अन्नपूर्ण सहकारीद्धारा धुप बनाउने तालिम सम्पन्न

मेचीकाली संवाददाता

४ फाल्गुन २०८१, आईतवार
154 shares

बुटवल । बुटवल–७ दिपनगरस्थित अन्नपुर्ण बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा बाटेको धुप बनाउने तालिम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बालकृष्ण बस्यालले सहकारीले बचत गर्ने र ऋण प्रदान गर्ने काम मात्र नगरेर शेयर सदस्यलाई सिप सिकाएर आत्मनिर्भर बनाउँदै व्यवसायीक बनाउने उद्देश्यले दुई दिने तालिम आयोजना गरीएको बताए ।

तालिममा २५ जना सदस्य सहभागी भएको संस्थाका सचिव खिमराज ज्ञवालीले जानकारी दिए । मोवाईल चलाउने समयमा मात्रै पनि धुप बनाउन सकियो भने मासिक १५÷२० हजार रुपैयाँ आम्दानी गर्न सकिने उनले बताए । तालिममा सहभागि सदस्यलाई आफुले सिकेको सिपलाई निरन्तरता दिन आग्रह गरे ।

तालिममा शिक्षा समिति सदस्य मधुमाया सापकोटा (सिमा)ले तालिम प्रदान गरेकी थिइन् । तालिममा सहभागी सदस्यहरुले तालिम प्रभावकारी भएको बताउँदै खुसी व्यक्त गरे । तालिममा सहभागी सदस्यहरुलाई संथाकी उपाध्यक्ष तिलकुमारि पाण्डे (शोभा) ले प्रमाण पत्र प्रदान गरेकी थिइन् ।

शिक्षा समिति संयोजक सीता थापाको अध्यक्षता तथा शिक्षा समिति सदस्य गोकर्णराज गिरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।