगेको गरी आधारभूत तहका व्यक्तिहरुलाई संलग्न गराई उद्यमशिलता विकासका कार्यक्रम सञ्चालन गनुपर्ने देखिन्छ । एफए, रेडियोबाट, टेलिभिजनबाट पत्रपत्रिकाबाट सहकारीको आवश्यकता, महत्व र व्यवसायिकताबारे प्रचारप्रसार गर्न सकियो सहकारी विषयमा सही विचार विमर्शहरु प्रस्तुत गर्न सकियो भन्ने बल धमिलिएको माहोल सही स्थानमा पु¥याउन सकिने छ ।
सहकारीप्रति विश्वास बढ्नु भनेको निजी लाभका लागि सिण्डिकेट प्रथा, कार्टेलिङ प्रथा, चर्को शोषणबाट रातारात धनी हुन खोज्नेहरूका लागि सहकारीप्रतिको बढ्दो विश्वास सैह्य हुनेछैन । सहकारीप्रतिको विश्वास घटाउने चिन्ता दूर गर्ने उपाय खोजिरहेका तत्वहरूले यिनलाई एउटा अवसरको रूपमा उपयोग गर्न खोजेको आभाष हुन्छ । हजारौ हजार संस्था भएको ठाउँमा एक दुई संस्थामा देखिएको, बेढंग, गल्ती र बदमासिलाई देखाएर सहकारीप्रति औंलो ठड्याउने र प्रश्न उठाउनेहरूप्रति हरेक सहकारीकर्मी सचेत र सजग हुनुपर्छ । गल्ती भए सच्याउनु पर्छ । विना गल्ती प्रश्न उठाएको भए यसवारे पारदर्सी ढंगले प्रस्तुत हुन सक्नु पर्दछ । आ–आफ्ना संस्था तथा संघको साधारण सभामै डाकेर आफ्नो अवस्थाबारे सार्वजनिक रूपमा जानकारी दिनुपर्छ ।

किन सहकारीबारे नकारात्मक प्रश्न उठ्ने गर्छ ?
सहकारी संस्था अथवा संघहरूद्वारा संचालन गरिने सेवा वा उत्पादन व्यवसाय सामाजिक न्याय र उत्पादकत्व वृद्धिसँगै अघि बढाउने सामाजिक व्यवसाय हो । हरेक सहकारीकर्मीहरूले सहकारीका सिद्धान्त, मूल्य, मान्यता, आचरण र कार्यशैली अपनाएर अघि बढ्नु यसको आधारभूत मान्यता हो । सहकारीबाट व्यक्तिगत लाभ लिने होइन । आफ्ना सदस्यहरूको आर्थिक, सामाजिक सांस्कृतिक विकासका लागि समर्पित भएर सहकारीमा लाग्ने हो । सहकारीका ७ सिद्धान्तलाई पालना गर्दै व्यवसायिक कुशलतासाथ अघि बढ्नु सबै सहकारी संस्था तथा संघहरूको दायित्व हो । आम जनतामा सहकारीप्रति विश्वास जगाउनु अहिलेको चुनौती हो ।
अहिले ३०००० भन्दा अधिक संस्थाहरू र ३०० वटा जिल्लास्तरीय संघहरू स्थापित भइसकेका छन् । तीनमा दुईलाख पचास हजारभन्दा बढी सञ्चालक, लेखा समिति सदस्य र व्यवस्थापकहरू सक्रिय छन् । यतिका सञ्चालक व्यवस्थापकमध्ये दुईचार सय संस्थाका केही व्यक्तिले गल्ती गर्दा, तिनले संस्थाका सदस्यहरूको हितअनुकूल काम नगर्दा, व्यापक आर्थिक विश्लेषण नगरिकन संस्थाको रकम परिचालन गर्दा, अनुत्पादक क्षेत्रमा विना विश्लेषण लगानी गर्दा समस्या उत्पन्न भएको हो । त्यस्तो समस्या उत्पन्न हुनेगरी कुनै पनि संस्थाले व्यवसाय गर्नु हुँदैन । तर केही संस्थाले गरेको गल्ती भन्दैमा सिधै सहकारी क्षेत्रप्रतिको अविश्वास उत्पन्न गर्ने गरी लेख्नु, प्रचार गर्नु, बदनाम गर्नु पनि उचित होइन ।
