

तुलसीराम पौडेल।
शुद्धोधन ,फाल्गुन ७
राइजिङ अंग्रेजी निजी विद्यालय संगठन रेप्सा रूपन्देहीको आयोजनामा रेप्सा महोत्सव बुधबारदेखि सुरु भएको छ। बुटवल वडा नम्बर १८ का वडा अध्यक्ष गुरुप्रसाद पंगेनीले महोत्सवको उद्घाटन गर्नुभयो। बुधबार सम्पन्न म्याराथुन दौडमा फर्सा टिकर सिद्धार्थ इङ्लिस बोर्डिङ स्कुल प्रथम भएको छ। त्यसैगरी नेपाल एभरग्रीन इङलिस स्कुल दोस्रो र शुद्धोधन इङ्लिस स्कुल तेस्रो भएको छ। कक्षा १ देखि ५ सम्मको १०० मिटर दौड छात्रतर्फ युनाइटेड पहिलो, गणेश ज्ञान ज्योति दोस्रो र रोज बर्ड तेस्रो भएको छ। छात्रा १०० मिटर दौडतर्फ फर्साटिकर सिद्धार्थ पहिलो, तिलोत्तमा अंग्रेजी दोस्रो र नेपाल एभरग्रीन तेस्रो भएको छ। कक्षा ६ देखि ८ सम्मको १०० मिटर दौड छात्रतर्फ देवसिद्ध पहिलो, भुजौली इङलिस दोस्रो र युनाइटेड तेस्रो भएको छ। छात्रा १०० मिटर दौडतर्फ रोज बर्ड पहिलो युनाइटेड दोस्रो र ज्ञानपुञ्ज तेस्रो भएको छ। कक्षा १ देखि ५ सम्म लङ जम छात्रतर्फ युनाइटेड पहिलो, तिलोत्तमा दोस्रो र गणेश ज्ञान ज्योति तेस्रो भएका छ। छात्रातर्फ फर्सा टिकर सिद्धार्थ पहिलो, युनाइटेड दोस्रो र रोजबर्ड तेस्रो भएको छ। कक्षा ९ देखि १० सम्म ज्याब्लिङ थ्रो छात्रातर्फ तिलोतामा पहिलो, संस्कार दोस्रो र गणेश ज्ञान ज्योति तेस्रो भएको छ। कक्षा ९ देखि १० सम्म शटपुट प्रतियोगिता छात्रातर्फ रोजबर्ड पहिलो, संस्कार दोस्रो र तिलोत्तमा तेस्रो भएको छ। रेप्सा महोत्सव शुक्रबार सम्पन्न हुने आयोजकले बताएका छन्।