भगवान् शिव

मेचीकाली संवाददाता

१४ फाल्गुन २०८१, बुधबार
27 shares

धनपती कोइराला

शिवअर्थात् महादेवका सन्दर्भमा अरु के सोच्छन् त्यो मैले भन्न सक्ने कुरै होइन तर म भने आप्तवाक्यकै पक्षमा छु । यिनकै फेरो समाएर केही भनौँ भन्नेमा छु । आप्त भन्छन्, ‘शिव अर्थात् कल्याण, आनन्द आदि इत्यादि ।’ शुक्लयजुर्वेदीय शिवसूक्त, उपनिषद्, शिवपुराणहरु भन्छन्, ‘शिव आदि, अनादि, अनन्त, परब्रह्म, अव्याख्येय, अवर्णनीय र अनिर्वचनीय’ आदि इत्यादि’ । यसैले नेतिनेति भन्दै पन्छिन्छन् उनीहरु पनि ।

केही पौरस्त्य ग्रन्थहरुको अनुशीलन पछि मलाई शिव आप्mनो युगका निष्पक्ष र शक्तिशाली रहेको हुनुपर्छ भन्ने लाग्यो । जुन व्यक्तित्व सत्य र कल्याणमा पल्लवित र पुष्पित भएको पाएँ । हुन पनि उनी त्यसै भएका होइनन् महादेव । किनकि प्रकृतिलाई नै उनले सधैैं ठाने आप्mनो घर । कैलाश श्रेणीस्थित ओढारलाई सधैंँ बनाए आवास र तपस्थल । त्यहीँ बसे खुशीसाथ सपरिवार । कन्दमूल र फलपूmलबाटै गरे पेटपालो र यसैमा चित्त बुझाए पनि । कहिल्यै चौरासी व्यञ्जनको आस्वादन गर्ने चाह राखेनन् उनले । मृगाम्बर र बाघाम्बरमै सन्तुष्ट रहे उनी । सरल र सज्जनका निम्ति दिए चन्द्रमाजस्तो शीतलता र पवित्रता । यसको प्रतीकका रुपमा चन्द्रमा धारण गरे उनले । छली, दुष्ट र पापीहरुका निम्ति वमन गरे अग्नि र दिए कठोर दण्ड । यसको प्रतीकका रुपमा निधारका बीचमा धारण गरे अग्नि समान नेत्र । प्रकृतिका जलचर उभयचर र नभचर सबैलाई दिए उत्तिकै माया । नागको लगाए माला । उनलाई अतिशय प्रिय लाग्थे बाघ, सिंह, हात्ती आदि वन्यजन्तु, सर्प, गोही, माछा आदि जलचर र मयूर, डाँफे मुनाल आदि पन्छीहरु । झर्ना र नदीहरुलाई पनि माया गर्थे उत्तिकै र आफ्नो शिरमा दिए स्थान ।

कति सरल थिए उनी । जे शिक्षा दिनुपरे पनि आफ्नै जीवनमा प्रयोग गरेर मात्र दिन्थे । सच्चा मन भएकाले हृदयले उनको व्यवहारलाई अनुसरण गथ्र्यो । नलिनेले नानाथरी खोट देखाएर मुख बङ्ग्याउँथ्यो । कति निश्छल र सरल लाग्छ उनले प्रकृतिप्रति गरेको स्नेह । उनी मानव हुन् वा देवता, हरेकसँग भनिरहन्थे ‘‘आमारुपी प्रकृति रहे नै जगत् रहन्छ, सृष्टि रहन्छ र हामी र हाम्रो आगत पनि रहन्छ, यसैले हरेकले प्रकृतिलाई माया गर्नुपर्छ र यसैलाई जीवन सम्झनुपर्छ’’
एक्लो नर र एक्ली नारी सदा अपूर्ण हुन्छन् भन्ने उनको सिद्धान्त थियो । आफ्ना पतिको अतिशय अपमान गरिदा पत्नी सतीले पिताको यज्ञमा देहत्याग गर्छिन् यज्ञ र त्यसमा सतीले देहत्याग गरेपछि उनी गहिरो शोकमा डुबे र एक्लोपन उनलाई प्रलयान्त वेदनायुक्त भयो । एक्लो जीवन अधुरो र अपुरो लाग्यो उनलाई । यसर्थ यसबाट बाहिर आउन उनी समाधिमा निमग्न रहे । उनी सतीको पुनर्जीवन नहुँदासम्म प्रतीक्षारत रहे ।

