एथरको ईलेक्ट्रिक स्कुटर बुटवलमा विक्री सुरु

मेचीकाली संवाददाता

४ फाल्गुन २०८१, आईतवार
72 shares

बुटवल । नेपालमा विगत एकवर्ष देखि ईलेक्ट्रिक स्कुटरको विक्री सुरु गरेको एथर स्कुटरले बुटवलमा पनि आधिकारिक रुपमा विक्री सुरु गरेको छ । यसअघि काठमाण्डौं, ललितपुर, भक्तपुर, चितवन र पोखरा गरि पांच स्थानमा शोरुम संचालन गरेको एथरले छैठौं शोरुम बुटवलको कालिकानगरमा संचालनमा ल्याएको हो ।

आईतबार शोरुमको शुभारम्भ गर्दै पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले सवारी साधनका विक्रेताहरुले अब साधन विक्रि गर्ने मात्र नभई यात्रुहरुको यात्रालाई सुरक्षित बनाउनेतर्फ पनि ध्यान दिनुपर्ने बताए । खरेलले पछिल्लो समय दुईपांग्रे सवारीसाधनको दुर्घटना र त्यसबाट हुने मृत्युको संख्या उच्च रहेको भन्दै क्याम्पस जाने युवाहरुलाई हलुका साधन ल्याउन सुझाव दिए ।

एथरका बुटवल शाखा प्रमुख प्रदिप अधिकारीले एथरले अत्याधुनिक प्रविधि र ग्राहकहरुको सहजतालाई ध्यानमा राखेर दुईवटा ब्राण्डका ईलेक्ट्रिक स्कुटर बजारमा ल्याएको बताए। एथर ४५० एस र एथर ४५० एक्स गरि तिनवटा ब्राण्डका स्कुटर बजारमा ल्याएको अधिकारीले बताए ।

स्कुटरमा पार्किङ असिष्ट, अटो होल्ड, टचस्क्रिन, फल सेफ जस्ता प्रविधि रहेको तथानेपालमा फास्ट चार्जिङ प्रविधि सहज बनाउन विभिन्न स्थानमा २० वटा फास्ट चार्जिङ स्टेशन स्थापना गरेको कम्पनीले जनाएको छ । बुटवल शाखामा फास्ट चार्जिङ सेवा सहित मर्मत सेवा, स्पेयर पार्टस् र एक्सेसोरिजको समेत सुविधा रहेको अधिकारीले बताए ।