लुम्बिनीमा निशुल्क आँखा शिविर सम्पन्न

मेचीकाली संवाददाता

११ फाल्गुन २०८१, आईतवार
63 shares

तुलसीराम पौडेल –

लुम्बिनी ,फाल्गुन १० 

 रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर – २ मा निशुल्क आँखा शिविर सम्पन्न भएको छ।लुम्बिनी हेल्प फाउन्डेसन वडा नम्बर -१ को आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ को आर्थिक सहयोगमा निशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

सम्पन्न आँखा शिविर कार्यक्रममा ३०० जना वडावासिहरुलाई जाच गरि ड्रोप र चस्मा उपलब्ध गराइएको लुम्बिनी सांस्कृतिक नगरपालिका प्रवक्ता एवं वडा नम्बर २ का वडा अध्यक्ष इनामुल्लाह फकिरले जानकारी दिनुभयो । लुम्बिनी हेल्थ फाउन्डेसनका अध्यक्ष मनोज कुमार मिश्राको अध्यक्षता, नगर प्रवक्ता तथा वाड नम्बर २ का अध्यक्ष इनामुल्लाहको प्रमुख आतिथ्यता,लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रोफेसर गजेन्द्र गुप्ताको विशिस्ट आतिथ्यता, वडा सदस्यहरुको आतिथ्यतामा आँखा शिविर कार्यक्रम सम्पन्न भएको हो ।