रेप्सा महोत्सवको दोस्रो दिन बिहीबार विभिन्न प्रतियोगिता

मेचीकाली संवाददाता

९ फाल्गुन २०८१, शुक्रबार
60 shares

तुलसीराम पौडेल 

शुद्दोधन,फाल्गुन ८ 

राइजिङ्ग अङ्ग्रेजी निजि विद्यालय संगठन रेप्सा रुपन्देहीको आयोजनामा संचालित रेप्सा महोत्सवको दोस्रो दिन बिहीबार विभिन्न खेल प्रतियोगिताहरु सम्पन्न भएका छन् ।कक्षा ६ देखि ८ सम्म ४x१०० मिटर दौड छात्र तर्फ भएको प्रतियोगितामा भुजौली इङलिस स्कुल पहिलो ,संंस्काका  इङलिस स्कुल दोस्रो र भुजौली इङलिस स्कुल तेस्रो भएका छन् ।

कक्षा ९देखि १० सम्म ४x१०० मिटर दौड छात्र प्रतियोगितामा देवसिद्द इङलिस स्कुल पहिलो ,रोजवड एकेडेमी दोस्रो र फर्साटिकर सिद्दार्थ इङलिस स्कुल तेस्रो भएका छन् ।

कक्षा ९ देखि १० सम्म ज्याभलिङ्ग थ्रो छात्र तर्फ भएको प्रतियोगितामा देवसिद्द पहिलो ,रोजवड दोस्रो र तिलोत्तमा इङलिस स्कुल तेस्रो भएका छन् ।

कक्षा ९ देखि १० सम्म शटपुट छात्र तर्फ भएको प्रतियोगितामा सन्तज्योती पहिलो ,देवसिद्द दोस्रो र तिलोत्तमा तेस्रो भएका छन् ।

शिक्षक तर्फ भएको ब्याडमिन्टन प्रतियोगितामा ज्ञानपुन्ज पहिलो ,तिलोत्तमा दोस्रो  , रोजबड र एभरग्रीन तेस्रो भएका छन् ।

शुक्रबार बिबिध प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सहित रेप्सा महोत्सव समापन हुने आयोजकले बताएका छन् ।