शिव नरनारी परस्पर परिपूरक मात्र होइनन् समान पनि हुन् भन्ने आदर्श पनि राख्थे । अद्र्धनारीश्वरको रुप धारण गरेर उनले दिए यसको स्पष्ट सन्देश । नारी अर्थात् प्रकृतिविना पुरूषको अस्तित्व निरर्थक हुने र पुरूषत्वको अभावमा नारीत्व पनि अंकुराउन नसक्ने यथार्थलाई पनि देखाए उनले । नारीको महङ्खव दर्शाउन उनले सतीको अङ्ग पतन भएका स्थललाई शक्तिपीठमा गरे रुपान्तरण । यस्तो उनको पत्नीप्रेम अनुपम छ र युगौँयुगका लागि पनि छ उदाहरणीय ।

मलाई लाग्छ पारिस्थितिक प्रणालीलाई उनी बराबर कसैले सम्झिन सकेनन् र सन्तुलित राख्नमा पनि उनीसरह भूमिका खेल्न सकेनन् कसैले । सुर–असुर र मानवहरुका बीचमा पनि कहिल्यै राखेनन् भेदभाव । सबैलाई बराबरी माया र आशीर्वाद दिए तर दुर्भाग्य तारकासुर, रावण, भष्मासुरहरुले गरे त्यसको चरम दुरुपयोग तापनि उनले देवता र मानवलाई झैं असुरलाई पनि दिइरहे माया । उनीहरुमा बनाइरहे आफ्नो कृपापूर्ण दृष्टि । कार्तिकेय पुत्रमार्फत देवतामा परेको टारे महासङ्कट । इन्द्रका पतित व्यवहार र कुण्ठालाई सही मार्गमा ल्याउन पनि उनले कैयौँ पटक गरिरहे प्रयत्न ।
तारकासुरलाई वधगर्न सक्षम पुत्र कार्तिकेय थिए स्वर्गको राजतिलकका हकदार । छोरालाई राजा बनाउन सकिने सहज थियो परिस्थिति त्यसबेला तर आप्mना छोरालाई सम्झाए, बुझाए र मनाए अनि स्वर्गको राजा इन्द्रलाई नै बन्ने वातावरण निर्माण गरे उनले । पुत्रमोहमा परेनन् उनी । बरू आफ्नो निष्कलङ्क छवि कायम राख्न सफल भइरहे ।
वास्तवमा शिव समाजवादी दर्शनका मात्र नभई वर्गभेदरहित सिङ्गो साम्यवादी दर्शनका पनि थिए संस्थापक । सबैमा समान दृष्टि राख्नु, आपूmलाई चाहिनेभन्दा अधिक सञ्चय नगर्नु, कदापि धन र ऐश्वर्यको लालसा नराख्नु, सबैलाई आपूmलाई चाहिनेभन्दा ज्यादा सञ्चय गर्न नहुने सल्लाह दिनु, सबै कर्मले महान् हुने भएकाले कर्मशील बन्न प्रेरित गर्नु, रुप, रङ, लिङ्ग, वर्ण, धनदौलत आदिका आधारमा कोही ठुलो नहुने बरू असल कर्मले अजम्बरी हुने दीक्षा दिनु र आपूmले पनि त्यस्तै निष्पक्ष व्यवहार गर्नु नै उनका साम्यवादी हुनुका बलिया अभिलक्षण लागे मलाई ।

उनी थिए वेदका स्रष्टा, त्यसका व्याख्याता र परिपालक पनि । त्यसो त उनी थिए पहिलो सफल शल्यचिकित्सक । उनले पहिले गणेशको शिरच्छेदन गरे पछि पार्वतीको आग्रहमा त्यसमा गजकोे शिर जोडिदिए । अहङ्कारी दक्षको शिरच्छेदन गरे पछि दक्षकी पत्नीको आग्रहमा बोकाको शिर जोडिदिए । उनी थोरै राम्रा काम र ध्यान गर्नासाथ प्रशन्न भइहाल्ने थिए आशुतोष पनि । अरुलाई छलछाम गर्नतिर नलाग्ने सदा सत्यवादी पनि थिए उनी । यसैले पनि गरिरहन्थे उनी छलकपट र अन्यायको कडा विरोध ।
व्यासकृत श्रीमद्भागवत भन्छ, ‘समुद्र मन्थनका क्रममा निक्लिएको हलाहल विषबाट त्राहिमाम् थियो यो जगत् । त्यसबाट जगत्को रक्षा गर्न ब्रह्मा, विष्णु, इन्द्रादि देवगण र दैत्यहरुले आग्रह गरेपछि परिणामको ख्यालै नगरी तुरून्त पान गरे उनले । यसले जलायो उनको गला र यसलाई शमन गर्न पनि प¥यो निकै हम्मे । यसैले उनी बसे गहिरो ध्यानमा । गला जलेर नीलो भयो । यसकै कारण अरुले भन्न थाले उनलाई नीलकण्ठ ।

