चैतन्य एकेडमी बुटवलले गर्यो सरसफाई

मेचीकाली संवाददाता

३ फाल्गुन २०८१, शनिबार
134 shares

फाल्गुन २, बुटवल ्र
नेपालमा लोकसेवा तयारीमा पृथक पहिचान बनाउन सफल चैतन्य एकेडेमि नेपाललको बुटवल शाखाले लोकसेवा बैंकिङ्ग सेवा र शिक्षा सेवाको तयारीमा रहेका विद्यार्थी, प्रशिक्षक र कर्मचारीहरुको सहभागितामा सरसफाई कार्यलाई सम्पन्न गरेको गर्यो।
चैतन्य एकेडमी नेपालको ११औं वार्षिकोत्सवको अवसरमा सम्पन्न भएको बुटवल शाखा प्रमुख दीपक ढकालले जानकारी गराउनुभयो।
यसैगरी संस्थाले अध्ययन अध्यापन कार्य मात्र नगरि सामाजिक र सिर्जनात्मक कार्यहरु गर्दै आएको एकेडमिका संस्थागत अध्यक्ष गणेश प्रसाद जोशीले बताउनुभयो। यस क्रममा एकेडेमिको स्थापनाको पूर्व सन्ध्यामा काठमाडौंमा रक्तदान, धनगढीमा रहेको चैतन्य पाठशालामा निःशुल्क रक्तदान, विशिष्ट व्यक्तिलाई सम्मान लगायत लोक संस्कृतिक कार्यक्रम सम्पन्न गरिरहेको जोशीले बताउनु भयो।

देविनगर चौतारी नजिकका क्षेत्रमा भएको सरसफाईमा ६० जना सहभागी हुनुभएको थियो। प्लास्टिकजन्य कागज र सिसालगायतको ८० केजी फोहोर संकलन भएको दीपक ढकालले बताउनुभयो।

एकेडेमीले हालसम्म हजारौ व्यक्तिलाई निजामती, बैंकिङ्ग, शिक्षा, प्राविधिक क्षेत्रमा प्रवेश गराउन सफल भइसकेको छ। शिक्षा, प्रकाशन, खेलकुद जस्ताव क्षेत्रामा कार्य गर्दै आएको एकेडेमिले सामाजिक कार्य अन्तर्गत विकट ग्रामीण क्षेत्रमा गई कम्प्युटर लगायत शैक्षिक सामग्री पनि वितरण गर्दै आइरहेको छ।