लुम्बिनीमा पाठेघरको क्यान्सर विरुद्ध खोप एचपीभी अभियान सुरु।

मेचीकाली संवाददाता

१ फाल्गुन २०८१, बिहीबार
329 shares

 तुलसीराम पौडेल—–

 लुम्बिनी फागुन १ 

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा पाठेघरको क्यान्सर विरुद्ध (HPV) खोप अभियान बिहीबारदेखि सुरु भयो। लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दिन मुसलमानले एक कार्यक्रमका बीच खोप अभियान सुरु गर्नुभयो। नगर प्रमुख सजरुद्दिन  मुसलमानले स्वास्थ्यकर्मीलाई खोप र खोप सामग्री हस्तान्तरण गरी खोप कार्यक्रम सुरु गर्नुभएको हो। लुम्बिनी सांस्कृतिक नगरपालिकाका विद्यालय जाने कक्षा ६देखि १० सम्मका १२९५ किशोरीहरू र विद्यालय नजाने १० वर्षदेखि १४ वर्ष उमेरसम्मका १८ जना किशोरीहरू गरी कुल १३१३ जना लाई बिहीबार खोप लगाइयो। खोप कार्यक्रम फागुन १ गतेदेखि ६ गतेसम्म १३ वटै वडामा र अन्तिम दिन १२ वटा स्वास्थ्य संस्था मार्फत खोप सञ्चालन हुने नगर स्वास्थ्य शाखा प्रमुख धुर्व घिमिरेले जानकारी दिनुभयो।