उनले वनमा बस्दा गाँजा, भाङ, धतुरो, असुरो, निमजस्ता औषधिजन्य वनस्पति सेवन नगरेको भए सायद हलाहल विष पचाउने सामथ्र्य प्राप्त हुने थिएन उनलाई । मलाई लाग्छ, उनले चराचर जगत्को कल्याणकै निम्ति सेवन गर्ने गरेका थिए यस्ता वस्तुहरु । शिवले त खान्थे हामीले किन खानु नहुने ? भन्नुचाहिँ उनले गरेका त्याग र बलिदानको अपमान गर्नु हो र उनका भावनामाथि ठेस पु¥याउनु हो भन्ने ठान्छु म ।

पहिलो कुरा त शिवका अनुचर हुनै सक्तैनन् ती व्यक्ति जो शिवको महान् कर्ममाथि औँला उठाउँछन् र लाउँछन् मतलबी अर्थ । शिवको अनुचर सम्झनेले शिवका महान् कर्ममाथि गौरव गर्छन् र त्यसको अर्थ पनि लाउँछन् सही तरिकाले । शिवरात्रिका नाउँमा पर्दैनन् गाँजा, भाङ, धतुरो आदि खाएर लठ्ठ । यसको आवारणमा बिगार्दैनन् अरुलाई कहिल्यै । शिवले त जगत् कल्याणका लागि गरे सेवन तर हामीले कसको कल्याणका लागि ? परिवारको, समाजको देशको वा कस्को ?

उनले परस्परमा सधैं प्रेम र सहष्णिुता बाँड्न प्रेरित गरे ‘मानव, दानव र देवता गणलाई पनि ।’ पाखण्डी र ढोँगी प्रवृत्तिलाई उनले कहिल्यै दिएनन् महङ्खव । सदा असल बन्न र सत्कर्म गर्न प्रेरित गरिरहे उनले । मातापिता भनेकै हुन् उन्नत कैलाशश्रेणी । मातापिताको सेवा गर्नु नै हो ईश्वरपूजा र भक्ति । श्रद्धाले तिनको ओखतीमूलो रेखदेख सेवा टहल, इच्छा बुझेर सधै वरिपिररहनु भनेकै हो परिक्रमा र यही हो विश्वपरिक्रमा पनि भन्ने शाश्वत ज्ञान दिएर आप्mना मातापिताको उपेक्षा होइन सम्मान, श्रद्धा र कृतज्ञता भाव राख्न आप्mना सन्ततिलाई उपयुक्त सल्लाह दिने अभिलाषाले नै उनले दुवै छोराबिच प्रत्यक्ष प्रतियोगिताको आयोजना गरे र कार्तिकेयलाई भन्दा गणेश नै योग्य रहेको ठह¥याउँदै उनैको गराए अग्रपूजा ।

उनले अन्य कुनै देवदेवीको पाइँदैन अनावश्यक टीका टिप्पणी गरेको । ठुलै कमी कमजोरी र गल्ती गर्दा पनि मर्मान्तक शब्द वाण हानेनन् कतै तर नारीत्व र सृष्टिमाथि नै धावा बोल्ने शक्तिलाई भने उनले छाडेनन् कहिल्यै । बरू दिए कठोर दण्ड । उनमा जस्तै वियोग र कठिन परिस्थितिमा पनि धैर्य धारण गर्न सक्ने थियो खुवी । पार्वतीको अनुपस्थिति असह्य भए पनि उनले योग र ध्यानद्वारा त्यसलाई गरे शमन । कैयौं वर्ष गुजारे एक्लै तर अन्य नारीप्रति हेरेनन् कहिल्यै वक्रदृष्टिले । बरू समाधिमै रहेर उनै सती रुपी पार्वतीको गरिरहे प्रतीक्षा । भक्त रावणले आप्mनो अधीनमा पार्दा पनि त्यसलाई उनले सहजै स्वीकार गरे र जान तयार भए लङ्का ।