जनता महान् हुन् तर जनता भित्रकै केही व्यक्ति हत्यारा, बलात्कारी, अत्याचारी, व्यभिचारी भेटिन्छन् । त्यस्तो भेटिँदैमा सबै मानव समाजलाई खराब भन्न मिल्दैन । सहकारीले अनेकताबिचको एकता कायम गर्न शोषण उत्पीडन विभेद र अज्ञानताका कारण पछाडि परेका समुदायमा गरेको योगदान अतुलनीय छ । चर्को व्याज र अन्य प्रकारका शोषणमा परेका जनतालाई सहकारीमा आबद्ध भएपछि स्वाधिन नागरिकका रूपमा अघि बढ्ने आधार दिएको छ । यी सबै कुरा ओझेलमा पार्दै केहि सहकारीमा रहेका सञ्चालक÷व्यवस्थापकले गरेको खोटपूर्ण कार्यलाई देखाएर सहकारी आन्दोलनलाई बदनाम गर्न÷गराउन कोही मान्छे लागेका छन् ।
कतिपय संस्था स्थापना गर्दा खेरिनै सहकारी सिद्धान्त, मूल्य, मान्यतालाई आधार बनाएर होइन सहकारी आचरण विपरीत व्यवसाय गर्ने र सहकारीलाई बद्नाम गर्ने नियत राखेर नै सुरू गर्नेहरू पनि हुन सक्छन् । सहकारीभित्र आएर सहकारीकै बदनाम गराउन खोज्नेहरूको यथार्थ विषय उजागर गराउनु समाजको, राज्यको, पत्रकारको र सहकारीका अगुवाहरूको दायित्व हो ।
हाम्रो देशको वर्तमान अर्थतन्त्रमा अनेक खाले विकृतिहरू छन् । अनियमितता, भ्रष्टचार, तस्करी, अनुचित कमिशन, दादागिरी, दलाली, अनेक खाले अनुचित क्रियाकलापमा राज्यका महत्वपूर्ण अंगमा बसेका राजनीतिक र गैर राजनीतिक क्षेत्रका पहुँचवालाहरूको प्रोत्साहन छ । त्यस्ताहरूको प्रोत्साहन र टेवा पाएर सहकारीको छाहारी मुनी अनुचित क्रियाकलाप गर्ने र निजी लाभका लागि सदस्यको हितलाई कुल्चेर पैसा बटुली हिँड्ने, लुक्ने गरेका पनि हुन सक्छन् । यस्तालाई सहकारीको छाहारीमुनि घुसाएर सहकारीको बदनाम गराउने, सहकारी विरोधी तत्वको योजना पनि हुन सक्छ । यस्तो प्रक्रिया देशको समग्र अर्थतन्त्रको विकृतिको उपज हो । त्यस्तो अवस्थालाई पहिचान गरी सहकारीबाट अलग गर्न जरूरी छ । कुनै पनि विषयगत नछुटिने सहकारी संस्थालाई राज्यले दर्ता गरिदिने, कतिपय सञ्चालक तथा व्यवस्थापक अन्य क्षेत्रमा दागलागि यस क्षेत्रमा आएका, सहकारीको दर्शन मूल्य, मान्यता सिद्धान्त र आचरण बारे कुनै मतलब नराख्ने, सहकारी अभियानमा पनि सामेल नहुने, सामेल भए समस्या र बखेडा मात्रै सिर्जना गर्ने प्रवृत्तिका सहकारीहरूबाट यस्तो खालको समस्या सृजिएको बुझिन्छ । यस्तो स्थिति सृजनाकर्ताहरूको पहुँच सहकारीका सम्बन्धित निकायमा नभई राज्यका महत्पूर्ण अंगमा हुने गरेको देखिन्छ । यस्ता प्रवृत्तिलाई सहकारीका हिमायती सहकारीकर्मीले मौकामै पहिचान गरी सतर्क हुन जरूरी छ । बोराभरीको आलुमा एउटा मात्र कुहे पनि सबै आलु बिग्रिने जस्तै सम्पूर्ण आन्दोलनलाई विकृत पार्न वेर लाग्दैन ।