जति गरल पान गर्न सक्ने क्षमता थियो त्यति नै थियो उनमा अपमान र तिरष्कार सहन गर्नसक्ने खुबी पनि । यसैले दक्ष प्रजापतिले हानेका कठोर वाणी शूल पनि सहजै पचाएका थिए उनले । उनै शिवको निवास भूमि हो नेपाल । कैलाशश्रेणी नै त हो उनको शाश्वतधाम । उनकी पत्नी पार्वती हुन् पर्वत पुत्री । यसर्थ उनको जन्मभूमि पनि त नेपाल नै हो । उनीहरुकै नाउँबाट अङ्कित छ गौरीशङ्कर हिमाल । नेपालको समय निर्धारित गरिएको पनि हो यसै हिमाललाई आधार बनाएर ।

उनीसँग सदा साथमा रहने नन्दी सृजनाका प्रतीक हुन् र उनी धर्मका प्रतिरुप पनि हुन् । उनको तेस्रो आँखा विवेकको सूचक हो । जसले असत्यभित्रको सत्य र सत्यभित्रको असत्य देख्ने कार्य गर्छ । जटा भनेको वीरता हो । त्याग हो । तपस्या हो र लक्ष्यप्राप्त गर्ने कार्यमा सदा क्रियाशील रहनु हो । जटाको यही अर्थ दिन खोजेको भन्ने लाग्छ शिवले । अर्धचन्द्रमाले हरेक वस्तुको जन्म र मृत्यु, पुनर्जन्म र पुनर्मरणको चक्र अर्थ उद्बोधन गरेको आभास हुन्छ । नीलकण्ठले हरेक मानिसले सम्भव भएसम्म अरुका निम्ति आपूmलाई बलिदान दिन उत्प्रेरित गरेजस्तो लाग्छ । रूद्राक्ष मालाले ध्यान र सृजनशील बन्न प्रेरित गरेको छ । सर्पले काल अर्थात् सारा जगत् कालको वशमा छ तर शिव यसबाट पर छन् भन्ने सङ्केत गरिरहेको अनुभूत हुन्छ ।

पाशुपत अस्त्रमा स्थित त्रिशूलका बह्वर्थ हुनसक्छन् । यसले सृष्टि, स्थिति र संहार, त्रिलोक, त्रिताप र त्रिकालको, त्रिप्रहर, त्रिगुण, इलेक्ट्रोन प्रोटोन र न्युट्रोन आदिको संयोजनलाई सङ्केत गर्दछ । डमरूलाई आध्यात्मिक ऊर्जाको प्रतीकका रुपमा हेर्न सकिन्छ । सँगसँगै यसलाई गीतसङ्गीत कला र वर्णमाला अर्थका निम्ति पनि डमरू उपयोग गरिएको देखिन्छ । पाणिनिले शिवले बजाएको डमरूको निनादमै अइउण् आदि चौध सूत्रमा वर्णहरु फेला पारे । यसमा स्थित बिचमा बाँधिएको बजाउने डोरोले दुई भागका बिचको सन्तुलन मिलेमात्र जीवन सारपूर्ण हुने तथ्य सङ्केत गरेको छ । कमण्डलुले भौतिक सुखको अभावमा पनि पूर्णजीवन र पूर्ण आनन्द प्राप्त गर्न सक्नुपर्ने, शङ्खले ऊर्जा र गुणको उपयोग गर्न सक्नुपर्ने अर्थ राख्छ ।

हेर्छु उनले प्रयोग गरेका वस्तु र व्यवहारका निस्कन्छन् अनेकौँ अर्थ । जे होस् आध्यात्मिक दृष्टिले भलै अखिल ब्रह्माण्ड नै उनको घर होला तर भौगोलिकरुपमा त उनको घर हो नेपाल नै । त्यसमा पनि उनी हुन् किराँती । त्यसैले उनी कहिन्छन् किराँतेश्वर महादेवका नाउँले पनि । राई किराँतहरु उनलाई सम्बोधित गर्छन् सत्यहाङ्वा भनेर । खास क्षेत्र र जातजातिका भईकन पनि उनी भए संसारभरिका लागि इष्ट, पूज्य र सर्वमान्य तर दुःखको कुरा कसैले महङ्खव नदिएको र कसैले चाहिँ बहकाएकै भरमा वा हुनसक्छ प्रलोभनकै भरमा उनैका वंशज उनैलाई गरिरहेछन् उपेक्षा र भइरहेछन् उनैबाट विमुख । कसैलाई कतै नबिझाउने मात्र होइन कि जगतको कल्याणका लागि हलाहल विष पनि पान गरिदिने शिव आधुनिक साम्यवादीभन्दा कम छन् त ?