राज्यले पनि सहकारीलाई सबल, सक्षम र प्रभावकारी बनाउन औपचारिक शिक्षामा समावेस ब्यापक रुपमा सहकरी शिक्षा तालिम प्रशिक्षणमा प्रोत्साहन गर्न प्रस्तावित सहकारी नीति, त्यसैअनुरूप नीति कार्यक्रम र बजेट व्यवस्था गरेर कार्य अघि बढाएको खण्डमा सहकारी क्षेत्रका समस्या न्यून गर्न र समाधन गर्न सकिन्छ । यसका लागि सहकारी आन्दोलनका सबै तहका जिम्मेवार व्यक्ति तथा संघ÷संस्थाहरू लागिपर्न जरूरी छ ।
नेपालको सहकारी आन्दोलन देशभित्र र देशबाहिर समेत चर्चाको सिखरमा पुगेका बेला, गाउँ गाउँमा जागरण अभियान सञ्चालन भएका बेला, सहकारीले गति लिन थालेकै बेला, सहकारी मननपराउनेहरू अताल्लिएर केही संस्थाका कमजोरी, गल्ती र बेइमानीलाई आधार बनाएर सहकारीविरूद्ध जनतामा भ्रम सृजना गर्न खोज्दैछन् । यस्तो अवस्थामा सबै सहकारीकर्मीहरू, सहकारीको आधारभूत सिद्धान्तका आधारमा दृढतापूर्वक उभिई संस्था तथा संघहरूमा कुनै खोट आउन नदिन सशक्त ढंगले अघि बढ्नु जरूरी छ । सहकारी संरचनाले राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता र लोकतान्त्रिक आधार सबल बनाउने हुँदा, यस्तो मननपराउनेहरूले पनि सहकारीको बिरोध गर्छन् । सामाजिक न्याय र उत्पादकत्व वृद्धिलाई सँगै अघि बढाउने नीति मन नपराउनेहरू पनि सहकारीकाविरूद्ध लाग्न सक्छन् । यी सबै कुरामा ख्याल गर्दै देशभरिका लाखौ सहकारीकर्मीले स्वच्छ पवित्र भावनाका साथ सहकारी अभियानको सुदृढीकरण गर्न जरूरी छ । सम्पूर्ण सहकारीकर्मीहरूका अगुवाहरू शिर ठाडो पारेर दृढतापूर्वक अघि बढ्न र सहकारी संघ÷संस्थालाई सबल, सक्षम र स्वच्छ ढंगले विकास गर्न दृढतापूर्वक लागेर सहकारी विरूद्ध उभिनेहरूलाई निस्तेज पार्नका लागि वुद्धिविवेक र क्षमता बिस्तार गर्दै पारस्परिक अनुभव आदान प्रदान गर्न जरूरी छ । हरेक व्यक्ति तथा संस्थाहरूले यो अप्ठेरो अवस्थालाई धैर्यतासाथ सामना गर्न सैद्धान्तिक तथा वैचारिक रूपले सशक्त ढंगले उभिन आवश्यक छ । जसका लागि हामी निम्नअनुसार कार्य गर्न सक्दछौं ।

१) सहकारी एउटा छुट्टै दर्शन, सिद्धान्त, मूल्य, मान्यता, आचरण र कार्यशैलीबाट सञ्चालित सामाजिक व्यवसाय हो । तसर्थ यसको आम जनमानसमा सही शिक्षाको अभावमा केही गलत मनसाय भएका व्यक्तिहरुको प्रवेशले समस्या सृजना भएकोले औपचारिक शिक्षामा सहकारी प्रवेश गराउन पहल गर्ने ।
२) सहकारी क्षेत्रको पर्न संरचना गरी क. उपभोक्ता सहकारी ख. उत्पादन सहकरी ग.श्रमिक सहकारी घ. वित्तीय सहकरीमा वर्गीकरण गरी सोअनुसारको छुट्टाछुट्टै ऐनको व्यवस्था गर्ने ।
३. सदस्यहरुको गुणस्तरी सामान उपभोग र सही मूल्यमा समानको उपलब्धताको लागि उपभोक्ता सहकारी बिकास र बिस्तारमा राज्य सहयोग अभियानले ऐक्यवद्धता सृजना गरी सदस्य माझ मात्र वस्तु तथा सेवा उपलब्ध गराउने उपभोक्ता सहकारीको विकास गराउने ।
४. उत्पादन गर्ने किसानले सही मुल्य पाउनको लागि उत्पादन गरेको सामग्री सहकारीमा मात्र बेचबिखन गर्ने नियम कानुनको व्यवस्था गरी लागत मुल्काको आधारमा कृषि उत्पादनको मुल्य कायम गर्ने र अधिक उत्पादन गर्ने कृषक सदस्यलाई प्रोसाहन हुने गरी भएको नाफा तथा राज्यको सहयोग उपलब्ध गराउने व्यवस्था गराउन पहल गर्ने ।
५. भौतिक पुर्वाधार निमार्ण, काष्ठ कला, मुत्तिकला तथा अन्य वस्तुहरु समूह रुपमा उत्पानदन गर्न चाहाने श्रमिकहरुको श्रमिक सहकारीको गठन गरी रोजगारी तथा वस्तु तथा सेवाको गरिको प्रत्याभूति पालिकाहरुबाट गराउने ।
६.वित्तीय कारोवार गर्ने सहकारीहरुलाई नेपाल राष्ट्र बैंक र राष्ट्रि सहकारी नियमन प्राधिकरणबाट न्यून्तम मापदण्ड कायम गराई वित्तीय करोबार गर्न दिने साथै हरेक कारोबार जानकारी राज्यलाई हुने गरी व्यवस्था गर्न अभियानले अनावश्यक अड्को नथापि आम जनमानसको शेयर बचतबापत संकलन गरेको रकम तोकिएको मपदण्डभित्र रही गनुपर्दछ भन्नेमा सबैको एकमत कायम गराउनु पहल गर्ने ।

अतः तोकिएअनुसारका जम्मा चार प्रकारका केन्द्रिय संघहरु सोका प्रदेश कार्यलय तथा जिल्ला कार्यलयहरु निमार्ण गरी सबैको अभिभावक संघ राष्ट्रिय सहकारी महासंघ र वित्तीय सेवा प्रदान गर्ने निकाय राष्ट्रिय सहकारी बैंकलाई निमार्ण गर्न सकिएमा देखिएका समस्याहरु बिस्तारै व्यवस्थापन हँुदै जानेछन् नत्र मेरो गोरुको बाहै्र टका भन्ने हो भन्ने आगामी दिनहरु नेपालको सहकारी अभियानको लागि झन कठीन हुने सम्भावनाका केही संकेतहरु देखिएमा छन् तर यो अन्तर्राष्ट्रिय सहकरी वर्ष २०२५ दे सबैलाई सद्बुद्धि दिई सही दिशामा नेपालको सहकरी अभियान बढ्नेमा आशावादी रहेको छु । (लेखकः राष्ट्रिय सहकारी बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख हुन् ।)